MENU

बातावरण-कृषि

Ncell Axiata
USAID

सरकारी रकमको दुरुपयोग : ९ किलोको बोकाको कानमा १८ किलोको ट्याग !

दिपक भट्ट/उज्यालो ।

रामेछाप, असार ९ – जिल्ला पशु सेवा कार्यालय रामेछापले सरकारी अनुदानको रकम दुरुपयोग गरेको छ । सरकारी नियमअनुसार व्यावसायिक वाख्रापालक कृषकले १६ देखि १८ किलो तौलको बोका अनिवार्य खरिद गरी कार्यालयमा पेश गर्नु पर्ने र त्यही आधारमा प्रति कृषक १५ हजार रुपैयाँ नगद भुक्तानी गर्ने निर्णय भएको थियो । 

पकरवासका एक जना कृषकले कार्यालयमा ल्याएको झण्डै ९ किलो तौलको बोकालाई कार्यालयले १८ किलो भएको प्रमाणित गर्दै बोकाको कानमा ट्याक लगाइदिएपछि यस्तो अनियमितताको खुलासा भएको हो ।  

रामेछापका पूर्व सभाषद एवं माओवादी केन्द्रका नेता तारानारायण श्रेष्ठका अनुसार गएको वर्ष बोका खरिदका नाममा कार्यालयले लाखौँ कमिसन खाएर सर्वत्र वदनामी कमाएपछि यस वर्ष कृषकको नाममा रकम बैंकमा जम्मा गर्ने निर्णय भएको थियो । तर त्यसका लागि सबैले कार्यालयमा बोका अनिवार्य उपस्थित गराउनै पर्ने र तौलका आधारमा ट्याक लगाइदिने सहमति भएको थियो ।

कार्यालयले निर्णय गरेको मसि सुक्न नपाउँदै विभेदपूर्ण तरिकारले बोका वितरण गरेको आरोप पनि लागेको छ । नेता श्रेष्ठले भन्नुभयो, ‘निर्णयको अवज्ञा गर्दै कार्यालयका कर्मचारीहरुले मनपरेको मान्छेलाई मापदण्ड विपरित गएर बोकाको कानमा ट्याक लगाउने काम गैर जिम्मेवारपनको पराकाष्ठ हो ।’ 

युवा लक्षित कार्यक्रम अन्र्तगत वितरण गरिएका बोका लगायत सबै पशु तथा अन्य शीर्षकमा आएको रकमलाई सहि रुपमा खर्च गराउनका लागि कार्यालयको अभियान हुनु पर्ने हो । तर कार्यालयले फेरि पनि गलत काम गरेको छ ।  

युवालाई व्यवसाय मार्फत आर्थिक तथा सामाजिक रुपमा सशक्त बनाउने लक्ष्यका साथ सरकारले ल्याएको अन्य शीर्षकमा पनि विगतमा जस्तै कमजोरी देखा परेका छन् । जस अन्र्तगत कतिपय कृषकहरुले कर्मचारी सँगको मिलेमतोमा घरमा बाख्रा र वंगुरै नभईकन अनुदान समेत लिएका छन् । यसरी रकमको दुरुपयोग गर्नका लागि पशु विकास कार्यलयका कर्मचारीहरुलेनै कमिसनको प्रस्तावसहित कृषकहरुलाई उकास्ने गरेको जानकारी पनि कृषकहरुलेनै गराएका छन्  । 

जिल्ला पशुसेवा कार्यालय रामेछापले भने कृषकलाई सरकारी अनुदानको बोका वितरणमा कुनै पनि अनियमितता नगरेको दावी गरेको छ । जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा. नारायणप्रसाद शर्माले भन्नुभयो, ‘बोका किन्ने अधिकार हामीले किसानलाई नै दिएकाले कार्यालयका कर्मचारीहरुले कसिमन खाए वा उसो गरे भन्नु गलत हो ।’

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • बाँदरले बाली नष्ट गरेपछि किसान चिन्तित

    तेह्रथुम, साउन ७ – खेतबारीमा पाक्न लागेको बाली बाँदरले नष्ट गर्न थालेपछि तेह्रथुमको छथर गाउँपालिकाका किसान चिन्तित बनेका छन् । गाउँपालिकाको फाक्चामारा, हमरजुङ, पन्चकन्या लगायत गाउँमा किसानले लगाएको बालीनाली हुलका हुल बाँदर आएर नष्ट गर्ने गरेका छन् ।

  • मनसुन आजदेखि फेरि सक्रिय, देशभर पानी पर्ने

    काठमाडौं, साउन ६ – केही दिनदेखि कमजोर रहेको मनसुन शुक्रबारदेखि सक्रिय हुने मौसमविदले बताएका छन् ।

  • वन जोगाउन योगदान पुर्‍याउने सम्मानित

    दाङ, साउन ५ – जिल्ला वन कार्यालय दाङले वन वाताबरण तथा वन्यजन्तु संरक्षणमा सञ्चार क्षेत्रबाट महत्वपूर्ण भूमिका खेलेको भन्दै सामुदायिक वन समूह, निजी वनकर्मी, पत्रकार लगायतलाई सम्मान तथा पुरस्कृत गरेको छ ।

  • मनसुन कमजोर, केही दिन पानी कम पर्ने

    काठमाडौं, साउन ४ – मनसुन कमजोर हुँदै गएकाले अबको केही दिन पानी कम पर्ने मौसमविदले अनुमान गरेका छन् । मनसुनी न्यूनचापिय रेखा सामान्यभन्दा केही तल झरेकाले दुई तीन दिन कम पानी पर्ने अनुमान गरिएको मौसमविद मिनकुमार अर्यालले बताउनुभयो ।

  • खडेरीमा पनि धानका बाला झुल्छन्, बुद्धि पुर्‍याउनुस्

    यसपाली कतै बेलैमा पानी परेकोले धान रोप्ने काम सकिएकोछ, कतै धमाधम रोपाइँ भैरहेको छ । तर कतै भने खडेरीका कारण अझै पनि धान रोप्ने काम सुरु भएको छैन।

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया