MENU

मनोरञ्जन

Ncell Axiata
sagun

दर्शकलाई भेडा देख्ने प्रियङ्काको दृष्टिदोष की प्रेमको मात ?

काठमाडौं, असार ८ – दर्शकले मन पराउने नायिका मध्येकी एक हुन् प्रियङ्का कार्की । उनीप्रति दर्शकले शुभेच्छा र माया अत्याधिक देखाएका पनि छन् । यही कारण पनि उनी छोटो समयमै नेपालकी नम्बर वान नायिका पनि बनिन् ।

पछिल्लो समयमा भने तिनै दर्शकको चित्त दुख्ने गरी एउटा शब्द प्रयोग गरेकी छिन् त्यो हो भेडा । नायक आयुस्मान देशराज जोशी सँगको प्रेमको बचाउ गर्दै आफ्नो बारेमा बोल्ने र लेख्नेहरुलाई भेडा भनेकी हुन् ।  

विशेष गरी युट्युबका अन्तर्वाताहरुमा जथाभावि कमेन्ट लेखेको भन्दै उनले कमेन्ट गर्नेहरुलाई केही नबुझ्ने भेडाहरु भनेकी छिन् । उनले अन्तवार्तामा आक्रोशित हुँदै भनेकी छिन् ‘जति सम्झाए पनि कुरै नबुझ्ने भेडा जस्तै व्यवहार देखाउँछन् ।’ नायिका प्रियङ्काको भनाईलाई मान्ने हो भने आमदर्शक के भेडा हो ? अघिपछि  दर्शकहरु लाई भगवान मान्नेले किन भेडाको संज्ञा दिइन कतै प्रेमको आवेग र उन्माद त हैन ? आफ्नो प्रेम र चुम्बन काण्डलाई चोख्याउन ।

भेडाको अर्थ के हो ? यो कुरा उनले सम्भवत बुझेकै हुनुपर्छ । किनकी उनी आफू पढेलेखेकी र संस्कारी केटी पनि हो भनेर बताउँदै आएकी छिन् । अन्र्तवार्ताकै क्रममा आफ्नो प्रेम र चुम्बनको विषयमा समाचार बनाएर पत्रकारले पैसा कमाएको भन्ने गम्भिर आरोप समेत लगाउन भ्याएकी छिन् ।  

सार्र्वजनिक समारोहमा प्रियङ्काको हरकतलाई शालिन ढंगले समाचार बनाउने पत्रकारलाई प्रियङ्काले लगाएको यो गम्भीर आरोप भोलीका दिनमा महंगो सावित हुन सक्छ । के नेपालका पत्रकारहरुले प्रियङ्का कार्कीको चुम्वन बेचेर घरपरिवार र जीविकोपार्जन गरेका छन् ? यो कुरा प्रियङ्काले स्पष्ट पार्न जरुरी छ । 

प्रियङ्कालाई प्रियङ्का बनाउने नेपाली दर्शक हुन् । आफ्नो चुलिँदो चर्चाको घमण्ड प्रियङ्कालाई चढेको हो भने यहि अभिब्यक्ति उनको ओरालो लाग्ने कारण नबन्ला भन्न सकिन्न । ब्यक्तिको जति चर्चा र उचाई बढदै जान्छ त्यति संयम हुदै जानु पर्छ । तर त्यसको विपरीत उत्तेजित हुँदै जाने हो भने रातारात स्खलित हुनुपर्छ भन्ने प्रियङ्का जस्तो नायिकालाई हामीले भन्नु नपर्ने हो ।

नेताका लागि जनता जनार्दन अभिनेताका लागि भगवान हुन भने जस्ले अपार माया र सम्मान दिए उसैलाई अपमान गर्ने  प्रियङ्काका शब्दमा बेलैमा लगाम लागेन भने ब्यवसायिक जीवनमा राम राम भन्ने मात्र पाउने छिन काँध थाप्ने त  आयुस्मान  मात्र पो हुन्छन कि ? हामीले चिन्ता गरेर मात्र के होला ? आगे प्रियङ्काको मर्जी । 

उज्यालो र forseenetwork.com को सहकार्य

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ​नेपाल आइडलका सुजाता र सागर सहित युएईमा बृहत्त सांस्कृतिक साँझ

    मंसिर ७ – युएईको आबुधाबीमा नेपाल आइडलका प्रतिस्पर्धी सुजाता पाण्डे र सागर आलेले प्रस्तुती दिने भएका छन । नेपाल मगर संघ युएई शाखाले अयोजना गरेको बृहत्त सांस्कृतिक साँझमा उनीहरुले आफ्नो प्रस्तुती दिने भएका हुन् ।

  • जब बलरामले ‘उडाए’ साथीको गलफ्रेन्ड

    काठमाडौं, मंसिर ७ – आफ्नी पे्रमिकालाई जब कसैले भगाउँछ, कस्तो होला त्यो प्रेमीको मन । हामी सहजै अनुमान लाउन सक्छौं । यस्तै भएको छ, टीका बोम्जनको स्वर र संगीत तथा पवन वाङ लामाको ऐरेन्जमा बनेको गीतको म्युजिक भिडियोमा ।

  • जोे पारिश्रमिकका कारण चर्चामा आए

    अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह पहिलो पटक आर्यन सिग्देलसँग सिनेमा ‘कायरा’ मार्फत सँगै देखिन थालेकी छिन् । आफैले निर्माण गर्न लागेको ‘कायरा’मा आर्यनले साम्राज्ञीलाई लिएका हुन् ।

  • गायक धिरज राईको नयाँ एल्बम ‘लभ बल्याड’ बजारमा

    काठमाडौं, मंसिर ४ – नेपालका माइकल ज्याक्सन भन्ने गरिएका गायक धिरज राईले सोह्रौ एल्बम लब बल्याड सार्वजनिक गर्नुभएको छ ।

  • कलाकारको राजनीति मोह, को कुन पार्टीमा ?

    काठमाडौं, मंसिर ४ –पछिल्लो समयमा धेरैजसो कलाकारहरु कुनै न कुनै पार्टीमा आवद्ध छन् । तर पार्टी प्रवेशपछि केही कलाकारहरुको सक्रियताले निरन्तरता पाएको छ भने केही प्रवेशसँगै राजनीतिबाट गुमनाम हुने गरेका छन् ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया