मनोरञ्जन
सलमानका सहअभिनेता ८ वर्षीय मातिनलाई अर्कै देशको ठान्दा ...
- Wednesday, Jun 21, 2017
- 11:37 AM ( 10 months ago )
- Total Views: 648
काठमाडौं, असार ७ – अनुहारको नाप नक्साले व्यक्तिको वतन वा देशको अनुमान लगाउने बानी नयाँ होइन । झट्ट हेर्दा मंगोलियन अनुहार देखिनेलाई विश्वका धेरै मानिसले चीन, कोरिया वा अरु यस्तै देशको नागरिक ठानिन्छ ।
चुच्चो नाक र गहुँगोरो वर्णका देखिन्छन् भारतीय प्रायद्विपका बासिन्दा । अनि गोरो छाला र अग्लो कद ‘खैरे’, कालो वर्ण र ठूलो ओठ भएका ‘अफ्रिकी’ । व्यक्तिको वतनको आंकलन आम रुपमा यहि आधारमा गरिन्छ । यस्तो आंकलन सधैँ निशानामा लाग्दैन । अनि लाग्छ राष्ट्रियतामा ठेस ।
हेर्दा चीन वा कोरियाबाट आए जस्तो देखिने । बाटुलो अनुहार, चिम्सा आँखा, नेप्टो नाक र गोरो छाला । ८ वर्षको मातिन रे तेग्ङुको अनुहारमा उमंग छ । नहोस् पनि किन, उनी भारतीय चलचित्रमा धेरै प्रभाव पार्न सफल अभिनेता सलमान खानका सहअभिनेता हुन् । प्रदर्शनको तयारीमा रहेको चलचित्र ट्युबलाइटमा भारत अरुणाञ्चलका ८ वर्षे मातिनले सलमानसँग स्क्रिन बाँडेका छन् ।
यहि चलचित्रको प्रचार प्रसारको क्रममा भएको एक कार्यक्रममा अरुणाञ्चल इतानगरका मातिनले मंगलबार एक अनौठो प्रश्नको सामना गर्नु पर्यो–‘तिमी भारत पहिलो पटक आएको हो ?’ कार्यक्रमभरि रमाइलोसँग प्रस्तुत भएका मातिनले पत्रकारले सोधेको यो प्रश्न बुझेनन्, सलमानले उनलाई बुझाए । त्यसपछि भारतकै एक प्रदेश अरुणाञ्चलका चञ्चले मातिनले प्रश्न गर्ने पत्रकारको मुखमा बिर्को नै लाग्ने जवाफ दिए–‘म भारतमै बस्छु त भारत आउनु पर्छ ?’ यति भनेर मातिन मुस्कुराए ।
धेरैथरी सपनाका आकृति बनाउँदै मेट्दै गर्दा सलमानसँग जोडिएका मातिनमा अहिले अभिनेता बन्ने सपनाले ठूलो आकार लिएको छ । उनको यो सपनाको उडानमा पहिलो गाँसमै राष्ट्रियता माथिको प्रश्न गर्नु रंगभेदी रहेको भन्दै पत्रकारको आलोचना गरिएको छ । मातिनले गम्भीर आरोपको जवाफ सजिलोसँग दिएपनि यसले उठाएको बहसको घेरा साँघुरो छैन ।
मातिनको ट्युबलाइट यात्रा
सन् १९६२ मा भारत र चीनबिच भएको सीमा युद्धको विषयलाई लिइएर कविर खानको निर्देशनमा बनेको चलचित्र ट्युबलाइटमा चीनसँग सीमा जोडिएको भारतीय क्षेत्रको बालपात्र खोज्ने क्रममा धेरै मेहनतले मातिनलाई भेट्टाएको निर्देशक कविर खान नै बताउँछन् ।
भारतीय सेनामा क्याप्टेन रहेका अनुपम तेग्ङुका छोरा मातिन अभिनयमा आउनु अघि सेनाको सेफ बन्न चाहन्थे । तर अहिले उनको सपना फेरिएको छ । उनी अभियनमै रमाउन चाहन्छन् ।
लामो प्रक्रियापछि ट्युबलाइटमा जोडिएका मातिनलाई उनको राष्ट्रियतामाथिको प्रश्नले अब पिरोल्दै जाला, सुटिङको क्रमदेखि अहिलेसम्म भने आफ्नो नाम शुद्ध उच्चारण नगरेकोमा गुनासो गरिरहन्छन् उनी । चलचित्र ट्युबलाइट आउँदो शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ ।
सम्बन्धित सामग्रीहरु
-
सलमानको प्रेमिका बन्दैछिन् मौनी रोय
वैशाख ६ – सलमान खान अभिनित पछिल्ला फिल्महरुमध्ये ‘ट्यूबलाइट’ बाहेक हरेक फिल्म सुपरहिट भएका छन ।
-
रुन्चे गायक प्रकाश पौडेलको ‘खुचिङ’ सार्वजनिक
वैशाख ६ – रुन्चे गायक प्रकाश पौडेलको (खुचिङ) बोलको नयाँ गीत सार्वजनिक भएको छ ।
-
६९ लागे मदनकृष्ण, यो वर्ष काटिने छैन केक
काठमाडौं, वैशाख ४ – तिथिअनुसार हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठको आज जन्मदिन परेको छ ।
-
‘लिलिबिली’ पाइरेसीको मारमा, आयो फेसबुकमा
काठमाडौं, वैशाख ५ – मिलन चाम्सको निर्देशन रहेको सिनेमा ‘लिलिबिली’ पाइरेसीको मारमा परेको छ ।
-
प्रियंकालाई सलमानले जिस्काउँदै भने, ‘हाम्रो फिल्म हिन्दी हो’
वैशाख ५ – अमेरिकाबाट भारत फर्किरहेकी प्रियंकालाई सलमानले जिस्किाउँदै भने ‘हाम्रो फिल्म हिन्दी हो ।’
-
स्वयम्भूमा लुकेर बसेका ‘सांसद’ दीपक मनाङ्गे पक्राउ
काठमाडौं वैशाख ६ – दीपक मनाङ्गे स्वयम्भूको तीनधाराबाट पक्राउ परेका छन् ।
- पूर्वप्रधानन्यायाधीश पराजुलीको अवहेलनासम्बन्धी मुद्दा खारेज
- आईपीएलमा बुमराहभन्दा पनि किफायती बलर सन्दीप !
- गाडी गुड्ने सडकमा गहुँ सुकाइदिएपछि...
- आगलागीले रोकिएको विवाह जनप्रतिनिधिले गरिदिए
- आगोले जलेर नष्ट भएको प्रदीपको घर कोरियामा रहेका युवाले बनाइदिने
- पारस खड्का भन्छन् : आज एकदमै खुशी छु, विगतमा जे भए पनि अब राम्रै हुनेछ
- कम्प्युटर सिक्दै वडा अध्यक्ष र उपाध्यक्ष
- मानव बेचविखनको अभियोगमा पक्राउ परेका वडाध्यक्षलाई रिहा गर्न सर्वोच्चको आदेश
- पार्टी एकताका बारेमा ओली–प्रचण्डबीच छलफल
प्रतिक्रिया दिनुहोस