MENU

बातावरण-कृषि

Ncell Axiata
chhaka panja

कृषि कार्यालयले बाँडेको धानको बिउ रोप्दा फल्यो भुसैभुस

किरण लोहनी/उज्यालो । 

गोरखा, असार ६ – जिल्ला कृषि विकास कार्यालयलेनै बिउ वितरण गरेको धानमा फल नलागेपछि किसान आक्रोशित भएका छन् । जिल्लाको पालुङटार नगरपालिका–९ मिरकोटको कुँडुलेफाँटका किसानले कृषि कार्यालयले अनुदानमा वितरण गरेको हर्दिनाथ १ जातको धान लगाएका थिए । तर त्यो बिउ लगाएका कुनै पनि किसानको धानको बोटमा फल नलागेको स्थानीय किसान उमेश ढकालले बताउनुभयो । टाढाबाट हेर्दा बोट राम्रो देखिने र धान पाकेजस्तो देखिएपनि बोटमै भने एक दाना पनि फल नलागेको उहाँको भनाई छ । “धान पाक्यो भनेर काट्ने तयारी गर्न खेतमा गएर हेर्दा त बिजोग देखियो” ढकालले भन्नुभयो, “त्यत्रो समय र श्रम खर्च गरियो, अन्तिममा आएर यस्तो देख्दा साह्रै चित्त दुखेको छ ।” यो ठाउँका २३ जना किसानले ५० रोपनी खेतमा हर्दिनाथ १ नामको धान लगाएका थिए । उनीहरु कसैको पनि बोटमा दाना नलागेको पाइएको ढकालको भनाई छ । 

आफैले अनुदानमा बाँडेको धान नफल्दा समेत कृषि कार्यालयका प्राविधिकले बेवास्ता गरेको किसानको दुखेसो छ । “प्राविधिकलाई फोन गरेको, खेतमा आएर हेरिदिनु प¥यो भनेको पनि हो” अर्का किसान रमेश कुमालले भन्नुभयो, “तपाईंहरुको मात्रै होइन, धेरैको समस्या छ भन्दै आउनु भएन ।”

धानमा फसल नलागेपछि केही किसानले पराल काटेर वस्तुलाई ख्वाएका छन् भने केहीले खेतमा त्यसै छोडेका छन् । जिल्ला कृषि विकास कार्यालयले यो ठाउँको खहरे कृषि सहकारी संस्था लिमिटेडलाई ४ सय ५५ किलो धानको बिउ वितरण गरेको थियो । कार्यालयले ७५ प्रतिशत अनुदानमा उपलब्ध गराएपछि धेरैजसो किसानले सोही बिउ लगाएका स्थानीय सहकारीका ब्यवस्थापक राजकुमार श्रेष्ठले बताउनुभयो ।

तर किसानले अघिल्ला वर्षमा लगाउने गरेको स्थानीय जातको धानको भने उत्पादन राम्रो रहेको उहाँको भनाई छ । श्रेष्ठ भन्नुहुन्छ, “अरु सबै जातको उत्पादन राम्रो छ,  हर्दिनाथले चाहिँ सबैलाई डुबायो ।” 

हर्दिनाथ १ जातको धान जिल्लाका अन्य ठाउँमा पनि नफलेको किसानले बताएका छन् । गोरखा नगरपालिका वडा नम्बर १० सिर्दिफाँटका किसानले केही दिनअघि फल नलागेको धानको बोट खेतमै जलाएका थिए । उनीहरुले स्थानीय एग्रोभेटबाट हर्दिनाथ एक जातकै बिउ किनेका थिए ।

फल नलागेपछि किसानले पराल काटेर फाल्दै वर्षे धान खेतीको तयारी थालेका छन् । तर केही किसानले भने कृषि विकास कार्यालयले क्षतिपूर्ति दिनुपर्ने बताएका छन् । “कृषिले अनुदानमा दिएको बिउको फल नलागेपछि उसैले जिम्मा लिनुपर्छ” पीडित किसान उमेश ढकालले बताउनुभयो । किसानहरु कृषि विकास कार्यालयसँग क्षतिपूर्ति माग्ने सोचमा रहेको उहाँको भनाई छ ।

कृषि विकास कार्यालयका प्राविधिकहरुले पनि हर्दिनाथ १ मा समस्या देखिएको बताएका छन् । धानमा नेक ब्लाष्ट नामक रोग लागेको वरिष्ठ कृषि विकास अधिकृत यामकुमार श्रेष्ठले बताउनुभयो । किसानले समयमै खबर नगरेकाले बेलैमा उपचार नगर्दा धान नफलेको उहाँको भनाई छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ​केही दिन मौसममा सुधार नआउने

    काठमाडौं, असोज ५ – काठमाण्डौं उपत्यकासहित देशभरी कै मौसम बिहीबार खुल्ने सम्भावना नभएको मौसमविद्ले बताएका छन् ।

  • मनसुनी गतिविधि र जलवाष्पयुक्त हावाको कमजोरीले गर्मी बढ्यो

    काठमाडौं, भदौ ३१ – मनसुनी गतिविधि कमजोर रहेको र जलवाष्पयुक्त हावाको विकास हुन नसक्दा केही दिनयता मुलुकको तापक्रम एक्कासि वृद्धि भएको छ ।

  • वातावरण संरक्षणमा काम गर्न स्थानीय तहलाई सरकारको निर्देशन

    काठमाडौं, भदौ ३१ – सरकारले सबै स्थानीय तहलाई वातावरणीय संरक्षणमा काम गर्न निर्देशन दिएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले वातावरण संरक्षणका लागि तत्कालीन र दीर्घकालिन रुपमा गर्नुपर्ने काम एवम् प्रदूषण नियन्त्रणका लागि अन्य उपायसम्बन्धी दशबुँदे परिपत्र जारी गर्दै ७ सय ५३ वटै स्थानीय तहलाई पत्राचार गरेको हो ।

  • बाढीले गैँडाका धेरै बच्चा बगाएको अनुमान

    चितवन, भदौ ३० – साउन अन्तिम हप्ता आएको बाढीका कारण चितवन राष्ट्रिय निकुञ्जमा रहेका दुर्लभ वन्यजन्तु एकसिंगे गैँडाका धेरै बच्चा बगाएको अनुमान गरिएको छ । जसका कारण आउँदो वर्ष निकुञ्जमा गैँडा गणना गर्नुपर्ने प्रस्ताव निकुञ्ज कार्यालयले गरेको छ ।

  • ‘दुर्लभ पाटेबाघ हेर्न बर्दिया निकुञ्ज जाऔँ’ (तस्बिरसहित)

    दिउँसो २ बजे निकुञ्जबाट शुरु भएको जंगल सफारीको टोली अपराह्न ४ बजे झण्डै १० किलोमिटर उत्तर बाल्कुने नजिकै पुग्यो । सडक छेउमै १० मिटर पर आराम गर्दै थियो विश्वकै दुर्लभ पाटेबाघ ।

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया