MENU

बातावरण-कृषि

Ncell Axiata
chhaka panja

तरकारी खेतीले आत्मनिर्भर बनायो

डीबी विष्ट/उज्यालो । 

बझाङ, असार १० – केही वर्षअघि छोराछोरी बिरामी हुदाँ चार पाँच सय ऋण निकालेर अस्पताल हिँडेको सम्झना गर्ने थलारा गाउँपालिका पिखेतकी शिवजला थापा अहिले तरकारी खेतीबाट आत्म निर्भर हुनुभएको छ । गाउँमा पहिलो तरकारी व्यवसाय गरेकी उहाँले तरकारी बिक्री गरेर घर खर्च चलाइरहनु भएको छ भने केही सुन पनि जोड्नु भएको छ । ‘श्रीमान दोस्रो विवाह गरेर भारत हिँडेपछि मलाई घरमा एक छोरा र दुई छोरी पाल्नुका साथै घर खर्च चलाउन साह्रै मुश्किल थियो’ घर छेउको बारीमा भेटीएकी शिवजलाले भन्नुभयो ‘अहिले तरकारी खेती मेरो जागिर जस्तै भएको छ ।’ 

एकसय भन्दा बढी घरधुरी रहेको पिखेत गाउँमा विवाह, पूजा आजा अन्य काम परेमा गाँउले नगद तथा गहुँ धान दिएर तरकारी खरिद गर्ने गरेको उहाँले बताउनुभयो । गाउँ घरमा साग तरकारी त्यसै दिने यहाँको प्रचलन भएकाले सुरुमा शिवजला आफ्नो करेसा बारीमा भएको तरकारी  बिक्री गर्न गाह्रो भएको थियो । तर अहिले भने सजिलो हुँदै गएको छ । 

परम्परागत खेतीपाती भन्दा अलि फरक गरेर व्यावसायिक खेती गर्न सुरु गर्नुभएकी शिवजला गाउँकी अगुवा किसानका रुपमा  परिचित हुनुहुन्छ । शिवजलाले तरकारी खेती गरेर कमाएको देखेपछि अरुपनि तरकारी व्यावसायमा लागेको उहाँका छिमेकी धर्म रोकायाले बताउनुभयो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ​केही दिन मौसममा सुधार नआउने

    काठमाडौं, असोज ५ – काठमाण्डौं उपत्यकासहित देशभरी कै मौसम बिहीबार खुल्ने सम्भावना नभएको मौसमविद्ले बताएका छन् ।

  • मनसुनी गतिविधि र जलवाष्पयुक्त हावाको कमजोरीले गर्मी बढ्यो

    काठमाडौं, भदौ ३१ – मनसुनी गतिविधि कमजोर रहेको र जलवाष्पयुक्त हावाको विकास हुन नसक्दा केही दिनयता मुलुकको तापक्रम एक्कासि वृद्धि भएको छ ।

  • वातावरण संरक्षणमा काम गर्न स्थानीय तहलाई सरकारको निर्देशन

    काठमाडौं, भदौ ३१ – सरकारले सबै स्थानीय तहलाई वातावरणीय संरक्षणमा काम गर्न निर्देशन दिएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले वातावरण संरक्षणका लागि तत्कालीन र दीर्घकालिन रुपमा गर्नुपर्ने काम एवम् प्रदूषण नियन्त्रणका लागि अन्य उपायसम्बन्धी दशबुँदे परिपत्र जारी गर्दै ७ सय ५३ वटै स्थानीय तहलाई पत्राचार गरेको हो ।

  • बाढीले गैँडाका धेरै बच्चा बगाएको अनुमान

    चितवन, भदौ ३० – साउन अन्तिम हप्ता आएको बाढीका कारण चितवन राष्ट्रिय निकुञ्जमा रहेका दुर्लभ वन्यजन्तु एकसिंगे गैँडाका धेरै बच्चा बगाएको अनुमान गरिएको छ । जसका कारण आउँदो वर्ष निकुञ्जमा गैँडा गणना गर्नुपर्ने प्रस्ताव निकुञ्ज कार्यालयले गरेको छ ।

  • ‘दुर्लभ पाटेबाघ हेर्न बर्दिया निकुञ्ज जाऔँ’ (तस्बिरसहित)

    दिउँसो २ बजे निकुञ्जबाट शुरु भएको जंगल सफारीको टोली अपराह्न ४ बजे झण्डै १० किलोमिटर उत्तर बाल्कुने नजिकै पुग्यो । सडक छेउमै १० मिटर पर आराम गर्दै थियो विश्वकै दुर्लभ पाटेबाघ ।

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया