MENU

विचार/अनुभूति

Ncell Axiata
chhaka panja

मधेसको आन्दोलन र चुनावी माहौल

लक्ष्मण शर्मा -

संविधान घोषणा अघिदेखि नै संविधानको विरुद्धमा एकजुट भएर आन्दोलनमा गएका मधेसवादी दलहरु चुनाव नजिकिएसँगै अलग अलग विचारका साथ आफ्ना गतिविधि गरिरहेका छन् । 

संविधान संशोधन नगरी चुनावमा भाग नलिने, स्थानीय तहको संख्या बढाउनुपर्नेलगायतका माग राखी स्थानीय तहको चुनावमा सहभागी नहुने भन्दै केही मधेस केन्द्रित दल आन्दोलनमा छन् भने आन्दोलनमै रहेका दलका स्थानीय नेता कार्यकर्ता भने चुनावमा पनि लागिरहेका छन् ।  

संविधान घोषणा अघि संविधानप्रति नै आफ्नो असहमति जनाएका मधेसी दलहरु मोर्चा नै बनाएर संविधानको विरोध गरीरहेका थिए । संविधान घोषणाको पूर्वाद्धमा मोर्चाघटक फोरम लोकतान्त्रिकले संविधान घोषणामा सहमति जनाएपछि मोर्चाबाट अलग भएको थियो । संविधान घोषणापछि संशोधनलाई मुख्य मुद्दा बनाएर आन्दोलनमा रहेका दलहरु मधेस आन्दोलनलाई अझ सशक्त बनाउने भन्दै मधेस केन्द्रित ६ वटा दल मिलेर राष्ट्रिय जनता पार्टीको स्थापना गरे । राजपाको स्थापनापछि मधेस केन्द्रित दलहरु अलग धारमा देखिएका छन् । 

मधेसमा आन्दोलन सुरुवातबाट नै मोर्चाको नेतृत्व गर्दै आएको संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई राजपाले मोर्चाबाट हटाएको घोषणा र मोर्चाको संयोजक आफू नै भएको यादवको जिकिरपछि मधेसवादी मोर्चाको औचित्य सकिएको हो । 

सरकारले स्थानीय चुनावको मिति घोषणा गरेपछि मधेसी दलहरु एक ठाउँमा उभिने प्रयास गरेका थिए । तर सरकारले प्रदेश नं. १, २, ५ र ७ मा जेठ ३१ गते चुनाव गर्ने प्रस्ताव गरेपछि साम्य बनेका उनीहरु जेठ ३१ मा पनि सहमतिमा आउन सकेनन् । सरकारले दोस्रो पटक चुनाव सार्दै असार १४ गतेलाई गर्ने निर्णय गर्यो । तर पनि राजपा सहमतिमा आएन । फेरि सरकारले राजपालाई चुनावमा सहभागी गराउने भन्दै २ नम्बर प्रदेशमा असोज २ गते चुनाव गर्ने निर्णय गरेको छ । सरकारको यो निर्णयले मधेसी दलहरुलाई फेरि एकपटक भिन्न कित्तामा उभ्याएको छ । राजपा भने सरकारले आफूहरुको मागअनुसार चुनाव सारेको होइन भन्दै संविधान संशोधनकै अड्डी कसेर बसेको छ । 

राजपा बाहेकका अन्य मधेसवादी दलहरु चुनावमा सहभागी भएरै आन्दोलन गर्ने निर्णय गरेको अबस्थामा राजपा आन्दोलनमा गएर चुनाव प्रभावित पार्ने योजनामा छ । चुनाव बहिष्कार गरेर आन्दोलनमा जाने घोषणा गरेको राष्ट्रिय जनता पार्टीको निर्णय स्थानीय स्तरका नेता कार्यक्रतालाई चित्त नबुझेको कुरा उम्मेदवार मनोनयनका क्रममा तराईका विभिन्न स्थानीय तहमा स्वतन्त्ररुपमा उम्मेदवारी दिएको कुराबाट स्पष्ट भएको छ । 

उम्मेदवार मनोयनलाई प्रभावित पार्ने योजनाका साथ राजपाले असार ४ गते तराई मधेस बन्दको आह्वान गरेको थियो । तर बन्दको प्रवाह नगरी उल्लासका साथ दलहरु उम्मेदवार मनोनयन प्रकृयामा सहभागी हुनु र राजपा केन्द्रित नेता तथा कार्यक्रताहरु उम्मेदवार मनोनयन प्रकृयामा सहभागी हुनुले चुनाव प्रभावित गराउने राजपाको योजनामा तराई मधेसकै बासिन्दाको कत्तिको साथ रहेछ भन्ने प्रष्ट भएको छ । 

गाउँस्तरसम्म सिंहदरवारको अधिकार पुर्याउने योजनासहित हुन लागेको स्थानीय चुनावलाई लिएर नागरिक के चाहन्छन् त्यो नबुझिकनै केन्द्रमा बसेर पार्टीका सिमित ब्यक्तिले गरेको निर्णय तल्लोतहका नेता तथा कार्यक्रतालाई चित्त नबुझरै उनीहरु स्वतन्त्र रुपमा चुनावमा भाग लिने निर्णयमा पुगेको हुनुपर्छ । 

निर्वाचन नै वास्तविक जनादेश हुने भएकाले हरेक राजनीतिक दलहरु आफ्ना एजेण्डाका साथ चुनावमा जानुपर्छ । दलहरुले बोकेका एजेण्डामा नागरिकको साथ रहेको नरहेको चुनावले नै निर्धारण गर्दछ । लोकतान्त्रिक अभ्यास गरिरहेका हरेक मुलुकमा चल्दै आएको चलन पनि यहि नै हो, र उपयुक्त व्यवस्था पनि । 

संविधानमा भएका हरेक कुरा अपरिवर्तनीय कदापि होइन । देशको आवश्यकतालाई हेरेर समयक्रममा हरेक कुरा परिवर्तन हुन सक्छन् । नागरिकको मत जितेर आफ्नो एजेण्डा स्थापित गराउने की नागरिकको अघि पर्नै डराउने ? 

हरेक पार्टी नागरिककै लागि काम गर्छन्, नेता कार्यकर्ता नागरिककै लागि अहोरात्र खटिन्छन्, देशको सम्बृद्धिको सपना सबैको साझा हो । हरेकले नयाँ र सम्बृद्ध नेपालका लागि राजनीति परिवर्तनको आश गरेका छन् । कतिसम्म भने कार्यकारी पदमै पुगिसकेका नेता पनि देशमा एउटा इमान्दार र काम गर्न सक्ने नेताको अभाव रहेको भन्दै सार्वजनिक अभिव्यक्ति दिन्छन् । यस्तोमा नागरिकको मन र मत जितेर काम गर्न पाउने अवसरबाट दलहरु किन पन्छिन खोज्दै छन् ? 

समयक्रममा कति पहिले सहि लागेका कुरा गलत लाग्न थाल्छन्, कति पहिले गलत लागेका कुरा सहि लाग्न थाल्छन् । कारण जेसुकै भए पनि पहिले सामाजिक, राजनीतिक रुपमा हेपिएर रहन बाध्य भएकाका लागि नयाँ संविधानले सम्बोधन गरेको छ । प्रत्येकको सम्बृद्धिको सपनालाई साकार बनाउन राज्यले आवश्यक पहल त हरेक समय गर्ने नै छ । त्यसैका लागि पनि आफ्ना हक अधिकारको आवाज सडक तताएर घाँटी सुकाएर चर्काइरहनुभन्दा आफ्ना लागि आफै अधिकार स्थापित गराउने स्थानमा पुग्न चुनावबाट कुनै दल पनि भाग्नु हुँदैन । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • संविधान बनाउँदाको अनुभव : धारा पारित गर्दा पानी पनि खाइन

    लामो छलफल र संवादपछि घोषणा भएको नेपालको संविधान, ७० वर्षदेखिको नागरिकको चाहना र भावना पूरा भएको त्यो क्षण मलाई झल्झल्ली याद आउँछ । निकै गर्व लाग्छ त्यो क्षण सम्झँदा पनि । संविधान घोषणा नहुन्जेलसम्म संविधान घोषणा नगर्न धरै ठाउँबाट दबाब आयो ।

  • तेस्रो चरणको चुनावपछिको संकेत

    काठमाडौं, असोज २ – २ नम्बर प्रदेशका आठ जिल्लामा स्थानीय तहको तेस्रो चरणको चुनावसँगै संविधान कार्यान्वयन र राजनीतिक कार्यदिशाको बाटो थप फराकिलो बन्दैछ । राजपाको सहभागिता नै तेस्रो चरणको चुनावको सबैभन्दा महत्वपूर्ण पक्ष हो ।

  • जसले आफ्नै बलबुतामा संविधानको उल्था गरे !

    झन्डै डेढवर्ष अघि एकदिन मित्र एकराज चौधरीले कुरा चुहाउनु भयो, 'मैले नेपालको संविधान थारु भाषामा उल्था गर्ने विचार गरे।' एकजना रेडियोकर्मी जसलाई म जहिले भेट्थे बिहानदेखि बेलुकासम्म रेडियो स्टेशनमै व्यस्त रहेको पाउँथे । त्यसैले मैले चौधरीको कुरालाई गम्भीरतापूर्वक लिइन ।

  • महिला हिंसा कम गर्ने अभियानमा लागेका पुरुष

    सेतो कुर्ता र धोती । काँधमा सेतै गम्छा । निधारमा ठाडो रातो टीका । टाउकोमा लामो टुप्पी, शिखा पारिएको । सिरहाको मझौराका गोविन्द यादव । देख्दा लागेको थियो, यी व्यक्ति गाउँको पूजारी वा धार्मिक अगुवा हुनुपर्छ । वा धर्म तथा परम्पराको नाममा बाँधिएको पात्र ।

  • दुर्घटनामा मृतकको नाम फरक परेपछि ...

    गाडी दुर्घटना कतै नहोस्, कहिले नहोस् । अप्रिय समाचार कहिले लेख्न नपरोस् । तर, यस्तो कामना गरेर मात्र नहुने । बेलाबेला दुर्घटना भइ नै रहेको हुन्छ । दुर्घटनापछि सामाचार त दिनै पर्‍यो । यो त पेशागत धर्म हो ।

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया