MENU

मनोरञ्जन

Ncell Axiata

बारुदको गोली बनाउने पहिलो नेपाली कलाकार जुँगे भट्टराई

काठमाडौं, असार ११ – कलाकार उद्धव भट्टराईले आफ्नो पहिचान नै जुँगा बनाए । जुँगा पालेकै कारण उनलाई सबैले जुँगे भट्टराईका नामले चिन्न थाले र सम्बोधन पनि गर्न थाले । नेपाली सिनेमाहरुमा अभिनय गर्दै आएका जुँगेले आठ पटक कानमा बेर्न मिल्ने गरी पनि जुँगा पालेका छन् । अहिले भने उनको जुँगा ५ देखि ६ इन्च मात्रै लामो छ । 

खास कुरा एक पटक उनले जुँगा काटेका थिए । तर पनि उनलाई चिन्ने र देख्नेहरुले जुँगे दाई भनेर बोलाउँदा अनुहारमा जुँगै नभएका कारण अनुहार लुकाएर हिँड्नु परेका कारण फेरि उनले जुँगा पालेका थिए । 

उनको छोटो जुँगाको अर्को चाख लाग्दो कुरा जुँगा मिलाउँदै गर्दा कसैले बोलाई दिएपछि झस्किएर जुँगा काटियो र उनको जुँगा छोटो भयो । 

सामान्य लेखपढ गर्न सक्ने भट्टराई अभिनयका साथ साथै गीत लेखनमा पनि अघि छन् । आफूले २०३२ साल तिर त रेडियो नेपालमा देउडा गीत गाउने गरेको पनि उनले हामीलाई सुनाए । उनले एकताका सिनेमामा कस्ट्युम डिजाइनर भएर पनि काम गरे । जंगलमा गएर पातपतिङगरका लुगा बनाइदिने काम पनि उनले गरेका छन् । 

त्यस्तै उनले सिनेमामा कला निर्देशक, बारुदको गोली बनाएर फायर गर्ने काम अर्थाथ स्पेशल इफेक्टको काम पनि गरे । उनी बारुदको गोली बनाएर फाएर गर्ने आफू पहिलो नेपाली भएको बताउँछन् । उनले यो सिन सिनेमा ‘विजय पराजय’मा २०४५ सालमा गरेका थिए । 

आफूले गरेको यो काममा उनलाई खुशी त दियो तर पारिश्रमिक भने एकदमै कम । उनलाई यसको लागि मात्र ५ सय पारिश्रमिक दिइएको थियो । जबकी विदेशीहरुले त्यहि काम गर्दा ८० हजार रुपैयाँ पारिश्रमिक दिइन्थ्यो । हामीले आज उनीसँग उनका अन्य केही जुङगा प्रसंग र करिअरका बारेमा कुराकानी गर्ने मौका पाएका छौँ । हेर्नुहोस् तलको भिडियोमा ।

उज्यालो र forseenetwork.com को सहकार्य

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया