MENU

समाज

ujyaalo forign call inside

पैसा नहुँदा साउदीकाे अस्पतालमा छोरा अलपत्र, बुवा भन्छन् ‘बरफ बेचेर कसरी फर्काउँ ?’

संगिता कर्ण/धनुषा ।

असार १० – छोरो पैसा कमाउन विदेश जाने भनेदेखि नै जुलुम पासवानको मन गह्रौं भएको थियो । परिवारको अवस्था निक्कै नाजुक थियो । एउटा छोरो, परिवारको अवस्था देखेर उहाँले  रोक्न सक्नुभएन । 

धर्मनाथ सन् २०१४ को मार्च २३ मा साउदी अरव जानुभयो । ३५ वर्षका पासवानलाई साउण्ड लाईन रिक्य्रुटमेन्ट म्यानपावरले साउदीको अबदुल्लाह सहिदमा लेबरको काममा ८ सय रियाल हुन्छ भनेको थियो । तर भने अनुसारको तलब नपाएपछि उहाँले नेपालबाट म्यानपावरले पठाएको कम्पनीबाट दुई महिनामै भागेर अन्तै काम गर्न थाल्नुभयो ।

यसले उहाँलाई अहिलेको अवस्थामा ल्याएको छ । भागेर काम गरे पनि त्यो कम्पनीले पनि उहाँलाई तलब दिएन । त्यसपछि त उहाँ न घरको न घाटको भने जस्तै हुनुभयो । पहिलेको कम्पनीबाट भागिसकेको र दोस्रो कम्पनीले पनि तलब नदिएपछि उहाँ कहाँ जाने के गर्ने भनेर भौतारिन थाल्नुभयो ।

कामको तनाव त छँदै थियो साथीहरुले पनि बस्दै गरेको कोठाबाट निकालिदिएपछि उहाँको बास सडकमै भयो । त्यति बेला उहाँ विदेश गएको तीन वर्ष भइसकेको थियो । 

‘चार दिन सडक बस्दा ऊ अचेत भइसकेको थियो रे त्यतिबेला पुलिसले उसलाई अस्पताल पुर्याएका रहेछन्’ बुवा जुलुमले भन्नुभयो । प्रहरीले अस्पताल पुर्याएका धर्मनाथको अस्पतालमा रहेका नेपाली कर्मचारीहरुले चन्दा सङ्कलन गरेर उपचार गरे । त्यो उपचारबाट केही ठिक भएर फर्किएका धर्मनाथ दुर्घटनामा परेपछि भने थलिनुभयो । 

दुर्घटनामा परेका धर्मनाथलाई प्रहरीले फेरि अस्पताल पुर्यायो । उहाँको शल्यक्रिया पनि भएको जानकारी परिवारले पाएको छ । तर उद्दार गरेर घर फर्काउने क्षमता परिवारसँग छैन । किन अस्पतालले धर्मनाथको उपचारको २७ हजार ५ सय रियाल अर्थात ७ लाख २७ हजार रुपैयाँ भन्दा धेरैको बिल निकालेको छ । 

धर्मनाथका बुवा जुलुम परिवार चलाउन बरफ बेच्नुहुन्छ । दिनभरी बरफ बेचेर जम्मा भएको पैसाले परिवारका लागि बिहान बेलुकाको छाक टार्नै मुस्किल छ उहाँलाई । त्यसैले ७ लाख भन्दा धेरै पैसा जम्मा गर्ने कुरा उहाँको कल्पना भन्दा बाहिरको जस्तै भएको छ । 

त्यसैले छोरालाई घर फर्काउने पैसा जम्मा गर्न सक्नुभएको छैन । आफ्नो क्षमताले नसकेपछि जुलुम अहिले सरकार र सहयोगी संघ संस्थाको बाटो हेरिरहनुभएको छ । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया