MENU

मनोरञ्जन

Ncell Axiata

१०० वर्ष पुरानाे भाका ‘आहा रेलुमै’ तीज गीतमा

काठमाडौं, असार ७ – तीज गीतलाई प्रायः छाडा बनाइएको आरोप लाग्ने गरेको अवस्थामा यस वर्ष भने केही गीतहरु पुरानै लय र भाकाका आउन थालेका छन् । 

तीज आउन झण्डै २ महिना बाँकी रहेको भएपनि तीज गीत युट्युबहरुमा सार्वजनिक हुन थालेका छन् । अर्घादरवार फिल्मस्को निर्माण र अविरल फिल्मस्को छाँयांकन रहेको तीज गीत ‘आहा रेलुमै’ बुधबार युटेयुबमा सार्वजनिक गरिएको छ ।  

रेलुमै १०० वर्ष पुरानो नेपालको पश्चिम क्षेत्रमा गाइने अत्यन्तै लोकप्रिय भाका हो । यस भाकालाई संकलन गरेका छन् लोकदोहोरी गायक बसन्त लम्सालले । गाउँका बुढापाकाहरुको सल्लाहमा नै आफूले पुराना भाकालाई टिपेर गीत रचना गरेको लम्सालले बताए । 

‘आहा रेलुमै’ मा बसन्त लम्साल र चेतना थापाको स्वर रहेको छ । विष्णु भट्टराईको निर्देशन रहेको यस म्युजिक भिडियोमा किशोर थापाले नृत्य निर्देशन गरेका छन् । म्युजिक भिडियोमा हेमन्त खनाल, देबु खनाललगायतका कलाकारहरुले अभिनय गरेका छन् । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया