MENU

विज्ञान प्रविधि

Ncell Axiata
USAID

सस्तोमै आइफोन सेभेन प्लसको जस्तो फिचर भएको वन प्लस फाइभ बजारमा

काठमाडौं, असार ७– वन प्लसले मंगलबार सन् २०१७ को लागि नयाँ फ्लेगशिप स्मार्टफोन वन प्लस फाइभ सार्वजनिक गरेको छ ।  यसभन्दा अगाडि आएको वन प्लस थ्रि टिकै अपग्रेडेड भर्सनको रुपमै वन प्लस फाइभ आएको कम्पनीले जनाएको छ । वन प्लस सन् २०१३मा स्थापना भएको चिनियाँ स्मार्टफोन निर्माता कम्पनी हो ।

वन प्लस फाइभ डिजाइन, सफ्टवेयर र अन्य विशेषताका लागि राम्रो मानिएको छ । त्यति मात्रै होइन, यो मोबाइलले एप्पलको आइफोन सेभेन प्लससँग प्रतिष्पर्धा गर्ने बताइएको छ ।यसमा ५.५ इन्च फुल–एचडी (१०८०×१९२० पिक्सेल) अप्टिक एमोलेड डिस्प्ले रहेको छ ।  

यो मोबाइलमा क्वालकम स्न्यापड्रयागन ८३५ प्रोसेसर रहेको छ । वन प्लस फाइभ र्‍याम र स्टोरेजका आधारमा दुई प्रकारमा उपलब्ध हुनेछ । ६ जिबी र्‍यामसहितको ६४ जिबी स्टोरेज तथा ८ जिबी र्‍याम र १२८ जिबी स्टोरेजमा वन प्लस फाइभ उपलब्ध हुनेछ । 

कम्पनीका अनुसार यो मोबाइल कम्पनीले बजारमा ल्याएका मोबाइल मध्ये सबैभन्दा पातलो हो । यसको मोटाई ७.२५ मिलीमिटर रहेको छ । 

नयाँ वन प्लस फाइभ मोबाइल फोनमा ५वटा अर्लट स्लाइडर राखिएको छ । यसको माध्यमले प्रयोगकर्ताले रिंगिङ मोड, डु नट डिस्टर्ब मोड र साइलेन्ट मोडको बीचमा स्वाइप गर्न सक्दछन् । कालो र खैरो रंगमा उपलब्ध वन प्लस फाइभको मूल्य ४७९ डलर र ५३९ डलर रहेको छ ।

वन प्लस फाइभको मुख्य विशेषताहरु

डिस्प्लेः ५.५ इन्च  
ब्याट्री क्षमताः ३३०० एमएएच
प्रोसेसरः १.९ गिगाहर्ज अक्टाकोर
फ्रन्ट क्यामेराः १६ मेगापिक्सेल
रियर क्यामेराः २० मेगापिक्सेल
ओएसः एन्ड्रोइड ७.१.१

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • अब मोबाइलबाटै प्राथमिक उपचार

    काठमाडौं, साउन ५ – नेपाल रेडक्रस सोसाइटीद्वारा तयार पारिएको प्राथमिक उपचार मोवाइल एप्लिकेशन शुक्रबार वरिष्ठ हास्यकलाकार एवं समाजसेवी मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यको प्रमुख आतिथ्यतामा सार्वजनिक गरिएको छ ।

  • पृथ्वी ‘प्लानेट प्लाष्टिक’ बन्दै

    पृथ्वी प्लाष्टिक ग्रह बन्दै गएको भन्दै वैज्ञानिकले चिन्ता व्यक्त गरेका छन् । अमेरिकी अनुसन्धानकर्ताकाले पृथ्वीमा ८ अर्ब ३० करोड टन प्लाष्टिक उत्पादन भएको बताएका छन् ।

  • फेसबुक, ट्वीटर धेरै चलाउनुहुन्छ ? डिप्रेसनको खतरा !

    साउन ४ – सामाजिक सञ्जालले युवा पुस्तामा चिन्ताको दर बढिरहेको एक अध्ययनले देखाएको छ । दुव्र्यवहार विरुद्धको संस्था डिच द लेबलले गरेको अध्ययनका अनुसार युवा पुस्तामा सामाजिक सञ्जालबाट आफूमाथि हिंसा हुनसक्ने चिन्ता तथा डर बढिरहेको पाइएको हो ।

  • चौथो राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा छनौट भएकाको नाम सार्वजनिक

    काठमाडौं, साउन ३ – चौथो राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा छनौट भएकाको नाम सार्वजनिक भएकोे छ । ओलम्पियाडमा ५ जना विद्यार्थी उत्कृष्टमा परेका छन् ।

  • ​९ वटा विमानस्थलमा चट्याङको सेन्सर जडान

    काठमाडौं, साउन १ – सरकारले ९ वटा विमानस्थलमा चट्याङको सेन्सर जडान गरेको छ । सुर्खेत, वीरेन्द्रनगर, भैरहवा, पोखरा, काठमाडौं, तुम्लिङटर, विराटनगर, सिमरा र नेपालगन्ज गरी ९ वटा विमानस्थलमा चट्याङको सेन्सर जडान गरिएको हो ।

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया