MENU

मनोरञ्जन

Ncell Axiata

रोशनको एकल एल्बम ‘वन्ली यू’ विमोचित

भक्तपुर, असार ११ – चौध वर्षको नियमित साधनापछि भक्तपुरका गायक रोशन धौभडेलको पहिलो एकल गीति एल्बम ‘वन्ली यू’ आज सार्वजनिक गरिएको छ ।

भक्तपुरको सिद्धिस्मृति प्रतिष्ठानमा लिब्जु फिल्मस् प्रालिले बजारमा ल्याएको उक्त एल्बमको वरिष्ठ गायक दीप श्रेष्ठ, वरिष्ठ संगीतकार दीपक जंगम र वरिष्ठ गीतकार तथा गायक दीपक खरेल लगायतले एकैसाथ विमोचन गर्नुभएको हो ।

उक्त एल्बममा भएका आठ वटा गीतमध्ये सात वटामा रोशन आफैले संगीत भर्नुभएको छ भने बाँकी एउटामा उहाँले सुनिल मोक्तानसँगको सहकार्य गरेर संगीत भर्नुभएको छ ।

एल्बम विमोचनमा वरिष्ठ गायक दीप श्रेष्ठ, वरिष्ठ संगीतकार दीपक जंगम र वरिष्ठ गीतकार एवं गायक दीपक खरेलले रोशनको स्वर मल्टी डाइमेन्सन (बहुआयामिक) रहेको बताउनुभयो । उहाँहरुले रोशनको आफ्नै मिठासपूर्ण स्वर भएकाले जुनसुकै गीत गाउने क्षमता राख्ने दावी गर्नुभयो ।

एल्बमका गीतकार एवं वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मीले गीत र संगीतका क्षेत्रमा भक्तपुरमा प्रतिभावान व्यक्तित्वहरु भए पनि प्रचारमा आउन नसकेको गुनासो गर्नुभयो । गायक रोशनले आफू भारतीय वरिष्ठ गायक किशोरकुमारबाट धेरै प्रेरित भएको जानकारी दिँदै करिब तीन वर्षको अथक प्रयासपछि एल्बम निकाल्न सफल भएको बताउनुभयो ।

उक्त एल्बममा वरिष्ठ साहित्यकार मधिकर्मीसँगै भक्तपुर तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशी, मगनबाबु श्रेष्ठ, उज्ज्वलकुमार बस्नेत, शिवप्रसाद मुनंकर्मी, तुलसी घेमोसुसँगै गायक रोशनकै गीत रहेको छ ।

त्यस्तै एल्बममा रहेका गीतहरुको एरेन्ज विवेक शाक्य, वासुदेव श्रेष्ठ, जीवित जल्मी, हेम लामा, राजेश हाडा, दीपेश सिंहले गर्नुभएको छ ।

एकसय ४९ रुपैयाँ राखिएको एल्बमको बिक्रीको रकम भक्तपुर नपा ७ स्थित सिद्धि शालिग्राम आदर निकेतनलाई सहयोग गरिने गायक रोशनले जानकारी दिनुभएको छ । कार्यक्रममा गायक रोशनले एल्बमभित्रका दुइटा गीतसमेत गाउनुभएको थियो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया