MENU

बातावरण-कृषि

Ncell Axiata
chhaka panja

सालक संरक्षणका लागि क्यामेरा ट्रयापिङ

काभ्रे, असार ८ – लोपोन्मुख सालक संरक्षणका लागि काभ्रेपलाञ्चोकको एउटा सामुदायिक वनमा क्यामेरा ट्रयापिङ सुरु भएको छ ।

जिल्लाको पाँचखाल नगरपालिका ज्याम्दीस्थित बासखर्क सामुदायिक वन उपभोक्ता समितिको क्षेत्रमा सालकको वास्तविक अवस्था पहिचान गर्न क्यामेरा ट्रयापिङ सुरु भएको प्राकृतिक सम्पदा नेपालकी अनुसन्धानकर्ता प्रतिभा कसपालले जानकारी दिनुभयो । 

जिल्ला वन कार्यालय, धुलिखेलको समन्वयमा सुरु भएको ट्रयापिङ एक हप्तासम्म सञ्चालन हुने उल्लेख गदैै उहाँले त्यसका लागि सामुदायिक वनका उपभोक्ता नै परिचालन भएको बताउनुभयो । 

‘अहिले कमिला र धमिरा बढी मात्रामा बाहिर आउने समय भएकाले यसको आवतजावत बढी हुन्छ त्यसैले यो समयमा ट्रयापिङ सुरु गरेका हौँ’ अनुसन्धानकर्ता कसपालले भन्नुभयो । 

ट्रयापिङका लागि सो सामुदायिक वनमा सालकको आवतजावत बढी हुने क्षेत्रमा ६ वटा क्यामेरा राखिएको छ । यो सामुदायिक वनमा संसारकै दुर्लभ कालो सालक पाइन्छ । नेपालमा कालो र तामे सालक पाइन्छ । यसअघि पनि ट्रयापिङ भएको तर त्यतिबेला सालकको पहिचान भएको थिएन । 

संरक्षित वन्यजन्तु सालक जैविक विविधता र कृषि उत्पादनका लागिसमेत उपयोगी हुने भएकाले सालकको प्राकृतिक वासस्थान नष्ट गर्न नहुने किसानले बताएका छन् । हिन्दूधर्ममा सालकलाई भगवान् शिवको अवतारको रुपमा समेत लिइन्छ ।

यसैबिच यो संस्थाले सामुदायिक वनको लागि सालक संरक्षण तथा व्यवस्थापन कार्ययोजना अघि ल्याएको छ । सालकको बासस्थानलाई कसरी सुरक्षित गर्ने र उसको सम्वद्र्धन कसरी गर्ने भन्ने विषयमा जिल्ला वन कार्यालय, काभ्रेपलाञ्चोकको सहयोगमा सो कार्ययोजना आएको अनुसन्धानकर्ता कसपालले जानकारी दिनुभयो । जिल्लाको बासखर्कबाहेक धुलिखेलको कटुवापाखा सामुदायिक वनमा समेत सालकको बासस्थान रहेको छ । 

संरक्षित वन्यजन्तुको सूचिमा रहेको सालक पक्रने, राख्ने वा बेचबिखन गरे ४० हजारदेखि ७५ हजारसम्म जरिवाना र एक वर्षदेखि १० वर्षसम्म कैद वा दुवै सजाय हुने कानुनी प्रावधान रहेको छ । रासस

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ​केही दिन मौसममा सुधार नआउने

    काठमाडौं, असोज ५ – काठमाण्डौं उपत्यकासहित देशभरी कै मौसम बिहीबार खुल्ने सम्भावना नभएको मौसमविद्ले बताएका छन् ।

  • मनसुनी गतिविधि र जलवाष्पयुक्त हावाको कमजोरीले गर्मी बढ्यो

    काठमाडौं, भदौ ३१ – मनसुनी गतिविधि कमजोर रहेको र जलवाष्पयुक्त हावाको विकास हुन नसक्दा केही दिनयता मुलुकको तापक्रम एक्कासि वृद्धि भएको छ ।

  • वातावरण संरक्षणमा काम गर्न स्थानीय तहलाई सरकारको निर्देशन

    काठमाडौं, भदौ ३१ – सरकारले सबै स्थानीय तहलाई वातावरणीय संरक्षणमा काम गर्न निर्देशन दिएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले वातावरण संरक्षणका लागि तत्कालीन र दीर्घकालिन रुपमा गर्नुपर्ने काम एवम् प्रदूषण नियन्त्रणका लागि अन्य उपायसम्बन्धी दशबुँदे परिपत्र जारी गर्दै ७ सय ५३ वटै स्थानीय तहलाई पत्राचार गरेको हो ।

  • बाढीले गैँडाका धेरै बच्चा बगाएको अनुमान

    चितवन, भदौ ३० – साउन अन्तिम हप्ता आएको बाढीका कारण चितवन राष्ट्रिय निकुञ्जमा रहेका दुर्लभ वन्यजन्तु एकसिंगे गैँडाका धेरै बच्चा बगाएको अनुमान गरिएको छ । जसका कारण आउँदो वर्ष निकुञ्जमा गैँडा गणना गर्नुपर्ने प्रस्ताव निकुञ्ज कार्यालयले गरेको छ ।

  • ‘दुर्लभ पाटेबाघ हेर्न बर्दिया निकुञ्ज जाऔँ’ (तस्बिरसहित)

    दिउँसो २ बजे निकुञ्जबाट शुरु भएको जंगल सफारीको टोली अपराह्न ४ बजे झण्डै १० किलोमिटर उत्तर बाल्कुने नजिकै पुग्यो । सडक छेउमै १० मिटर पर आराम गर्दै थियो विश्वकै दुर्लभ पाटेबाघ ।

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया