MENU

विचार/अनुभूति

मध्य रातमा आँखै अगाडि पहिरोले लग्यो, कालले लगेन

– ट्रक चालक राजकुमार लामा र सहचालक सानु लामा

बिर्सन खोज्दा पनि मस्तिकमा अझै त्यही पहिरो आउँछ । जहाँ बिहीबार मध्यराति दुईजना प्रहरीले ज्यान गुमाए । दुईजना अझै वेपत्ता छन् । तर मृत्युको मुखबाट हामी उम्कन सफल भएका छौं ।  म ना ५ ख ७८२७ नम्बरको ट्रकको चालक हुँ । उमेर ३६ वर्ष । सहचालक थिए १८ वर्षे सानु लामा । हामी काठमाडौंबाट हेटौंडा जाँदै थियौं । हामी जब मुग्लिन कटेर तीन किलामिटर पुगेका थियौं, माथिबाट ढुंगा खस्न थाल्यो । हाम्रो ट्रकभन्दा अगाडि बस थियो । बस राकियो । हामीले पनि ट्रक राक्यौं । यतिन्जेल बाटो ठप्प भइसकेको थियो । 

बाटो बन्द भएको र बस रोकिएको मौका पारेर यात्रुहरु पसलतिर चाउचाउ, बिस्कुट लगायतका खानेकुरा किन्न गए । मैले पनि सहचालकलाई जाउँ खाजा खान भनेँ । ‘नाईं म जान्न, भोक लागेको छैन । बरु मलाई थकाई लागेको छ, ट्रकमा सुत्छु भन्दै उ सुत्यो ।’  

म पसलमा गएर चाउचाउ किनेर खाँदै थिए । पुलिसको गाडी आएको देखियो । पुलिसको गाडी देखेपछि बाटो खुलेको संकेत पाएर सबै यात्रुहरु हतारिँदै गाडी चढ्न कदुे । यात्रुहरुको अगाडि पुलिसलाइ पहिरोले बगायो । 

सबैको सात्तो जान थाल्यो । एकैछिन अघिको पहिरो काल बनेर पल्टियो । प्रहरीको गाडी पहिरोले बगायो ।  यात्रुहरु चिच्याउँदै गाडी खोज्न थाले । म पनि खोजीमा निस्किए । एकछिनपछि हेर्छु त आफ्नै ट्रक छैन । 

पहिरो तल एउटा बत्ती पिलपिल गर्दै बलेको देखियो । सहचालक करायो । यस्तो घटना आँखै अगाडि देखेपछि सबैतिर खबर गरियो । खबर गरेको डेढ घण्टापछिमात्र सहचालकलाई उद्दार गर्न सकियो ।

सहचालक

चालक दाईले भनेको कुरा ठिक हो । मलाई जाउँ खाजा खान भन्नुभएको थियो । थकाइ लागेकाले म गँइन । ट्रकमा सुते । केही छिनमै निदाएँ । ठूलो ढुंगा आएर ट्रकलाई लगे जस्ताे भएको थियो । त्यसपछि म बेहोस भएँ । मलाई केही थाहा भएन ।

त्यसको एक घण्टा जति पछि होला मेरो होस आएछ । वरपर हेर्छु पहिरो छ । तल त्रिशुली नदी छ । म जोडले चिच्याँए । मेरो आवाज सुनेर मलाई उद्दार गरियो । घटना १ बजेको थियो होला । मेरा उद्दार गर्दा साढे २ भइसकेको थियो । धन्न बाँचियो । अहिले पूरानो मडिकल कलेजमा भरतपुरमा उपचार गराइरहेको छु ।

ट्रक चालक राजकुमार लामा र सहचालक सानु लामाले चितवनका उज्यालो सहकर्मी राधेश्याम अधिकारीसँगको कुराकानीमा आधारित 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • सिन्डिकेट एक्सप्रेस : घोक्राएर खाँद्छ, उफार्दै लान्छ

    सिट मात्र भरिएर हुँदैन, टेक्ने र झुण्डिने ठाउँ समेत नभर्दासम्म गाडीवालाको चित्त बुझ्दैन । नत्र बस साहुको खल्ती भरिँदैन । सुरुमा रित्तै रहेको बस जसरी पनि बसवालाले भर्छ । केही लागेन भने घण्टौं पर्खाउँछ । वर आएर पनि फेरि पहिल्यैकै ठाउँमा फर्काउँछ । बोकेर, उचालेर, झ्याँकुटी पारेर, लोभ्याएर, फकाएर जसरी पनि मान्छे खाँद्छ ।

  • विचरा बोर्डिङका विद्यार्थी : जेलसरी जिन्दगी, व्यवहारिक ज्ञान शून्य

    ९८ प्रतिशत ल्याएर पास गरिरहेको छोरोलाई घर परिवारलगायत व्यवहारिक पक्ष केही पनि थाहा हुँदैन । थाहा होस् पनि कसरी उसलाई परिक्षामा कसरी प्रतिशत बढाउने फर्मुला बाहेक अरु केही सिकाइएन। सबै किताबका फर्मुला कण्ठ बनाइयो तर उसलाई जिन्दगीको फर्मुला कहिल्यै सिकाइएन।

  • संस्कृतभाषा र धर्म–संस्कृति–शिक्षाका बालपाठ्यपुस्तक

    वर्तमान परिस्थितिमा नयाँ पुस्तामा धार्मिक–साँस्कृतिक जागरणको आव¬श्यकता अनुभव गरेर लामो समयदेखि संस्कृत भाषाको र वैदिक हिन्दु धर्म–संस्कृतिको अध्ययन, मनन, आचरण र प्रचार–प्रसारमा संलग्न हुँदै आएको स्वाद्ध्यायशाला¬कुटुम्ब यसतर्फ अग्रसर भैरहेको छ ।

  • भर्ना अभियानको तामझाम : गुणस्तर सुधारमा किन जाँदैन ध्यान ?

    भर्ना अभियान बिगतमा पनि हामीले हेरेकै हौँ । अहिले पनि त्यसलाई निरन्तरता दिन खोजिएको छ । हरेक वर्ष सरकारी निकायबाट तामझाम देखाउने क्रम यो वर्ष पनि चलेकै छ । तर विद्यार्थी सामुदायिक विद्यालयमा किन आएनन् ? कसरी विद्यार्थीलाई आकर्षण गर्ने ?

  • एमाले–माओवादी एकता : मासिने पालो अब कसको ?

    भारतले नमिलाइदिएसम्म एक अर्काका शत्रु रहेका एमाले र माओवादी मिलाप भएर तालमेल गरेर चुनावमा जाँदा कांग्रेस सकियो । यी दुई कम्युनिष्ट जोडिएर एउटै पार्टी बनाउने क्रम चल्दैछ यस बेला ।तर एउटा शक्ति अर्का विरूद्ध प्रयोग भएर क्रमै सँग एक–अर्कालाई मास्ने विदेशी दाउ रोकिएको छैन नेपाली राजनीतिमा ।प्रश्न बाँकी छ, मासिने पालो अब कसको ?

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया