समाज
१७ नेपाली साउदीमा अलपत्र
- Monday, Jun 19, 2017
- 20:17 PM ( 10 months ago )
- Total Views: 8.8 K
सुमित्रा कोइराला/उज्यालो ।
उदयपुर, असार ५ – साउदीमा १७ जना युवा अलपत्र परेका छन् । काठमाडौंको सिनामंगलमा रहेको साउण्ड लाइन रिक्रुमेन्ट सर्भिसेस प्रा.लि बाट साउदी गएका उदयपुरका १७ जना युवा अलपत्र परेका हुन् ।
अलपत्र पर्नेमा उदयपुरका बसन्त राई, उमेश खड्का, युवराज कार्की, टोपबहादुर मगर, उमेश खड्का, सोभित राई, मातृका घिमिरे, मोहनकुमार राई, मनोज खड्का, गोविन्द खड्का रहेका छन् ।
यस्तै उदयपुरकै हेमबहादुर खड्का, युवराज थापा, राजन कार्की, रुद्रबहादुर बस्नेत, दुर्गा नारायण श्रेष्ठ, तेजबहादुर कटुवाल रहेका छन् । उनीहरु सबै जना उदयपुरका त्रियुगा नगरपालिका र साविको हडिया गाविसका हुन् ।
खान बस्न र बिरामी पर्दासमेत उपचार नपाएको अलपत्र परेका पर्वत कार्कीले बताउनुभएको छ । शाखाका एजेन्ट त्रियुगा नगरपालिका–१२ गाईघाटका नेत्र लिम्बु र उहाँकी श्रीमती रेस्मा लिम्बुले पठाएका युवा अलपत्र परेका हुन् ।
उनीहरु गएको चैत्र र वैशाखमा साउदी गएका थिए । परिवारले एजेन्टसँग अलपत्र परेकालाई नेपाल फर्कादिन आग्रह गर्दा ज्यान मार्ने धम्कि दिएको परिवारले बताएका छन् । अलपत्र परेका तेजबहादुरका बुवा गजकेशर कटुवालले एजेन्ट नेत्रले आफूलाई ज्यान मार्ने धम्की दिएको भन्दै प्रशासनमा सुरक्षा पाउँ भन्दै निवेदन दिनुभएको छ ।
सम्बन्धित सामग्रीहरु
-
तेह्रथुममा पनि खुल्यो समता स्कुल
तेह्रथुम, वैशाख ७ – मासिक एक सय रुपैयाँमा अंग्रेजी माध्यमबाट विद्यार्थीलाई पढाउने उद्देश्यले तेह्रथुममा पनि समता विद्यालय खुलेको छ ।
-
सुतिरहेकाे अवस्थामा चितुवाको आक्रमण, एक वृद्धा गम्भीर घाइते
डोटी, वैशाख ७ – चितुवाको आक्रमणमा परि बैतडीको तल्लोस्वराडमा एक वृद्धा गम्भीर घाइते हुनुभएको छ ।
-
मिक्लाजुङमा हावाबाट बिजुली उत्पादनको काम सुरु
पाँचथर, वैशाख ७ – पाँचथरको मिक्लाजुङ गाउँपालिका–२, सप्तमी बजारमा हावाबाट बिजुली उत्पादन गर्न काम सुरु गरिएको छ ।
-
वेश्यावृत्ति र पार्कमा शारीरिक सम्बन्ध राख्न खोज्ने सहित १८५ जना नेपाली युएईको जेलमा
युएईमा सबैभन्दा धेरै नेपाली बस्ने शहर दुवईमा रहेको सेन्ट्रल जेल अल अविरमा सबै भन्दा धेरै ६६ जना नेपाली छन् । तीमध्ये पाँच जना महिला छन् । आबुधावीमा रहेको अल आत्वा जेलमा एक महिला सहित ६४ जना छन् । त्यस्तै अलऐनको मनाशिर जेलमा एक महिला सहित १५ जना नेपाली छन ।
-
१३ घण्टासम्म विमानस्थलमा अलपत्र यात्रु (फोटो फिचर)
काठमाडौं, वैशाख ७ – देशको एकमात्रै अन्तर्राष्ट्रिय विमानस्थल १३ घण्टासम्म अवरुद्ध भयो ।
-
उत्तर र दक्षिण कोरियाबीच टेलिफोन हटलाइन स्थापना
वैशाख ७ – अमेरिका र उत्तर कोरियाको वार्ता हुनुभन्दा केही दिन अगाडि उत्तर कोरिया र दक्षिण कोरियाले टेलिफोन हटलाइन स्थापना गरेका छन् ।
- गाउँपालिकाको केन्द्र नसार्न सर्वोच्चको अन्तरिम आदेश
- स्थापनाकै दिन फुट्यो राजपा नेपाल
- दुर्लभ पाटेबाघ मर्याे, अनुसन्धानका लागि नमूना संकलन हुँदै
- टाइम म्यागेजिनको प्रभावशाली सय व्यक्तिको सूचीमा दीपिका पादुकोण
- राष्ट्र बैंकको सीमा निर्धारण : प्रविधिको जमानामा परम्परागत काम
- तेह्रथुममा पनि खुल्यो समता स्कुल
- वेंगरले आउँदो सिजनमा आर्सनल छाड्ने
- पाकिस्तानका अभिनेता जफरविरुद्ध यौन दुर्व्यवहार आरोप
- शान्तिपूर्ण प्रदर्शनलार्इ बञ्चित गरेर सरकार तानाशाही बन्न खाेज्यो : विवेकशील साझा
प्रतिक्रिया दिनुहोस