MENU

बातावरण-कृषि

Ncell Axiata
USAID

५ तस्बिरमा हेर्नुहोस् खोटाङमा ५ दिन अघि नै धान दिवस

खोटाङ, असार १० – खोटाङमा पाँच दिन अगावै राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको छ ।  असार १५ गतेका दिन मनाउने गरिएको दिवस यसपल्ट स्थानीय तहको निर्वाचनका कारण पाँच दिन अगावै मनाइएको कृषि विकास कार्यालय खोटाङका वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद घिमिरेले बताउनुभयो ।  

‘दुई बाली धान खेतीको विस्तार, आर्थिक सम्बृद्धिको आधार’ भन्ने नारासहित रुपाकोट मझुवागढी नगरपालिका-२ सोल्मास्थित खेतमा असारे गीत गाएर हिलोको होली खेल्दै रोपाइँ गरिएको हो ।  

असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा सबै केन्द्रित हुने भएकाले राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवलाई अगाडि नै आयोजना गरिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । सवल परियोजना, प्रयास/हेल्भेटास र जनजागरण मूल कृषक समूहको सहयोगमा कृषि विकास कार्यालयले दिवसको आयोजना गरेको हो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • बाँदरले बाली नष्ट गरेपछि किसान चिन्तित

    तेह्रथुम, साउन ७ – खेतबारीमा पाक्न लागेको बाली बाँदरले नष्ट गर्न थालेपछि तेह्रथुमको छथर गाउँपालिकाका किसान चिन्तित बनेका छन् । गाउँपालिकाको फाक्चामारा, हमरजुङ, पन्चकन्या लगायत गाउँमा किसानले लगाएको बालीनाली हुलका हुल बाँदर आएर नष्ट गर्ने गरेका छन् ।

  • मनसुन आजदेखि फेरि सक्रिय, देशभर पानी पर्ने

    काठमाडौं, साउन ६ – केही दिनदेखि कमजोर रहेको मनसुन शुक्रबारदेखि सक्रिय हुने मौसमविदले बताएका छन् ।

  • वन जोगाउन योगदान पुर्‍याउने सम्मानित

    दाङ, साउन ५ – जिल्ला वन कार्यालय दाङले वन वाताबरण तथा वन्यजन्तु संरक्षणमा सञ्चार क्षेत्रबाट महत्वपूर्ण भूमिका खेलेको भन्दै सामुदायिक वन समूह, निजी वनकर्मी, पत्रकार लगायतलाई सम्मान तथा पुरस्कृत गरेको छ ।

  • मनसुन कमजोर, केही दिन पानी कम पर्ने

    काठमाडौं, साउन ४ – मनसुन कमजोर हुँदै गएकाले अबको केही दिन पानी कम पर्ने मौसमविदले अनुमान गरेका छन् । मनसुनी न्यूनचापिय रेखा सामान्यभन्दा केही तल झरेकाले दुई तीन दिन कम पानी पर्ने अनुमान गरिएको मौसमविद मिनकुमार अर्यालले बताउनुभयो ।

  • खडेरीमा पनि धानका बाला झुल्छन्, बुद्धि पुर्‍याउनुस्

    यसपाली कतै बेलैमा पानी परेकोले धान रोप्ने काम सकिएकोछ, कतै धमाधम रोपाइँ भैरहेको छ । तर कतै भने खडेरीका कारण अझै पनि धान रोप्ने काम सुरु भएको छैन।

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया