MENU

विचार/अनुभूति

ujyaalo forign call inside

एसइई पछिको सजिलो बाटो, उच्च शिक्षा छनोटका ७ आधार

दीपकराज जोशी -

एसइई पछिका दुई वर्ष अर्थात ११ र १२ कक्षाको पढाई विद्यार्थीका लागि धेरै महत्वपूर्ण तह र अवधि हो । यसले विद्यार्थीको भावी अध्ययनको मार्गदर्शन मात्र गर्दैन उनीहरुको भावी पेशा र क्षेत्र र करियरको निक्र्योल पनि गर्छ ।

विज्ञान, ब्यवस्थापन, मानविकी, शिक्षा लगायत कुन संकाय पढ्ने मात्र होइन संकाय भित्र पनि कुन कुन विषय पढ्ने र आफ्नो करियर बनाउने भन्ने टुंगो लगाउने तह हो उच्चमावि अर्थात प्लस टू तह । 

यसपटक एसइइको नतिजा आएपछि लाखौ विद्यार्थी यहि नयाँ तह प्रवेशको संघारमा छन् । कहाँ पढ्ने के पढ्ने उत्तम शैक्षिक संस्था कसरि छान्ने लगायतको धपेडी विद्यार्थीलाई मात्र होइन उनीहरुका आफन्तलाई पनि उत्तिकै छ । यस्तो बेलामा ११ कक्षा भर्ना हुनका लागि राम्रा उच्चमावि कसरी छान्न सकिन्छ भन्नेबारे केही आधारबारे यहाँ चर्चा गरिएको छ ।

१. शैक्षिक वातावरण 

शैक्षिक सस्थाको वातावरण सवैभन्दा महत्वपूर्ण कुरा हो । शैक्षिक सस्थामा अध्ययन गर्ने कस्तो वातावरण छ ? शिक्षक कस्ता छन् र शिक्षण विधी कस्तो छ ? यो धेरै महत्वपुर्ण कुरा हो । कक्षाकोठा र अरु भौतिक पुर्वाधारको पनि महत्व नहुने होइन तर शैक्षिक वातावरण सवैभन्दा ठूलो कुरा हो । शिक्षकले पढाएको विद्यार्थीले बुझेनन भने त्यो सिकाइ सिकाइ नै हुदैन त्यसैले यो कुरामा सतर्कतापुर्वक ध्यान दिनुपर्छ । शैक्षिक संस्थामा लगानीकर्ता स्वयम – शिक्षक, व्यवस्थापक, नेतृत्व छन भने त्यहाँ विद्यार्थी केन्दि«त समय सापेक्षित शिक्षा प्रदान हुने संभावना धेरै हुन्छ । तर कमाउनका लागि मात्र लगानी गरिएको छ र लगानीकर्ताले शिक्षाको महत्व बुझेको छैन भने त्यहाँ सिकाइ कम कमाइ ज्यादाको मानसिकता रहन्छ नै । 

२. परामर्श र उत्प्रेरणा

सिकाइका नयाँ नयाँ अवधारणा आइरहेका छन् । गुरुकुल अवधिमा जस्तो घुँडा धसेर वा सुत्र र श्लोक घोकेर मात्र अवको सिकाइ सम्भव हुँदैन । पाठ्यक्रममा तोकिएका रकक्षाकोठामा शिक्षकले सिकाउने कुराको महत्व त हुन्छ नै संगै ती कुरालाई कसरि ब्यवहारिक र बदलिंदो परिवेश अनुसार बजारमा माग हुने खालको अर्थात आफ्नो करियरलाई सहयोग गर्ने खालको बनाउन सकिन्छ भन्ने कुरालाई पनि ध्यान दिनुपर्छ । यसका लागि विद्यार्थीलाई कुटेर, घोक्न लगाएर वा कक्षाबाट रेस्टिकेट गरेर होइन मोटिभेसन गरेर बुझाएर र सम्झाएर पढाउन आवश्यक हुन्छ ।

शहरका धेरै कलेजमा अनुशासन कायम गर्ने नाममा डिसिप्लेनरी इन्चार्ज लगाएर विद्यार्थीलाई तर्साउने, धम्काउने, शारिरिक तथा मानसिक रुपमा दण्ड दिने काम भइराखेको छ । तसर्थ भयरहित व्यवस्थापक, प्रशासक तथा शिक्षकले नै परामर्श र उत्प्रेरणाको मद्दतबाट विद्यार्थीको मनोभावनालाई बुझेर अगाडी बढ्ने ठाउँ नै उपयुक्त हुन्छ ।

३. अनुभवी र अद्यावधिक फ्याकल्टी मेम्बर  

सम्बन्धीत विषयमा अनुभव र विज्ञता मात्र होइन त्यसलाई समयसापेक्ष भएर कक्षामा स्वस्थ तथा उत्सुक वातावरण सिर्जना गरेर पढाउन सक्ने शिक्षकहरु छन् कि छैनन् यो अर्को महत्वपुर्ण कुरा हो । शिक्षकहरु पढाइमा अब्बल त हुनुपर्छ नै संगै सिकाउने विशेष क्षमता पनि भएका हुनैपर्छ । अघि पनि भनियो कि कक्षामा ४०÷४५ मिनेट भट्याउनु वा अर्को युनिट पल्टाउनु मात्र पढाउनु होइन । हुँदै होइन । तपाइले सम्बन्धित कलेज यस्तो छ कि छैन जानकारी लिनै पर्छ।

४. कुसल नेतृत्व तथा चुस्तदुरुस्त व्यवस्थापक 

समय फेरिसक्यो । अब पढेर मात्र वा मार्कसिट र प्रमाणपत्र मात्र बोकेर पुग्दैन । त्यससंगै तपाइले सम्बन्धित विषयको कार्यक्षमता र कुसलता कति हासिल गर्नुभएको छ भन्ने कुरा मुख्य हुन्छ । तपाइलाई कुसल अभिभावक र शिक्षकले मात्र यो कुरा सिकाउन सक्छन् । ब्यवस्थापनका सिद्धान्त पढ्दै गर्दा सम्बन्धित कलेजले नै त्यसको ब्यवहारिक नमूना पनि पेश गर्न सक्नुपर्छ । योजना तथा परिकल्पना लाई समेटेर अगाडि बढ्ने फराकिलो सोच भएको नेतृत्व संगसंगै नेतृत्व योजना, कार्यक्रम र परिकल्पनालाई सहि ढंगले बुझेर कार्यान्वयनगर्न सक्ने व्यवस्थापक भएको शैक्षिक संस्था खोज्नुपर्छ । अलि गाह्रो पक्कै होला तर यस्ता कलेज नपाइने भन्ने छँदै छैन । 

५. नतिजा

नतिजा पनि कलेज छान्ने अर्को महत्वपूर्ण कुरा हो । सम्बन्धित कलेजबाट कति विद्यार्थीले कस्तो स्थानमा उत्तिर्ण गरे भन्ने कुराले धेरै कुराको उदाहरण दिन्छ । पछिल्ला केही वर्षका नतिजा हेर्नु बढी सान्दर्भिक हुन्छ । वर्षौ पुराना इतिहासको ठुलो अर्थ हुँदैन । शैक्षिकका साथै अरु विभिन्न क्षेत्रमा पनि विद्यार्थीले कस्तो नतिजा ल्याइरहेका छन् भन्ने मूल्यांकन गर्नुपर्छ । 

६. विद्यार्थी तथा अभिभावकको भोगाई 

छरछिमेकी तथा सम्र्पकमा रहेका कुनै विद्यार्थीबाट सम्बन्धित कलेजबारेको जानकारी लिनु एकदमै प्रभावकारी हुन्छ । विद्यार्थी तथा अभिभावकले सम्बन्धित कलेजलाई कसरि अनुभव गरे भन्ने कुरा कलेज आफैले गर्ने आकर्षक विज्ञापनभन्दा कता हो कता उपयोगी र प्रभावकारी हुन्छ । 

७. अतिरिक्त क्रियाकलाप र ब्यक्तिगत हेरचाह 

प्रत्येक विद्यार्थीसंग केहि न केहि क्षमता हुन्छ नै । असल शैक्षिक संस्था ती हुन जसले पढाउने नाममा किताव घोकाउँदैनन मात्र । अरु क्षेत्रमा अघि बढ्नपनि सघाउँछन् । खेल, गीतसंगित, चित्रकला, लगायतका क्षेत्रमा पनि अब्बल बनाउन सकिने विद्यार्थीलाई पढाइको मात्र बोझ बोकाउन हुँदैन । पढाइले उसलाई आफ्नो क्षमता भएको क्षेत्रमा अब्बल बनाउन सिकाउनुपर्छ । पढ्नु भनेको तह उत्तिर्ण गर्नुमात्र होइन । यो बास्तविकता आत्मसाथ गरेका कलेज छनोट गर्नु वुद्धिमानी हो ।

होस पुर्याउँ आफू वा आफ्ना सन्तानको उच्च शिक्षालाई समाजमा फुर्ति देखाउने, पैसाको तुजुक देखाउने वा अरु कुनै कुराका लागि उपयोग गर्नुहुँदैन । आकर्षक विज्ञापनको लहैलहैमा लागेर वा अग्ला र ठूला घर मात्र हेरेर शैक्षिक संस्था छान्नुभयो भने पछुताउनुबाहेक तपाइसँग अर्को विकल्प हुँदैन । किनकी समय त घर्किसकेको हुन्छ । 


(लेखक ब्लु बर्ड कलेज कुमारीपाटी, ललितपुरका सहप्राचार्य हुन् ।)

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

  • सरकारका सय दिन : कुरा ठूला, खुट्टा लुला !

    कम्तीमा पनि सरकारले बितेका सय दिनमा सडकका खाल्डाखुल्डी पुर्न सक्थ्यो । काम भैरहेका ठाउँमा धुलो कम गर्न ठेकदारलाई बाध्य पार्न सक्थ्यो । काठमाडौंबाट नागढुंगा पुुग्ने, हेटौडा जाने जस्ता सयौं असजिला सडकलाई गिटी हालेर वा माटो पेलेर सहज बनाउन सक्थ्यो ।

  • ​कोरियामा धन देखेर मन हराएकाहरु

    हिजोआज दक्षिण कोरियामा रहेका नेपालीमाझ सामाजिक सञ्जालमार्फत नेपालीले नेपालीमाथि गरेको अमानवीय दुव्र्यवहारको चर्चा एकाएक चुलिएको छ ।

  • मुख्यमन्त्री शेरधन राईलाई खुल्ला पत्र

    सबैलाई एकजुट बनाउनुस् जनता छन् जागेका, हेर्न मन छ मिक्लाजुङ चढ्न पर्यटक ताँती लागेका । सुनसरीमा खेती सनपाट र केराको, खान पाइयोस् चामल डिहिटार र सेराको । लेगुवाका माछा गुद्रीमा बिकुन्, प्रदेश हाम्रो हेरी अरुले सिकुन् ।

  • ​कम्युनिष्ट मन्त्रीको सम्पत्तिमा दम्पती विवरण !

    हुन त उनी दाइजोका कट्टर विरोधी हुन् । बिहे पनि जनवादी ढंगले भएको हो । प्रगतिशील मान्छेको जनवादी बिहेमा दाइजो आउने कुरा भएन । तर बिहेको दिन नआएर के भयो ! श्रीमतीकै बाआमाले दाइजो दिनुपर्छ भन्ने के छ ? यो त परम्परावादी सोच भयो ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया