MENU

बातावरण-कृषि

Ncell Axiata
chhaka panja

​लमजुङका १८ किसानलाई बाच्छी सहयोग

श्यामशितल परियार/उज्यालो ।  

लमजुङ, असार ६ – लमजुङको सुन्दरबजार नगरपालिका–७ मा १८ जना किसानलाई बाच्छी सहयोग गरिएको छ । पाउँदीस्थित जगतमाया गाई फार्म र जिल्ला पशु सेवा कार्यालयको समन्वयमा पाउँदी कटहरबोटे, पाखाटारका १८ जना किसानलाई कोरली बाच्छी वितरण गरिएको हो । 

लामो समयदेखि गाईभैँसी पाल्दै आएका विपन्न कृषकहरुलाई लमजुङका सरकारी अधिकारीहरुले मंगलबार गाईको बाच्छी वितरण गरेका हुन् ।

आफ्नै गाईफार्ममा उत्पादन भएका होलेस्टेन क्रस र जर्सी क्रस जातका कोरली बाच्छी कृषकहरुलाई वितरण गरिएको जगतमाया गाईफार्मका सञ्चालक धु्रव पोख्रेलले बताउनुभयो । 

गाईको बाच्छी वितरणमा झण्डै ३ लाख रुपैयाँ खर्च भएको जिल्ला पशु सेवा कार्यालय लमजुङका प्रमुख डा. लक्ष्मण ढकालले बताउनुभयो । व्यावसायिक रुपमा गाईपालन गर्न उहाँले कृषकहरुलाई आग्रह गर्नुभयो । जिल्लालाई दूध उत्पादनमा आत्मानिर्भर बनाउने बाटोमा आफूहरु अघि बढेको उहाँको भनाई थियो ।  

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ​केही दिन मौसममा सुधार नआउने

    काठमाडौं, असोज ५ – काठमाण्डौं उपत्यकासहित देशभरी कै मौसम बिहीबार खुल्ने सम्भावना नभएको मौसमविद्ले बताएका छन् ।

  • मनसुनी गतिविधि र जलवाष्पयुक्त हावाको कमजोरीले गर्मी बढ्यो

    काठमाडौं, भदौ ३१ – मनसुनी गतिविधि कमजोर रहेको र जलवाष्पयुक्त हावाको विकास हुन नसक्दा केही दिनयता मुलुकको तापक्रम एक्कासि वृद्धि भएको छ ।

  • वातावरण संरक्षणमा काम गर्न स्थानीय तहलाई सरकारको निर्देशन

    काठमाडौं, भदौ ३१ – सरकारले सबै स्थानीय तहलाई वातावरणीय संरक्षणमा काम गर्न निर्देशन दिएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले वातावरण संरक्षणका लागि तत्कालीन र दीर्घकालिन रुपमा गर्नुपर्ने काम एवम् प्रदूषण नियन्त्रणका लागि अन्य उपायसम्बन्धी दशबुँदे परिपत्र जारी गर्दै ७ सय ५३ वटै स्थानीय तहलाई पत्राचार गरेको हो ।

  • बाढीले गैँडाका धेरै बच्चा बगाएको अनुमान

    चितवन, भदौ ३० – साउन अन्तिम हप्ता आएको बाढीका कारण चितवन राष्ट्रिय निकुञ्जमा रहेका दुर्लभ वन्यजन्तु एकसिंगे गैँडाका धेरै बच्चा बगाएको अनुमान गरिएको छ । जसका कारण आउँदो वर्ष निकुञ्जमा गैँडा गणना गर्नुपर्ने प्रस्ताव निकुञ्ज कार्यालयले गरेको छ ।

  • ‘दुर्लभ पाटेबाघ हेर्न बर्दिया निकुञ्ज जाऔँ’ (तस्बिरसहित)

    दिउँसो २ बजे निकुञ्जबाट शुरु भएको जंगल सफारीको टोली अपराह्न ४ बजे झण्डै १० किलोमिटर उत्तर बाल्कुने नजिकै पुग्यो । सडक छेउमै १० मिटर पर आराम गर्दै थियो विश्वकै दुर्लभ पाटेबाघ ।

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया