MENU

मनोरञ्जन

Ncell Axiata
chhaka panja

रुपचन्द्र विष्टको जीवनीमा आधारित चलचित्रको फस्र्ट लुक सार्वजनिक

 
काठमाडौं, असार ७ – दार्शनिक तथा राजनीतिज्ञ रुपचन्द्र विष्टको १८ औ स्मृति दिवसको दिन बुधवार रुपचन्द्र विष्टको जीवनीमा आधारित चलचित्र ‘रुदाने–विद्रोहको नेपाली नाम’ को पोस्टर सार्वजनिक गरिएको छ ।

चलचित्रमा रुपचन्द्र विष्टको सिङ्गो जीवन र थाहा दर्शनका विविध पाटाहरु समेटिएका छन् । रुदाने अमित किसोर सुवेदी  र विकास ढकालल संयुक्त लेखन तथा निर्देशन गरेका हुन्  । दावानल क्रियसनले थाहा यात्रा सँगको सहकार्यमा निर्माण गरेको चलचित्रका  निमार्ता जागृत रायमाझी रहेका छन् । 

चलचित्रमा मुख्य चरित्र रुपचन्द्र विष्टको भूमिकामा दिब्यदेबले अभिनय गरेका छन् । त्यसै गरि चलचित्रमा नम्रता श्रेष्ठ, रवि गिरी, सुभाष गजुरेल, अमर सुवेदीलगायतका झण्डै एक सय कलाकारहरुको अभिनय रहेको छ । चलचित्रको छाँयांकन बलिउडका सान्ता रावको, निमेष श्रेष्ठको सम्पादन  र जेशन कुँवरको संगीत रहेको छ । 

निर्देशकद्वयले चार वर्ष सम्म रुचपन्द्र विष्टमाथि अध्ययन अनुसन्धान गरेर रुदाने – विद्रोहको नेपाली नाम तयार पारेका हुन् । बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै  निमार्ण  पक्षले चलचित्रको फष्ट लुक सार्वजनिक गरेको छ । रुदाने यसै वर्ष भित्र प्रर्दशनमा आउने र अन्तिम चरणको सुटिङ भइरहेको निमार्ण पक्षले जनाएको छ । 

जीवनीमा आधारित चलचित्र कमै मात्र बन्ने नेपालमा आफू रुपचन्द्रको शिष्य भएको र धेरै हिसाबले रुपचन्द्रको जीवनसँग पनि जोडिएकाले यो फिल्म बनाउन तम्सिएको निमार्ता जागृत रायमाझिको भनाइ छ । फिल्म मार्फत पुरानो पुस्ताले बिर्सिसकेको र नयाँ पुस्ता माझ किंबदन्ती बनेको रुपचन्द्र विष्टको जीवन र थाहा दर्शनसँग सम्बन्धित अनेकौ पाटाहरु उजागर गर्ने प्रयास गरिएको निर्देशकहरुले बताए । आफू सधैँ सत्य बोल्ने र ठिक काम मात्र गर्ने रुपचन्द्रको जीवन सबैका लागि उत्प्रेरणाको स्रोत बन्न सकोस् भन्ने नै फिल्म निमार्णको मुख्य उद्धेश्य रहेकाे  निमार्ण पक्षले जनाएकाे छ । 

मकवानपुरलाई आफ्नो कर्म भूमि बनाई थाहा अभियान चलाई जनमुखी राजनीति मार्फत  सम्पूृर्ण जीवन जनता जगाउने काममा समर्पित रुपचन्द्र विष्ट नेपालको इतिहासमा उल्लेख गरिएको पाइँदैन । २०४० को  दशकमा देशमा लोकप्रियताको शिखरमा रहेको  रुपचन्द्रले प्रतिपादन गरेको थाहा दर्शन आज पनि उत्तिकै सान्दर्भिक छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ​केपी ओलीले भने – सबै हाम्रा आइडल हुन्, बुद्ध लामालाई बधाई

    काठमाडौं, असोज ७ – नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आइडलका विजेता बुद्ध लामालाई बधाई दिनुभएको छ ।

  • बुद्ध लामा बने नेपाल आइडल, को हुन् बुद्ध लामा ?

    ‘जहिले पनि गीत नै गाइरहने भएकाले त गाली गर्थेँ, पछि गायनमै लाग्ने रहेछ भनेर संगीत सिक्नका लागि पठाएँ’, बुद्ध लामाका बुवा सन्तबहादुर लामा भन्नुहुन्छ ।

  • के-के पाउँछन् नेपाल आइडलले ?

    काठमाडौं, असोज ६ – प्रथम नेपाल आइडलले दर्शकको मन त जित्ने नै छन्, त्यसका साथै प्रथम नेपाल आइडलले २० लाख रुपैयाँ नगद, महिन्द्राको केयुभी १०० र १५ लाख बराबरको भिडियो एल्बम र कन्ट्रयाक्ट पाउनेछन् ।

  • को बन्ला पहिलो नेपाल अाइडल ?

    काठमाडौं, असोज ६ – शुक्रबार नेपाली संगीत पारखाीहरुले प्रथम नेपाल आइडल पाउने भएका छन् । लोकप्रिय रियालिटी टेलिभिजन शो नेपाल आइडलको ग्रान्ड फिनालेमा पुगेका तीन प्रतिस्पर्धीमध्येबाट शुक्रबार एक जना नेपाल आइडल बन्नेछन् ।

  • फ्राइडे रिलिज : हलमा ‘यती’ मात्रै

    काठमाडौं, असोज ६ – यो हप्ता नेपाली सिनेमा घरमा एउटा मात्रै चलचित्र लागेको छ ।

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया