MENU

बातावरण-कृषि

Ncell Axiata
chhaka panja

मनसुनी वायु कमजोर

काठमाडौं, असार ८ – मनसुनी वायु कमजोर भएकाले देशभरि फैलन समय लागेको मौसमविदले बताएका छन् । सामान्यतया पूर्वी नेपालबाट भित्रिएको मनसुन एकहप्ताभित्र देशैभरि फैलने गर्छ ।

तर यो वर्ष गएको जेठ २९ गते पूर्वी नेपालमा प्रवेश गरेको मनसुन देशैभरि फैलन अझै केही समय लाग्ने मौसमविद् मिनकुमार अर्यालले बताउनुभयो । उहाँका अनुसार मध्य भेगसम्म फैलिसकेको मनसुन वायु नै कमजोर भएकाले देशभरि नै फैलन नसकेको हो ।

यस्तै पश्चिमी वायु पनि सक्रिय भएकाले मनसुनी हावा पश्चिममा जान सकेको छैन । तर पश्चिमी वायुको प्रभावले पश्चिमको मौसम पनि बदली भइ पानी परिरहेको उहाँले जानकारी दिनुभयो । अरेबियन सागरको वायु नेपालमा आएपछि मनसुन सक्रिय हुने र त्यो नेपालमा आउन केही दिन लाग्ने देखिएको पनि उहाँले जानकारी दिनुभयो ।

यसैबिच अहिले खुलेको ठाउँको मौसम पनि दिउँसोपछि बदली भइ पानी पर्ने मौसमविद् अर्यालको भनाई छ । बिहीबार सामान्यतया देशभरी कै मौसम बदली भइ धेरै ठाउँमा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ​केही दिन मौसममा सुधार नआउने

    काठमाडौं, असोज ५ – काठमाण्डौं उपत्यकासहित देशभरी कै मौसम बिहीबार खुल्ने सम्भावना नभएको मौसमविद्ले बताएका छन् ।

  • मनसुनी गतिविधि र जलवाष्पयुक्त हावाको कमजोरीले गर्मी बढ्यो

    काठमाडौं, भदौ ३१ – मनसुनी गतिविधि कमजोर रहेको र जलवाष्पयुक्त हावाको विकास हुन नसक्दा केही दिनयता मुलुकको तापक्रम एक्कासि वृद्धि भएको छ ।

  • वातावरण संरक्षणमा काम गर्न स्थानीय तहलाई सरकारको निर्देशन

    काठमाडौं, भदौ ३१ – सरकारले सबै स्थानीय तहलाई वातावरणीय संरक्षणमा काम गर्न निर्देशन दिएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले वातावरण संरक्षणका लागि तत्कालीन र दीर्घकालिन रुपमा गर्नुपर्ने काम एवम् प्रदूषण नियन्त्रणका लागि अन्य उपायसम्बन्धी दशबुँदे परिपत्र जारी गर्दै ७ सय ५३ वटै स्थानीय तहलाई पत्राचार गरेको हो ।

  • बाढीले गैँडाका धेरै बच्चा बगाएको अनुमान

    चितवन, भदौ ३० – साउन अन्तिम हप्ता आएको बाढीका कारण चितवन राष्ट्रिय निकुञ्जमा रहेका दुर्लभ वन्यजन्तु एकसिंगे गैँडाका धेरै बच्चा बगाएको अनुमान गरिएको छ । जसका कारण आउँदो वर्ष निकुञ्जमा गैँडा गणना गर्नुपर्ने प्रस्ताव निकुञ्ज कार्यालयले गरेको छ ।

  • ‘दुर्लभ पाटेबाघ हेर्न बर्दिया निकुञ्ज जाऔँ’ (तस्बिरसहित)

    दिउँसो २ बजे निकुञ्जबाट शुरु भएको जंगल सफारीको टोली अपराह्न ४ बजे झण्डै १० किलोमिटर उत्तर बाल्कुने नजिकै पुग्यो । सडक छेउमै १० मिटर पर आराम गर्दै थियो विश्वकै दुर्लभ पाटेबाघ ।

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया