MENU

मनोरञ्जन

Ncell Axiata
sagun

ट्युबलाइटले पहिलो दिन २१ करोड कमायो

काठमाडौं, असार १० – सलमान खानको निर्माण र अभिनय रहेको बहुप्रतिक्षित चलचित्र ट्युबलाइटले पहिलो दिन बक्स अफिसमा सन्तोषजनक कलेक्सन हात पारे पनि अपेक्षा अनुसारको भने कलेक्सन भएन । ट्युबलाइटले पहिलो दिन २१ करोडको ब्यापार गर्‍यो । बाहुबली २ ले पहिलो दिन  ४१ करोडको ब्यापार गरेको थियो । सन् २०१७ रिलिज भएका चलचित्र मध्ये पहिलो दिनमा बढी कमाइ गर्नेमा बाहुबली २ पछि दोस्रो स्थानमा छ । सन् २०१७ मै शाहरुख खानको रइसले २० करोडको ब्यापार गरेको थियो । 

सलमान खानको लागि भने ओपनिङमा बढी पैसा कलेक्सन गर्ने चलचित्रहरुमा सातौँ नम्बरमा पर्‍यो ।  खानका प्रेम रतन धन पायो, सुल्तान, एक था टाइगर, बजरंगी भाइजान र किकको कलेक्सन भन्दा ट्युबलाइट पछि नै रह्यो । 

ट्युबलाइट निर्माण १०० करोड नाघेको थियो । यो चलचित्र भारतका ४३५० र विदेशका १२०० स्क्रिनमा लागेको छ । 
ट्युबलाइटलाई हिट चलचित्रको रुपमा दरिन १३५ करोड भन्दा बढीको ब्यापार गर्नुपर्ने चलचित्र समीक्षकहरु बताउँछन् । ट्युबलाइटले वल्र्डवाइड थियट्रिकल राइट १३३ करोडमा बेचेको कारणले पनि चलचित्रले नाफा कमाउने निश्चित छ । 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ​नेपाल आइडलका सुजाता र सागर सहित युएईमा बृहत्त सांस्कृतिक साँझ

    मंसिर ७ – युएईको आबुधाबीमा नेपाल आइडलका प्रतिस्पर्धी सुजाता पाण्डे र सागर आलेले प्रस्तुती दिने भएका छन । नेपाल मगर संघ युएई शाखाले अयोजना गरेको बृहत्त सांस्कृतिक साँझमा उनीहरुले आफ्नो प्रस्तुती दिने भएका हुन् ।

  • जब बलरामले ‘उडाए’ साथीको गलफ्रेन्ड

    काठमाडौं, मंसिर ७ – आफ्नी पे्रमिकालाई जब कसैले भगाउँछ, कस्तो होला त्यो प्रेमीको मन । हामी सहजै अनुमान लाउन सक्छौं । यस्तै भएको छ, टीका बोम्जनको स्वर र संगीत तथा पवन वाङ लामाको ऐरेन्जमा बनेको गीतको म्युजिक भिडियोमा ।

  • जोे पारिश्रमिकका कारण चर्चामा आए

    अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह पहिलो पटक आर्यन सिग्देलसँग सिनेमा ‘कायरा’ मार्फत सँगै देखिन थालेकी छिन् । आफैले निर्माण गर्न लागेको ‘कायरा’मा आर्यनले साम्राज्ञीलाई लिएका हुन् ।

  • गायक धिरज राईको नयाँ एल्बम ‘लभ बल्याड’ बजारमा

    काठमाडौं, मंसिर ४ – नेपालका माइकल ज्याक्सन भन्ने गरिएका गायक धिरज राईले सोह्रौ एल्बम लब बल्याड सार्वजनिक गर्नुभएको छ ।

  • कलाकारको राजनीति मोह, को कुन पार्टीमा ?

    काठमाडौं, मंसिर ४ –पछिल्लो समयमा धेरैजसो कलाकारहरु कुनै न कुनै पार्टीमा आवद्ध छन् । तर पार्टी प्रवेशपछि केही कलाकारहरुको सक्रियताले निरन्तरता पाएको छ भने केही प्रवेशसँगै राजनीतिबाट गुमनाम हुने गरेका छन् ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया