MENU

समाज

Ncell Axiata
chhaka panja

पहिलो दिनको गोलाप्रथाबाट क–कसले पाए ट्याक्सी नम्बर ?

काठमाडौं, असार ८ – सरकारले भूकम्प अति प्रभावित १४ जिल्लामध्ये बुधबार नुवाकोटका १२५, काभ्रेपलाञ्चोकका २०१ र रामेछापका १६५ गरि ४ सय ९१ जनालाई गोलाप्रथा गरेर ट्याक्सी नम्बर दिएको छ ।

बिहीबार  ५१३ जनालाई नयाँ ट्याक्सी नम्बर दिन गोलाप्रथा हुँदैछ । बिहीबार दोलखाका २१४, सिन्धुपाल्चोका २५३ र सिन्धुलीका ४६ गरि ५१३ जनालाई ट्याक्सी नम्बर दिन गोलाप्रथा गर्न लागेको हो । गोलाप्रथा ललितपुरको च्यासल फुटबल मैदानमा हुनेछ । २०७२ साल बैशाख १२ गतेको भूकम्पबाट अति प्रभावित भएकामध्ये १५ सय जनालाई आयआर्जनमा सहयोग होस् भन्दै सरकारले नयाँ ट्याक्सी नम्बर दिन लागेको हो ।

तीन चरणमा गोलाप्रथा गरेर प्रभावितलाई ट्याक्सी नम्बर दिने योजना अनुसार शुक्रबार काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, धादिङ, ओखलढुंगा, गोरखा र रसुवाका ४९६ जनालाई प्रदान गरिने यातायात व्यवस्था विभागका प्रवक्ता टोकराज पाण्डेले बताउनुभयो ।

सरकारले १५ सय जनालाई ट्याक्सी नम्बर उपलब्ध गराउन निवेदन मागेको थियो । तर १ लाख ४९ हजार ५ सय ५१ जनाले निवेदन दिएपछि गोलाप्रथाबाट नम्बर उपलब्ध गराउन लागिएको हो । विभागले नम्बर दिएपछि विजेता आफैले ट्याक्सी किन्नुपर्ने र भन्सार लगायतमा कुनै छुट नभएको विभागले स्पष्ट पारेको छ ।

पहिलो दिनको गोलाप्रथाबाट ट्याक्सी नम्बर पाउनेको नाम हेर्नुहोस् ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया