MENU

बातावरण-कृषि

Ncell Axiata
USAID

जहाँ रासायनिक मल र विषादी प्रयोग हुँदैन

प्रकाश धौलाकोटी/उज्यालो । 

तेह्रथुम, असार ८ – आठराई गाउँपालिका–५ छातेढुंगाको खानीटारका अगुवा कृषक चन्द्र तिवारी आफूले लगाउने बाली नालीमा कुनै पनि रासायनिक मल र विषादी प्रयोग गर्नु हुन्नँ । तर पनि उहाँका खेतबारीमा गोलभेडा, अकबरे खुर्सानी, केरा, स्याउ, सुन्तला, कागतीलगायत फलफूल र तरकारी बाली फष्टाएकै छन् । 

थोरै जमिनमा धेरै फलाउने कृषकका रुपमा चिनिनुहुन्छ उहाँ । सात वर्ष अघि रासायनिक मल र विषादीको प्रयोग छाडेर अर्गानिक उत्पादन गर्ने अभियानमा लाग्नुभएका उहाँले अहिले आफ्नो माटो, घर र गाउँलाई नै अर्गानिक बनाउनुभएको छ । 

अर्गानिक खेती गरिरहनुभएका उहाँले बारीको डिलमा मौरीका घार राख्नुभएको छ । अर्गानिक फलफूलका फूलमा घुमेका मौरीले अर्गानिक मह उत्पादन गर्छन् । आफूले थालेको अर्गानिक उत्पादन, अर्गानिक भान्सा र अर्गानिक गाउँको अभियान अहिले सार्थक बन्दै गएको उहाँ बताउनुहुन्छ ।

‘छिमेकीले पनि सूरुमा के–के न गर्ने भइस् भने, एक दुई वर्ष उत्पादन पनि राम्रो भएनँ’ उहाँ भन्नुहुन्छ ‘तर पछि राम्रो उत्पादन हुन थाल्यो ।’ अहिले उहाँले तरकारी, फलफूल र अलैँची खेतीबाट वार्षिक सात लाख रुपैयाँ भन्दाबढी आम्दानी गरिरहनुभएको छ । रासायनिक मल र विषादी प्रयोग नगर्ने कृषक तिवारीले मल र विषादी नै नलगाउने गर्नुभएको चाँहि हैन ।

उहाँले आफैँले बनाएको जैविक मल र विषादी प्रयोग गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ ‘जसले गर्दा अर्गानिक उत्पादन हुन्छ, माटो पनि बिग्रिदैन, र मान्छेको स्वास्थ्य पनि ।’ उहाँको यही अर्थपूर्ण तर्ककै कारण उहाँले थालेको अर्गानिक उत्पादन, भान्सा र गाउँको अभियान गाउँभरि फैलिएको छ । 
उहाँकै सिको गरेर स्थानीय जापान कन्दङ्वा अहिले अर्गानिक खेती गररहनुभएको छ । ‘चन्द्र दाइले गरेको देखेर त्यस्तै गर्ने उदेश्य राखेर थालेको हुँ, अहिले कागती, अकबरे खुर्सानी, गोलभेडा, च्याउ आदी खेती गरेको छु’ ३२ वर्षे युवा कन्दङवाले भन्नुभयोे । उहाँ केही वर्ष अघि रोजगारी र पढाईका लागि काठमाडौं छिर्नुभएको थियो ।

उनीहरु जस्तै खानीटारका युवराज कन्दङ्वा, प्रेम उप्रेती, मदन कन्दङ्वा र लक्ष्मी कन्दङ्वा पनि प्रभावित छन् । 
उनीहरु मध्ये धेरैले गतवर्षदेखि अर्गानिक खेति गरिरहेका छन् । सबैको एउटै स्वर छ, अब गाउँमै व्यवसायिक अर्गानिक खेती गर्ने र पैसा कमाउने । गाउँका ३१ जना युवालाई समेटेर खानीटार बहुउदेश्यीय कृषक समूह बनाएको तिवारीले बताउनुभयो ।

सामान्य लेखपढ गर्नुभएका तिवारीले गाउँलाई अर्गानिक उत्पादन हुने गाउँको रुपमा चिनाउन थालेको अभियान सार्थक बन्दैछ । झण्डै ३५ घरधुरी रहेको खानीटार गाउँका अधिकांश घरधुरीले रासायनिक मल र विषादीको प्रयोग गर्न छाडेका छन् । आफूले देखेको सपना जस्तैः अबको गाउँको सबै कृषिजन्य उत्पादन अग्र्यानिक हुने भएपछि कृषक तिवारी पनि दंग हुनुहुन्छ । ‘मैले देखेको सन्देशमुलक अभियान सफल हुँदैछ, म पनि खुसी छु, अब सबै खुसी हुने दिन सुरु हुँदैछ’ उहाँ भन्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • बाँदरले बाली नष्ट गरेपछि किसान चिन्तित

    तेह्रथुम, साउन ७ – खेतबारीमा पाक्न लागेको बाली बाँदरले नष्ट गर्न थालेपछि तेह्रथुमको छथर गाउँपालिकाका किसान चिन्तित बनेका छन् । गाउँपालिकाको फाक्चामारा, हमरजुङ, पन्चकन्या लगायत गाउँमा किसानले लगाएको बालीनाली हुलका हुल बाँदर आएर नष्ट गर्ने गरेका छन् ।

  • मनसुन आजदेखि फेरि सक्रिय, देशभर पानी पर्ने

    काठमाडौं, साउन ६ – केही दिनदेखि कमजोर रहेको मनसुन शुक्रबारदेखि सक्रिय हुने मौसमविदले बताएका छन् ।

  • वन जोगाउन योगदान पुर्‍याउने सम्मानित

    दाङ, साउन ५ – जिल्ला वन कार्यालय दाङले वन वाताबरण तथा वन्यजन्तु संरक्षणमा सञ्चार क्षेत्रबाट महत्वपूर्ण भूमिका खेलेको भन्दै सामुदायिक वन समूह, निजी वनकर्मी, पत्रकार लगायतलाई सम्मान तथा पुरस्कृत गरेको छ ।

  • मनसुन कमजोर, केही दिन पानी कम पर्ने

    काठमाडौं, साउन ४ – मनसुन कमजोर हुँदै गएकाले अबको केही दिन पानी कम पर्ने मौसमविदले अनुमान गरेका छन् । मनसुनी न्यूनचापिय रेखा सामान्यभन्दा केही तल झरेकाले दुई तीन दिन कम पानी पर्ने अनुमान गरिएको मौसमविद मिनकुमार अर्यालले बताउनुभयो ।

  • खडेरीमा पनि धानका बाला झुल्छन्, बुद्धि पुर्‍याउनुस्

    यसपाली कतै बेलैमा पानी परेकोले धान रोप्ने काम सकिएकोछ, कतै धमाधम रोपाइँ भैरहेको छ । तर कतै भने खडेरीका कारण अझै पनि धान रोप्ने काम सुरु भएको छैन।

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया