MENU

विचार/अनुभूति

Ncell Axiata

हैजा सधैँ काठमाडौं उपत्यकामा नै किन ?

डा. शेरबहादुर पुन -

यो वर्ष पनि ललितपुरमा हैजा देखिएको छ । अघिल्लो वर्ष पनि ललितपुरमा हैजाका बिरामी भेटिएका थिए । ललितपुर, भक्तपुर र काठमाडौं यी सबै काठमाडौं उपत्यका भित्रैका जिल्ला हुन् । विगतमा अक्कलझुक्कल काठमाडौं उपत्यका बाहिर प्रकोपको रुपमा हैजा देखिने गरे पनि उपत्यकाभित्र भने हैजा सदाबहार रोग जस्तै बनेको छ । 

काठमाडौं राजधानी शहर । सबैभन्दा बढी शिक्षित मानिसहरु बस्ने, देशको राजधानी र अरु ठाउँहरु भन्दा बढी व्यवस्थित र विकसित, प्रयोगशालाको सुबिधा भएको र देशका सबैभन्दा धेरै डाक्टरको उपस्थिति भएको ठाउँ हो ।

हैजाको जोखिम बढी न्यून आय भएको, अव्यवस्थित, स्वास्थ सम्बन्धी प्रचार प्रसार कम भएको र अशिक्षित ठाउमा बढी हुने गर्दछ, तर चाखलाग्दो कुरा यसको ठिक बिपरित नेपालमा राजधानी बाहिर भन्दा भित्र नै हरेक बर्ष हैजा नियमित र बढी देखिने गरेको देखिन्छ । 

कारणहरु :

  • १) हरेक वर्ष काठमाडौंको जनघनत्व अत्यधिक बढ्दै जानु तर खानेपानी तथा ढल व्यवस्थित नहुनु । 
  • २) झाडापखाला सम्बन्धि प्रचार पर्याप्त भएपनि ज्ञान अनुसारको आचरणमा परिवर्तन ल्याउन नसक्नु ।
  • ३) आधुनिक जीवनशैलीमा परिवर्तन हुँदै जादा खानपानमा परिवर्तन जस्तै बाहिरी खाना खाने प्रचलन बढ्दै जानु र जथाभावी बजारमा पाइने जारको पानी उपभोग गर्दा त्यसको विश्वनीयतामामा ध्यान नदिनु ।
  • ४) सम्बन्धित निकायबाट हैजा सम्बन्धि द्रुत जानकारी स्वास्थकर्मी तथा नागरिकलाई उपलब्ध नगराउनु फलस्वरुप सुरुमा नै नियन्त्रण गर्न गाह्रो हुने वा शंकास्पद व्यक्तिको उपचार तथा निदानमा ढिलाई हुने । 
  • ५) हरेक वर्ष देखिने हैजाको बारेमा बन्द कोठामा मात्र छलफल हुने, तर त्यसको कार्यावन्यन पक्ष फितलो देखिने वा हैजा देखिसके पछि मात्र प्रतिक्रया देखाउने । 
  • ६) हैजा देखिसकेपछि मात्र इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा र जिल्ला जनस्वास्थ हैजा नियन्त्रणमा मात्र लाग्नु तर हैजा फैलाउने क्षेत्र र बजारको अनुगमनमा भने ध्यान नपुर्‍याउनु । 

काठमाडौंमा सडक विस्तार र मर्मत कार्य हुँदै गरेको र त्यसैले अझै केही वर्ष खानेपानी र ढल, सुरक्षित र व्यवस्थित हुनेमा ढुक्क हुने अवस्था देखिँदैन । नतिजास्वरुप अझै केही वर्ष राजधानीबासीले हैजाको समस्याको सामना गर्नु पर्ने देखिन्छ ।

अझ ब्याक्टेरियाले आफ्नो रुप परिवर्तन गरे यो समस्या अरु भयाबह हुने सम्भावना देखिन्छ । निती निर्माणको तहमा सम्भाव्य क्षेत्रको अध्ययन गरी सम्बोधन गर्ने  र  निर्देशिका तयार पार्ने अनि कार्यन्वयन पक्ष सबल बनाउन सकेमात्र हैजालाई भविष्यमा धेरै हदसम्म नियन्त्रणमा ल्याउन सकिनेछ । 

(सरुवा रोग अनुसन्धान विज्ञ डा. पुन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत हुनुहुन्छ)

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • नेपाल राष्ट्र बैंकले अपनाएको कदम

    नेपाल राष्ट्र बैंकले दिएको निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाले साउन १ गतेदेखि १० लाख रुपैयाँ बढी नगद कारोबार रोकेका छन् । तपाईंले १० लाख रुपैयाँ भन्दा बढी रकम झिक्न खोज्नु भयो भने बैंकले दिँदैनन् र १० लाख रुपैयाँ भन्दा बढी जम्मा गर्न लैजानु भयो भने पनि बैंकले लिँदैनन् ।

  • दाँत खप्टिएर किन आउँछ ?

    डा. रमेश बिछ्छा –  गुलियो बालबालिकालाई सार्‍है मन पर्ने खानेकुरा । चकलेट, मिठाई पाएप...

  • बैंक मर्जले निम्त्याएको सकस

    नेपाल राष्ट्र बैंकले दिएको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाकोे पूँजी बढाउनु पर्ने बाध्यकारी नियम छ । जसकारण धेरै बैंक तथा वित्तीय संस्था एक आपसमा मर्ज वा एकुजिशन भएका छन् ।

  • ​काठमाडौंका मेयरलाई प्रश्न - यो भिडियो हेर्नुभयो ?

    हामी धेरै सपना देख्छौँ । निदाउँदा भन्दा धेरै ब्यूझँदा । तपाइँहरु पनि त्यही देखाउनुहुन्छ, सपना । हामी देखिदिन्छौँ । पत्याए जस्तो गरिदिन्छौं । सपना पूरा हुने आशमा हामीले गर्न पाउने एउटै कुरा छ, मतदान । गर भन्नुहुन्छ, गरिदिन्छौँ ।

  • हाँस्दा त लाजै हुन्छ भन्छन् बिरामी, समस्या समाधानको लागि के गर्ने ?

    पिसाब आएको जस्तो हुन्छ, कहाँ गर्ने भनेर ठाउँ खोज्दै गर्दा पिसाब चुहिहाल्छ, खोक्दा, हाछ्यु गर्दा, बसेको ठाउँबाट जुरुक्क उठ्दा पिसाब चुहिन्छ । अझै धेरै बिरामीले समस्याको बारेमा ‘डाक्टरसाब हाँस्दा खेरी लाजै हुन्छ’ भन्ने गर्छन् । यस्तो समस्या विवाहित, अविवाहित तथा वृद्ध सबै खालका महिलालाई हुन्छ ।

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया