MENU

मनोरञ्जन

Ncell Axiata
sagun

भोट माग्ने काइदाः लिम्बुदेखि देउडा गीतसम्म

अर्जुन पोख्रेल/उज्यालो । 

काठमाडौं, असार ११ – 

हजुरबाले भन्नुहुन्छ सूर्यमा भोट हाल्ने ।
हजुरआमा भन्नुहुन्छ, एमाले हो पाल्ने ।।
भोट हाल्न लाहुरबाट आउछु भन्छन दाइले ।
एमालेकै झन्डा बोकी हिँडेको छ भाइले । 
भोट केमा सूर्यमा, भन्छन् आमा बाले ।
सैँ पनि एमाले मै पनि एमाले ।।

बद्री पंगेनी र प्रिया भण्डारीले गाएको यो गीत पहिलो चरणको चुनाव निकै चर्चित भयो । नेपाली भाषामा निकै चर्चित भएपछि यहि गीतलाई भोजपुरी र मैथिली भाषामा पनि गाइएको छ ।

पूर्वमा ६० प्रतिशत भन्दा धेरै ठाउँमा चुनाव जित्ने दाबी गरिरहेको नेकपा एमालेले पूर्वका पहाडी जिल्लामा राई लिम्बु भाषाका गीत बनाएर भोट मागिरहेको छ । पहिलो चरणमा ठेट नेपाली भाषामा लोक दोहोरी गीत मार्फत भोट मागेको एमालेले अहिले देउडा, भोजपुरी, मैथीली लगायत भाषामा  गीत बनाएर चुनावी प्रचारप्रचार संगीतमय बनाएको छ । एमालेलाई मधेस विरोधीको आरोप लागेकोले पनि मैथीली, अवधी र भोजपुरी भाषामा धेरै चुनावी गीत बनाएर प्रचार गरिरहेको छ ।

एमालेले जति भाषाभाषीमा नेपाली कांग्रेसले चुनावी गीत त बनाएको छैन् तर तराईलाई आफ्नो किल्ला नै ठानेको कांग्रेसले पनि केही गीत बनाएको छ । सांस्कृतिक संघका सभापति तिर्थ थापाको संयोजकत्वमा रुख चिन्हमा भोट हाल्न आग्रह गर्दै केही भाषामा गीत निकालेको छ । नेपाली कांग्रेसले बनाएका विभिन्न भाषभाषीमा बनाएका गीतमा प्रजातन्त्र ल्याउन नेपाली कांग्रेसले खेलेको भूमिका, विपीको योगदान लगायतका कुरा मैथीली गीतमा समेटेको छ ।

पहिलो चरणको चुनावमा नेकपा माओवादी केन्द्र निकै कमजोर हुन्छ भन्ने अनुमानविपरित माओवादीले आफू पनि एमाले र कांग्रेससरह बलियो रहेको प्रमाणित गरिदियो । पहिलो चरणको चुनावबाट हौसिएको माओवादीले आफ्नै सरकारका पालामा लोडसेडिङ हटाएको, २५ वर्षयताकै धेरै आर्थिक बृद्धि गरेको, १२ वर्ष यताकै कम मुल्य बृद्धिदर कायम राखेको, राष्ट्रिय गौरवका आयोजनाले गति लिएको जस्ता उपलब्धीलाई समेटेर विभिन्न भाषामा गीत बनाएको छ ।

गणतन्त्र र संघीयताको यात्रामा माओवादीको ठूलो योगदान रहेको दाबीसहित चुनावी प्रचार गरिरहेको माओवादी गीत पनि यतै विषयमा केन्द्रित गरेको छ । नेकपा माओवादी केन्द्रका नेता प्रभु शाहको परिकल्पनामा बनेको यो गीत मार्फत माओवादीले मधेसमा भोट मागिरहेको छ ।

पूर्वमा राईलिम्बु भाषाका गीत बनाएर दलहरुले माहोल तताएका छन् भने, मध्य तराईमा भोजपुरी, मैथीली र अवधी भाषाका गीतले मधेसी मतदाताको भोट तान्ने प्रयास गर्दैछन् । यस्तै लोक र दोहोरी गीत मन पराइने प्रदेश नंबर ५ का जिल्लामा नेपाली लोकभाकामा प्रसस्तै गीत बनाइएको छ ।

सालैजो भाका, ठाडी भाका लगायतका भाका पनि दलहरुले छाडेका छैनन् । दलहरुले दाङ्ग, बाँके, बर्दिया, कैलाली कञ्चनपुरमा रहेका थारु समुदायलाई पनि गीत संगीतले भिजाएर भोट तान्ने गरिएको छ । राष्ट्रिय जनता पार्टीले चुनाव बहिष्कार गरेको मौका छोपेर नेपाल लोकतान्त्रिक फोरमले थारु भाषामा गीत संगीत आफ्नो प्रचारप्रसारलाई तीव्रता दिएको छ । 

देश विकासको लागि नयाँ शक्तिको आवश्यकता ठानेर नयाँ पार्टी खोलेका डा. बावुराम भट्टराईको नयाँ शक्ति पार्टी पहिलो चरणको चुनावमा जम्मा एउटा गाउँपालिका प्रमुख जित्यो ।

‘अबको निकास, आर्थिक विकास’ नारासहित गठन भएको नयाँ शक्तिले आर्थिक विकास लाई नै मुख्य नारा बनाएर गीत संगीतमा लागेको छ । तर नयाँ शक्तिले नयाँ चुनाव चिन्ह पाएन त्यसैलेसंघिय समाजवादी फोरम नेपालसँग चुनावी तालमेल गरेर मसाल चिन्हमा भोट हाल्न आग्रह गर्दै पूर्वदेखि पश्चिमसम्म नयाँ शक्तिले चुनावी प्रचार गरिरहेको छ । नयाँ शक्तिले आफ्नो चुनावी गीतमा पूर्वेली भाकादेखि देउडासम्म अटाएको छ ।

आउँदो बुधबार प्रदेश १, ५ र ७ नंबर प्रदेशका ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमा हुने चुनावको लागि ६० हजार भन्दा धेरै उम्मेद्वार चुनावी मैदानमा उत्रिएका छन् । १५ हजार ३८ जनप्रतिनिधीहरु अन्तिम प्रचार प्रसारमा व्यस्त छन् ।

भोट हाल्ने दिन नजिकिँदै जाँदा गाडीका छत् अनि घरका कौसीमा आफ्ना पार्टीका चुनावी गीत घन्काइरहेका छन् । घन्टौंका भाषणले भन्दा एउता गीतले मतदाताको मन जित्ने भएकाले पनि दलहरुले चुनावी गीतलाई प्रचारको गज्जबको माध्यम बनाएका छन् । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ​नेपाल आइडलका सुजाता र सागर सहित युएईमा बृहत्त सांस्कृतिक साँझ

    मंसिर ७ – युएईको आबुधाबीमा नेपाल आइडलका प्रतिस्पर्धी सुजाता पाण्डे र सागर आलेले प्रस्तुती दिने भएका छन । नेपाल मगर संघ युएई शाखाले अयोजना गरेको बृहत्त सांस्कृतिक साँझमा उनीहरुले आफ्नो प्रस्तुती दिने भएका हुन् ।

  • जब बलरामले ‘उडाए’ साथीको गलफ्रेन्ड

    काठमाडौं, मंसिर ७ – आफ्नी पे्रमिकालाई जब कसैले भगाउँछ, कस्तो होला त्यो प्रेमीको मन । हामी सहजै अनुमान लाउन सक्छौं । यस्तै भएको छ, टीका बोम्जनको स्वर र संगीत तथा पवन वाङ लामाको ऐरेन्जमा बनेको गीतको म्युजिक भिडियोमा ।

  • जोे पारिश्रमिकका कारण चर्चामा आए

    अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह पहिलो पटक आर्यन सिग्देलसँग सिनेमा ‘कायरा’ मार्फत सँगै देखिन थालेकी छिन् । आफैले निर्माण गर्न लागेको ‘कायरा’मा आर्यनले साम्राज्ञीलाई लिएका हुन् ।

  • गायक धिरज राईको नयाँ एल्बम ‘लभ बल्याड’ बजारमा

    काठमाडौं, मंसिर ४ – नेपालका माइकल ज्याक्सन भन्ने गरिएका गायक धिरज राईले सोह्रौ एल्बम लब बल्याड सार्वजनिक गर्नुभएको छ ।

  • कलाकारको राजनीति मोह, को कुन पार्टीमा ?

    काठमाडौं, मंसिर ४ –पछिल्लो समयमा धेरैजसो कलाकारहरु कुनै न कुनै पार्टीमा आवद्ध छन् । तर पार्टी प्रवेशपछि केही कलाकारहरुको सक्रियताले निरन्तरता पाएको छ भने केही प्रवेशसँगै राजनीतिबाट गुमनाम हुने गरेका छन् ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया