MENU

बातावरण-कृषि

Ncell Axiata
sagun

काठमाडौंमा गाई जल्दा बुटवलका किसानको मन पोल्यो

काठमाडौं सुन्दरीजलको गाई फार्ममा असार ३ गते लागेको आगोले ६० वटा भन्दा धेरै गाई मरे । त्यो आगोले ६० भन्दा धेरै गाइको ज्यान जाने र २५ वटा दुहुना गाई घाइते मात्रै बनाएन घटना सुन्ने धेरैलाई अत्यन्तै दुःखी पनि बनायो ।

दुहुना गाई र गर्भवती गाई आगोको रापमा छट्पटाएर प्राण त्यागेको दृष्यले हेर्ने जो कोहीको पनि मन पोल्यो । तर सबैभन्दा धेरै मन उनीहरुको पोल्यो, जसले ओम कृषि फार्ममा जस्तै आफैले स्याहार सुसार गरेर गाई पालेका थिए ।

बुटवलमा नेपालकै सबैभन्दा ठूलो गाई फार्म लुम्विनी प्रडक्ट्स एन्ड रिसर्च सेन्टर सञ्चालन गरेका शशी पौडेल पनि काठमाडौं सुन्दरीजलको घटनाबाट स्तब्ध हुनुभयो । सुन्दरीजलमा जलेका गाईका फोटाले आफ्नो फार्ममा भएका झण्डै ५ सय गाईको झल्को आउँछ ।

ठूलो संघर्ष गरेर पालेका गाई एकैछिनमा सुकुटीमा परिणत भएको दृष्यले सबै किसानले सचेतता अपनाउनुपर्ने उहाँको भनाई छ । सुन्दरीजल घटना, गाईपालनमा सजिला अप्ठ्यारा लगायतका विषयमा देशकै सबैभन्दा ठूलो गाई फार्म लुम्विनी प्रडक्ट्स एन्ड रिसर्च सेन्टरका प्रमुख शशी पौडेलसँग अर्जुन पोख्रेलले कुराकानी गर्नुभएको छ ।

तपाईंले पनि झण्डै ५ सय गाई पाल्नुभएको छ, काठमाडौं सुन्दरीजलको गाई फार्ममा लागेको घटनाले कत्तिको  दुःखी बनाएको छ नि ? 

वास्तवम एउटा व्यक्तिका लागि त्यहाँभन्दा ठूलो क्षति त अर्को हुँदैन । घटना भएको केहीबेरपछि मैले विभिन्न मिडियामा समाचार हेरेँ । ती गाई जलेका, छटपटाएका, ड्वाँड्वाँ रोएका दृष्य त मैले देख्नै सकिन ।

सुन्दरीजलमा मरेका गाईका फोटो हेर्दा बुटवलका मेरा फार्मका गाइको यादले निकै सतायो ।  एउटा गाई चाहिँ सेनाको नजिकै गएर उभ्भिएको थियो तर उसको पूरै शरीर जलेको थियो, त्यो दृष्य त झनै मन खाने थियो । 

गाईपालनमा व्यावसायिकतासँगै मानवियता पनि जोडिएको रहेछ है ?

मैले भनिहालेँ मायाकै कारणले मैले फोटो पनि हेर्न सकिन । बरु मान्छे जलेको हेर्न सकिन्छ अबोध पशु जलेको हेर्न सकिन्न । गाई माता र आमासँग पनि जोडिएको हुन्छ त्यसले पनि मलाई प्रभाव पारेको हुन्छ । एउटा गाई तलमाथि हुँदा आफ्नै परिवारको सदस्य तलमाथि परेजस्तो लाग्छ ।

यो घटनाले दुःखी त सबैलाई बनायो, तर गाई पालक किसानलाई त सचेत पनि त गरायो होला नि ? 

हो, यो घटनाले दुःखसँगै चेतना पनि दिएको छ । करौडौं रुपैयाँको लगानीमा गाईपालन गर्ने तर सानातिना कुरालाई ध्यान नदिँदा कत्रो क्षति र कस्तो विभत्स दृष्य देख्नुपर्ने रहेछ भन्ने सन्देश हामीले पाएका छौं । पहिलो कुरा त हामीले गाई फार्ममा प्लाष्टिकका सामग्री प्रयोग गर्नै नहुने रहेछ । चाहे त्यो छानो होस या उनीहरु बस्ने भुँइ त्यहाँ पलाष्टिकका सामग्री प्रयोग गर्नै नहुने रहेछ ।

अर्को कुरा गाईलाई दिने पराल र दाना गोठबाट टाढै राख्नुपर्ने रहेछ । गाईको गोठ अग्लो हुनुपर्छ । त्यस्तै अर्को महत्वपूर्ण कुरा गाइलाई गोठमा बाँधेर राख्नै हुन्न, भिन्दै संरचना बनाएर नबाधे पनि हुने गरी व्यवस्था मिलाउनुपर्छ । फार्मको नजिकै ठूला ठूला ट्यांकी राख्नुपर्छ । 

सुन्दरीजलमा त्यतिछिटो आगो फैलनुमा गाईलाई प्लाष्टिकको म्याट बिच्छाएको र छानो पनि प्लाष्टिककै भएकाले हो भन्नुभयो, यस्ता सामग्री नराख्दा त तापक्रम नमिल्ने होला नि है ?

होइन । नेपालमा उतिसारो जाडो र गर्मी हुँदैन । हामीकहाँ पालिएका होलिस्टिन जर्सी लगायतका गाई माइनस डिग्री सेल्सियल्समा नै हुर्कने गाई हुन् । गाईलाई चिसो लाग्ला भनेर उतिसारो चिन्ता लिनुपर्ने त म देख्दिन । 

देशकै सबैभन्दा ठूलो गाईपालकका हिसाबले गाई पालिरहेका किसान र गाईपालनमा लाग्न चाहने किसानलाई के भन्नुहुन्छ नि ?

यहाँ सुझाव दिएर कसैले मनन पनि गर्दैनन् र त्यसरी पार पनि लाग्दैन् । मैले भन्दा पनि राज्यले नितीगत रुपमा ठूलो सुधार गर्‍यो भने मात्रै यस्ता समस्या आउँदैनन् र आए पनि किसानले राहत पाउँछन् । यो कुरा किताब पढाएर जानिने कुरा होइन, यो त व्यवसाय गर्दै जाँदा जानिने कुरा हो । 

अर्को कुरा पशुपालनमा मान्छेले मान्छेलाई सिकाउने भन्दा पनि पशुले मान्छेलाई सिकाउँछन् । पशुपालनका क्रममा तिनै गाईभैँसी, गाई बाख्रा सबैले हामीलाई सिकाउने हो । पशुप्रति बफादार भैदिनुहोस, उनैले सिकाउँछन् । बाहिर किताब पढेर मेरा बाबै भनेर हुने केही होइन । पशुले खोजेको कुरा हामीले गरिँदिदा सफल भइन्छ ।

व्यवसायका क्रममा यस्ता विपत्ति आएभने सरकारी सहायता र विमावाततको क्षतिपूर्ति पाउन कत्तिको गाह्रो छ ?

हाम्रो देशमा गफ मात्रै धेरै हुन्छ काम हुँदैन् । सिंहदरबारमा थन्किएका फाइलमा हेर्नेहो भने नेपालका किसान विश्वकै सुविधासम्पन्न रुपमा पेशा गरिरहेका छन् । तर वास्तविकता भने धेरै फरक छ ।

धितो राखेर पशुपक्षी विकास मन्त्रालय र राष्ट्र बैंकले तोकेकै ऋण लिन त मुश्किल छ भने विपदपछिको सहायता त परैको कुरा भयो । त्यसैले आफ्नो व्यवसायमा ध्यान दिने हो, सरकारी अनुदान र सहायता  त पहुँचमा हुनेले मात्रै पाउँछन् ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • बाढीले बगाएर भारत पगेका १० गैँडाको उद्धार

    चितवन, मंसिर ४ – चितवन राष्ट्रिय निकुञ्जबाट गएको साउनमा आएको बाढीले बगाएर भारत पुगेका १० वटा गैँडाको उद्धार गरिएको छ । पछिल्लो पटक भारतको पिप्रासीबाट एउटा गैँडाको उद्धार गरी सोमबार बिहान चितवन ल्याई सामुदायिक वनमा छाडिएको छ ।

  • कफी आयात र निर्यातमा कमी उत्पादनमा वृद्धि

    काठमाडौं, मंसिर १ – आज १३ औं राष्ट्रिय कफी दिवस : ‘आर्थिक सम्बृद्धिको लागि गुणस्तरीय कफी उत्पादन ! सरकारी, निजी र सहकारी क्षेत्रको राष्ट्रिय अभियान’ भन्ने नाराका साथ मनाइँदैछ ।

  • हिमाली जिल्लामा हिमपात सुरु, मतदान प्रभावित हुन सक्ने आशंका

    काठमाडौं, मंसिर १ – पश्चिमी भेगका हिमाली जिल्लामा हिमपात सुरु भएको छ । हुम्लामा शुक्रबार बिहानैदेखि हिमपात भइरहेको छ । सदरमुकाम सिमकोट र उत्तरी भेगका लिमी, मुचु खगालगाउँ, स्याँडा, हेप्का लगायतका क्षेत्रमा लगातार हिउँ परिरहेको हो ।

  • तिहारका फूलमाला उम्मेदवारका गलामा

    चितवनको क्षेत्र नं. ३ बाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले घरदैलो अभियानमा हुनुहुन्छ । पञ्चेबाजासहित घरदैलो अभियान सुरु गरेका प्रचण्ड जुन घरमा पुग्नुहुन्छ, त्यही घरमा फूलमाला लगाएर स्वागत गर्नेको घुईंचो हुन्छ ।

  • चितवनमा अन्तर्राष्ट्रिय भैँसी विज्ञहरुको सम्मेलन सुरु

    चितवन, कात्तिक २९ – चितवनमा सौराहामा अन्तर्राष्ट्रिय भैँसी विज्ञहरुको सम्मेलन सुरु भएको छ । नेपालमा पहिलो पटक भएको यो सम्मेलनमा विभिन्न देशका भैँसी विज्ञहरुले सहभागिता रहेको छ ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया