MENU

विज्ञान प्रविधि

Ncell Axiata
sagun

​मुगु र हुम्लामा टेलिफोन र इन्टरनेट अवरुद्ध

मुगु, असार ६ – जुम्लाको डाँफेलेकमा राखेको नेपाल टेलिकमको रिपिटर स्टेशनमा समस्या आउँदा मुगु र हुम्लामा टेलिफोन तथा इन्टरनेट सेवा गएको ६ दिनदेखि अवरुद्ध भएको छ ।  

विकट जिल्ला मुगु र हुम्लामा टेलिफोन सेवा दिन जुम्लामा राखिएको रिपिटर स्टेसन बिग्रिएपछि ती जिल्लामा गएको बिहीबारदेखि मोबाइल तथा इन्टरनेट सेवा अवरुद्ध भएको छ । 

रिपिटर स्टेशन सोलारबाट संचालन भैरहेको र अहिले निरन्तर पानी परिरहेकाले सोलार चार्ज हुन नसक्दा समस्या भएको नेपाल टेलिकम मुगुका प्रबन्धक कमलप्रसाद केसीले जानकारी दिनुभयो । निरन्तर पानी परिरहेकाले रिपिटर स्टेशनमा मर्मतको काम गर्न पनि नसकिएको उहाँले बताउनुभयो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • पृथ्वीमा रात हराउँदै

    मंसिर ९ – कृत्रिम उज्यालोका कारण पृथ्वीमा रात हराउँदै गएको एक अध्ययनले देखाएको छ । मानव निर्मित प्रकाशका कारण पछिल्लो समय पृथ्वीमा रात कम हुँदै गएको र हरेक वर्ष यो क्रम बढ्दो रहेको अनुसन्धानमा संलग्न जर्मन रिसर्च सेन्टर फर जिओसाइन्सका अनुसन्धानकर्ताले बताएका छन् ।

  • उच्च पहाडी क्षेत्रका केही ठाउँमा हिमपात हुने, देशभर चिसो बढ्यो

    काठमाडौं, मंसिर ९ – अबको दुई दिन उच्च हिमाली क्षेत्रका केही ठाउँमा हल्का हिमपात हुने मौसमविदले अनुमान गरेका छन् । पश्चिमी वायु र पूर्वमा बनेको न्यूनचापिय रेखाको प्रभावले उच्च हिमाली क्षेत्रका केही ठाउँमा हल्का हिमपात हुने अनुमान गरिएको मौसमविद विभूति पोख्रेलले जानकारी दिनुभयो ।

  • एनसेलको ‘डिजिटल ज्याम’

    काठमाडौं, मंसिर ८ – एनसेलले आफ्ना सबै कर्मचारीमा डिजिटल प्रतिभाको विकास गर्दै कम्पनीका सेवालाई थप परिस्कृत तथा सेवाप्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले बिहीबार ‘डिजिटल ज्याम’ कार्यक्रम आयोजना गरेको छ ।

  • चीनमा एप्पलले हटायो स्काईपसहितका एप्लिकेशन

    मंसिर ६ – एप्पलले चीनमा आइफोनका लागि एप्पलको एप स्टोरबाट स्काइप, इन्टरनेट फोन र म्यासेन्जरको सुविधासहितका एप्लिकेशन हटाएको छ । चीन सरकारले आफ्नो कानुनी साशनमा असर पर्ने भन्दै एप स्टोरबाट एप्लिकेशन हटाउन लगाएको हो ।

  • नगदबिना मोबाइलबाटै कारोबार गर्न मिल्ने प्रविधि ‘खल्ती’ लोकप्रिय बन्दै

    काठमाडौं, मंसिर ५ - नगद नबोकी कारोबार गर्न सकियोस् भन्ने उद्देश्यले २०१७ को जनवरीबाट नेपालमा भित्रिएकोे ‘खल्ती डिजिटल वालेट’ मोबाइल एप्लिकेशन लोकप्रिय बन्दै गइरहेको छ ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया