MENU

मनोरञ्जन

Ncell Axiata

ब्राड पिटलाई बिर्सन सकिनन् एन्जेलिनाले

असार ८ – एन्जेलिना जोली र ब्राड पिटको सम्बन्धको अन्त्य होला, तर जोलीले ब्राड पिटलाई बिर्सन नसक्ने बताएकी छन् । जोलीले आफूले पिटसँग अफ्रिकामा बिताएका क्षण भुल्न नसक्ने बताउँदै आएकी छन् । ४२ वर्षीया अभिनेत्री जोलीले आफ्ना ६ बच्चाहरुलाई अफ्रिका घुमाउन लगेकी छन् । उनी छोरी जहाराको जन्मदिन मनाउनका लागि अफ्रिका गएकी हुन् । छोरी सिलोह नामिबियामा जन्मेकै कारण जोली घर फर्कनुभन्दा पहिले नामिबियामै रोकिन चाहेकी छन् । 

‘बच्चाहरु घुम्न नै बढी मन पराउँछन र अफ्रिका भनेपछि हुरुक्कै हुन्छन्’ जोलीले समाचार संस्थाहरुलाई भनेकी छन् । बच्चाहरु अफ्रिका गएपछि ब्राड पिट फादर्स डेका दिन एक्लै भएको बताइएको छ । 

तर समाचार स्रोतका अनुसार ब्राड पिट र एन्जेलिना जोलीले गोप्य रुपमा आफूहरुको पारपाचुकेको बारेमा कुरा गरेको बताइएको छ । आफ्ना ६ छोराछोरीलाई कहाँ हुर्काउने भन्ने कुरामा उनीहरुको कुरा भएको हो । जोलीले आफ्ना बच्चाहरुलाई लस एञ्जलसमा बच्चाहरुको भविष्य राम्रो नहुने हो कि भन्ने कुराले चिन्तित बनेकी छन् । ब्राड पिटले छोराछोरीहरु संसारभर घुमिरहनुभन्दा पनि घरमै बसुन् भन्ने चाहन्छन् । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया