MENU

मनोरञ्जन

Ncell Axiata
sagun

तीन पटकका ओस्कार विजेता डे–लुइसले अभिनयबाट मागे बिदा

असार ७ – ओस्कार विजेता अभिनेता ड्यानियल डे–लुसले अभिनयबाट सन्यासको घोषणा गरेका छन् । ६० वर्षका अभिनेता डे–लुइसले वक्तव्य जारी गर्दै अबदेखि अभिनेताका रुपमा काम नगर्ने घोषणा गरेका हुन् । उनले अभियनबाट सन्यास लिने निर्णय व्यक्तिगत रहेको र आफ्ना सहकर्मी तथा दर्शकप्रति निकै आभारी रहेको बताएका छन् । बेलायत तथा आयरल्याण्डका नागरिक डे–लुइसले सर्वोत्कृष्ट अभिनेताका लागि तीन पटक ओस्कार अवार्ड जितेका छन् ।

उनले माई लेफ्ट फुट (१९९०), देअर विल बि ब्लड (२००८) र लिंकन (२०१३) चलचित्रमा गरेको अभिनयका लागि ओस्कार अवार्ड जितेका हुन् । डे–लुइसले किशोरका रुपमा सन् १९७१ मा सनडे ब्लडी सनडेबाट अभियन यात्रा सुरु गरेका थिए ।

उनका चर्चित चलचित्रमा द लास्ट अफ दि मोहिकन्स, इन द नेम अफ द फादर, द बक्सर, ग्यांग्स अफ न्युयोर्कसहितका चलचित्रका पर्छन् । डे–लुइसको अन्तिम चलचित्र पउल थोमस एन्डरसनको निर्देशनमा बनेको फ्याटम थ्रेड हो । सन् १९५० को दशकको लण्डनको फेसन जगतमा आधारित यो चलचित्र यहि वर्ष प्रदर्शनमा आउने छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ​नेपाल आइडलका सुजाता र सागर सहित युएईमा बृहत्त सांस्कृतिक साँझ

    मंसिर ७ – युएईको आबुधाबीमा नेपाल आइडलका प्रतिस्पर्धी सुजाता पाण्डे र सागर आलेले प्रस्तुती दिने भएका छन । नेपाल मगर संघ युएई शाखाले अयोजना गरेको बृहत्त सांस्कृतिक साँझमा उनीहरुले आफ्नो प्रस्तुती दिने भएका हुन् ।

  • जब बलरामले ‘उडाए’ साथीको गलफ्रेन्ड

    काठमाडौं, मंसिर ७ – आफ्नी पे्रमिकालाई जब कसैले भगाउँछ, कस्तो होला त्यो प्रेमीको मन । हामी सहजै अनुमान लाउन सक्छौं । यस्तै भएको छ, टीका बोम्जनको स्वर र संगीत तथा पवन वाङ लामाको ऐरेन्जमा बनेको गीतको म्युजिक भिडियोमा ।

  • जोे पारिश्रमिकका कारण चर्चामा आए

    अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह पहिलो पटक आर्यन सिग्देलसँग सिनेमा ‘कायरा’ मार्फत सँगै देखिन थालेकी छिन् । आफैले निर्माण गर्न लागेको ‘कायरा’मा आर्यनले साम्राज्ञीलाई लिएका हुन् ।

  • गायक धिरज राईको नयाँ एल्बम ‘लभ बल्याड’ बजारमा

    काठमाडौं, मंसिर ४ – नेपालका माइकल ज्याक्सन भन्ने गरिएका गायक धिरज राईले सोह्रौ एल्बम लब बल्याड सार्वजनिक गर्नुभएको छ ।

  • कलाकारको राजनीति मोह, को कुन पार्टीमा ?

    काठमाडौं, मंसिर ४ –पछिल्लो समयमा धेरैजसो कलाकारहरु कुनै न कुनै पार्टीमा आवद्ध छन् । तर पार्टी प्रवेशपछि केही कलाकारहरुको सक्रियताले निरन्तरता पाएको छ भने केही प्रवेशसँगै राजनीतिबाट गुमनाम हुने गरेका छन् ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया