MENU

विज्ञान प्रविधि

Ncell Axiata
USAID

कोलेस्ट्रोल कम गर्ने खोप तयारः मुसामा सफल मानिसमा परीक्षण हुँदै

असार ८ – वैज्ञानिकले मुटु सम्बन्धी रोगको जोखिम कम गर्ने उद्देश्यले तयार पारिएको कोलेस्ट्रोल कम गर्ने खोपको मानिसमा परीक्षण गरिरहेका छन् । मुसामा गरिएको परीक्षण सफल भएपछि वैज्ञानिकले कोलेस्ट्रोल कम गर्ने खोपको मानिसमा परीक्षण सुरु गरिएको हो । अस्ट्रियाको भिएनामा रहेको मेडिकल युनिभर्सिटी अफ भिएनाका अनुसन्धानकर्ताले अहिले ७२ जनामा सुरक्षित तरिकाले खोपको परीक्षण गरिरहेका छन् । खोप बोसोका कारण धमनीहरुमा आउने समस्या रोक्ने गरी तयार पारिएको अनुसन्धानकर्ताले बताएका छन् । यो खोप स्ट्रोक, एनजाइना तथा हृदयघात रोक्नका लागि प्रयोग गर्न सकिने छ । मानिसमा गरिएको परीक्षण मुसामा जस्तै सफल देखिएकोमा मुटु सम्बन्धी रोगको उपचारमा यो ठूलो सफलता हुने अुनसन्धानमा संलग्न डा. गुएन्टर स्टाफलरले बताउनुभयो । अहिले अनुसन्धानको क्रममा नै रहेकाले मानिसमा खोपको राम्रो प्रभाव देखिएपछि सामान्य प्रयोगमा ल्याउन भने अझै ६ वर्ष लाग्ने उहाँले बताउनुभयो ।  

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • अब मोबाइलबाटै प्राथमिक उपचार

    काठमाडौं, साउन ५ – नेपाल रेडक्रस सोसाइटीद्वारा तयार पारिएको प्राथमिक उपचार मोवाइल एप्लिकेशन शुक्रबार वरिष्ठ हास्यकलाकार एवं समाजसेवी मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यको प्रमुख आतिथ्यतामा सार्वजनिक गरिएको छ ।

  • पृथ्वी ‘प्लानेट प्लाष्टिक’ बन्दै

    पृथ्वी प्लाष्टिक ग्रह बन्दै गएको भन्दै वैज्ञानिकले चिन्ता व्यक्त गरेका छन् । अमेरिकी अनुसन्धानकर्ताकाले पृथ्वीमा ८ अर्ब ३० करोड टन प्लाष्टिक उत्पादन भएको बताएका छन् ।

  • फेसबुक, ट्वीटर धेरै चलाउनुहुन्छ ? डिप्रेसनको खतरा !

    साउन ४ – सामाजिक सञ्जालले युवा पुस्तामा चिन्ताको दर बढिरहेको एक अध्ययनले देखाएको छ । दुव्र्यवहार विरुद्धको संस्था डिच द लेबलले गरेको अध्ययनका अनुसार युवा पुस्तामा सामाजिक सञ्जालबाट आफूमाथि हिंसा हुनसक्ने चिन्ता तथा डर बढिरहेको पाइएको हो ।

  • चौथो राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा छनौट भएकाको नाम सार्वजनिक

    काठमाडौं, साउन ३ – चौथो राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा छनौट भएकाको नाम सार्वजनिक भएकोे छ । ओलम्पियाडमा ५ जना विद्यार्थी उत्कृष्टमा परेका छन् ।

  • ​९ वटा विमानस्थलमा चट्याङको सेन्सर जडान

    काठमाडौं, साउन १ – सरकारले ९ वटा विमानस्थलमा चट्याङको सेन्सर जडान गरेको छ । सुर्खेत, वीरेन्द्रनगर, भैरहवा, पोखरा, काठमाडौं, तुम्लिङटर, विराटनगर, सिमरा र नेपालगन्ज गरी ९ वटा विमानस्थलमा चट्याङको सेन्सर जडान गरिएको हो ।

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया