MENU

बातावरण-कृषि

Ncell Axiata

भाले गोही मर्‍यो, गोही प्रजननमा समस्या

चितवन, असार ६ – प्राकृतिक रुपमा प्रजननमा सहयोगी मानिएको एक मात्र भाले घडियाल (गोही) मरेपछि गोही प्रजननमा समस्या देखिएको छ । राप्ती र नारायणी नदीमा प्राकृतिक रुपमा प्रजननमा सहयोगी मानिएको भाले गोही मरेपछि सङ्कटापन्न अवस्थामा रहेका गोहीको प्रजननमा समस्या देखिएको हो । 

एक महिनाअघि नवलपरासीको शेरी भन्ने स्थानमा नारायणी नदीमा तियारी जालमा परेर उक्त भाले गोही मरेको थियो । राप्ती र नारायणी नदी क्षेत्रमा एक मात्र भाले गोही रहेको अनुमान गरिँदै आएको छ । 

सन् २०१६ मा गणना गर्दा ती दुई नदीमा १ सय ६६ गोही फेला परेका थिए । देशभरका अन्य नदीमा समेत गरी यो सङ्ख्या १ सय ९८ रहेको थियो । 

चालु आर्थिक वर्षमा मात्रै राप्ती र नारायणीमा ९० वटा गोही छोडिएको निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काले बताउनुभयो । गएको जाडो याममा त्रिवेणीमा एउटा भाले घडियाल गोही देखिएको भए पनि पछिल्लो समय सो गोही पनि देखिएको छैन । १५ देखि २० वर्षको उमेरमा गोहीको लिङ्ग पहिचान हुने गर्दछ । गोही प्रजनन केन्द्र कसरामा पनि एउटा मात्रै भाले गोही रहेको छ । केन्द्रमा ५ सय हाराहारी गोही रहेका छन् । 

राप्ती र नारायणी नदीमा गोहीको अन्डा सङ्कलन गरी प्रजनन केन्द्रमा लगेर बच्चा कोरल्ने गरिन्छ । एउटा भालेले ठूलो सङ्ख्यामा पोथीलाई प्रजनन गराउन सक्ने क्षमता राख्ने गरेको सहायक संरक्षण अधिकृत खड्काले बताउनुभयो ।

विगत १५ वर्षदेखि गोही प्रजनन केन्द्र हेर्दै आउनुभएका सहायक संरक्षण अधिकृत खड्काकाअनुसार पोथी गोहीले भाले प्रजननका लागि खोज्ने गर्दछन् । राप्ती र नारायणीमा प्रजननयोग्य करिब २५ वटा पोथी गोही रहेका छन् । तिनीहरुलाई हालै मरेको भालेले प्रजनन गराएको उहाँले बताउनुभयो । सो भाले गोही सन् २०१० यता ती पोथीलाई प्रजनन गराउँदै आएको खड्काको दाबी छ । 

झण्डै ३० वर्ष उमेरको उक्त भाले मरेसँगै नारायणी र राप्तीमा प्रजनन गराउने भालेको अभाव भएको उहाँले बताउनुभयो । सहायक संरक्षण अधिकृत खड्काकाअनुसार यी दुई नदीमा प्रजनन गराउन नेपालका अन्य नदी तथा भारतबाट भाले ल्याउनुपर्ने अवस्था आएको छ । नेपालको बबई नदीमा तीनवटा भाले रहेको अनुमान गरिए पनि यकिन पहिचान भइनसकेको उहाँले बताउनुभयो । अन्य नदीमा पनि भाले गोहीको पहिचान नभएको उहाँले बताउनुभयो । 

निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले घडियाल गोही संरक्षणमा चुनौती देखिएको भन्दै वंश विस्तारका लागि नयाँ रणनीतिका साथ अघि बढ्नुपर्ने अवस्था आएको बताउनुभयो । 

निकुञ्जले आज नवलपरासीको अमलटारीमा घडीयाल संरक्षणसम्बन्धी सरोकारवालासँग छलफलसमेत गरेको उहाँले बताउनुभयो । सो क्रममा घडियाल गोहीको मृत्युको कारण, संरक्षणमा आइपरेका समस्या र चुनौती, संरक्षणका प्रयास, दीर्घकालीन उपाय लगायतका विषयमा छलफल गरिएको थियो । 

कार्यक्रममा गोहीको अनुसन्धान र प्रजनन दर बढाउने, प्राकृतिक बासस्थानमा धेरै छोड्ने, अनुगमन गर्ने, नदी तटीय बासस्थान संरक्षणका लागि स्वयम्सेवी तयार गर्ने, नदी तटीय क्षेत्रमा बस्ने बासिन्दाका लागि वैकल्पिक रोजगारी र आयआर्जनको व्यवस्था गर्ने लगायतका विषयमा छलफल भएको निकुञ्जका अर्का सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • अकबरे खुर्सानीको व्यवसायिक खेतीमा किसान आकर्षित

    प्रकाश धौलाकोटी/उज्यालो । तेह्रथुम, साउन ९ – तेह्रथुममा परम्परादेखि मसला बालीको रुपमा छिटपुट मात्रै खेती गर्दै आएको अकबरे खुर्सानीको पनि व्यवसायिक खेती सुरु भएको छ । किसानले धान, मकै, कोदो लगायत अन्नबाली लाग्ने जमीनमा समेत अकबरेको खेती थालेका छन् ।

  • बाँदरले बाली नष्ट गरेपछि किसान चिन्तित

    तेह्रथुम, साउन ७ – खेतबारीमा पाक्न लागेको बाली बाँदरले नष्ट गर्न थालेपछि तेह्रथुमको छथर गाउँपालिकाका किसान चिन्तित बनेका छन् । गाउँपालिकाको फाक्चामारा, हमरजुङ, पन्चकन्या लगायत गाउँमा किसानले लगाएको बालीनाली हुलका हुल बाँदर आएर नष्ट गर्ने गरेका छन् ।

  • मनसुन आजदेखि फेरि सक्रिय, देशभर पानी पर्ने

    काठमाडौं, साउन ६ – केही दिनदेखि कमजोर रहेको मनसुन शुक्रबारदेखि सक्रिय हुने मौसमविदले बताएका छन् ।

  • वन जोगाउन योगदान पुर्‍याउने सम्मानित

    दाङ, साउन ५ – जिल्ला वन कार्यालय दाङले वन वाताबरण तथा वन्यजन्तु संरक्षणमा सञ्चार क्षेत्रबाट महत्वपूर्ण भूमिका खेलेको भन्दै सामुदायिक वन समूह, निजी वनकर्मी, पत्रकार लगायतलाई सम्मान तथा पुरस्कृत गरेको छ ।

  • मनसुन कमजोर, केही दिन पानी कम पर्ने

    काठमाडौं, साउन ४ – मनसुन कमजोर हुँदै गएकाले अबको केही दिन पानी कम पर्ने मौसमविदले अनुमान गरेका छन् । मनसुनी न्यूनचापिय रेखा सामान्यभन्दा केही तल झरेकाले दुई तीन दिन कम पानी पर्ने अनुमान गरिएको मौसमविद मिनकुमार अर्यालले बताउनुभयो ।

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया