MENU

समाज

Ncell Axiata

भूकम्प प्रभावितलाई ट्याक्सी नम्बर आजदेखि दिइँदै

काठमाडौं, असार ७ – सरकारले भूकम्प अति प्रभावित १४ जिल्लाका १५ सय जनालाई ट्याक्सी नम्बर वितरण गर्न गोलाप्रथा गर्दैछ । यातायात व्यवस्था विभागले बुधबारदेखि शुक्रबारसम्ममा गोलाप्रथा गरेर १५ सय जनालाई ट्याक्सी नम्बर दिन लागेको हो ।

पहिलो चरणमा काभ्रेपलाञ्चोकका २०१, नुवाकोटका १२५ र रामेछापका १६५ गरी ४ सय ९१ जनालाई बुधबार ट्याक्सी नम्बर दिन गोलाप्रथा गर्न लागिएको विभागले जनाएको छ ।

यस्तै दोस्रो चरणमा बिहीबार दोलखाका २१४, सिन्धुपाल्चोका २५३ र सिन्धुलीका ४६ गरी ५१३ जनालाई तथा तेस्रो चरणमा शुक्रबार काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, धादिङ, ओखलढुंगा, गोरखा र रसुवाका ४९६ जनालाई गोलाप्रथा गरेर ट्याक्सी नम्बर दिन लागेको विभागका प्रवक्ता टोकराज पाण्डेले बताउनुभयो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया