MENU

मनोरञ्जन

Ncell Axiata
chhaka panja

घर कडा भएकाले लभ गर्न पाइएन : प्रदिप खड्का

ल्यान्डलाइनमा कसैको फोन आउँदा त घरमा तहल्का मचिन्थ्यो

काठमाडौं, असार ११ – अभिनेता प्रदिप खड्का अभिनित सिनेमा ‘प्रेम–गीत २’ साउन १३ गते रिलिज हुँदैछ । उनले आफ्नै प्रोडक्शन हाउसबाट बनेको सिनेमा “स्केप”बाट अभिनयको सुरुवात गरेका हुन् । डेब्यू सिनेमाबाट खासै चर्चा र सफलता नपाएका प्रदीपलाई दोस्रो सिनेमा ‘प्रेमगीत’ले परिचित गरायो । अझ भन्ने हो भने उनी यही सिनेमाबाट रातारात स्टार बनेका हुन् । अहिले ‘प्रेमगीत’को सिक्वेलको प्रमोसनमा हिँडेका प्रदिपले हामीसँग आफनो किशोरावस्थाको अनुभव बाँडेका छन् । 

चकचके भएपनि पढाईमा अब्बल

मेरो जन्म ललितपुरको एकान्तकुनामा भएको हो । मेरो परिवारमा ममी, बाबा, म र बहिनी छौँ । मेरो हजुरबुबा र हजुरआमा भने गाँउमा हुनुहुन्छ । म भने बुवा, ममी र बहिनी सँग बस्छु । सानो परिवारमा भएका कारण हामीबीच सबै कुरा सेयर हुन्छ । ममी र बहिनी भन्दा पनि म बाबासँग नजिक छु । 

सानोमा म एकदमै चकचके थिएँ तर पढाईमा भने राम्रो थिएँ । यही कारण म सबको प्यारो थिएँ । स्कुलमा प्रथम हुने विद्यार्थीलाई कलम कापी दिने चलन थियो । मैले पाइन भनेर घरमा गएर रुन्थेँ । कापीकलम पाउनकै लागि पनि मैले पढाईमा निकै मेहनत गर्ने गर्थेँ । मेहनत गरेपछि त म कक्षामा सधैँ प्रथम हुन थालेँ । एसएलसी पनि राम्ररी पास गरेँ मैले । एसएलसीमा मेरो ८२ प्रतिशत आएको छ । 

एसएलसी दिँदासम्म धरहरा देखेको थिएन

घर र स्कुल नजिक भएका कारण स्कूल बंक गर्ने काम कहिल्यै पनि गरिन । घरमा सबै कडा भएका कारण रिङ्गरोड कटेर आउने सम्भावना नै हुँदैनथ्यो । एसएलसी दिइसक्दा पनि मैले धरहरा देखेको थिइन । सोझो भएकोले पनि घरमा सबैजना साथीको सङ्गतले बिग्रिन्छ कि ! भनेर डराउनुहुन्थ्यो । म कक्षा १० मा होस्टेल बसेँ । मैले जति बदमासी गरेपनि घर, साथी र परिवारको बीचमा नै गरेँ । होस्टेल बस्दा केटाहरु सबै मिलेर कुस्ती खेल्थ्यौँ । लोडसेडिङ्ग भएपछि पढ्न नपर्ने मज्जा बेग्लै हुन्थ्यो । साथीहरुसँगै भएका कारण होस्टेलमा समय बिताउन सहज हुन्थ्यो । प्रायः समय रमाइलो गरी बित्थ्यो । स्कुलमा मेरो ५–६ जना साथीहरु मात्र थिए । 

स्कुल पढ्दा म शाकाहारी थिएँ । खाना खाने बेला साथीहरु मलाई भेज खानाको सट्टा मासु भएको खाना दिन्थे । अनि मेरो भागमा भएको मासु उनीहरु खान्थे । पहिले खाना धेरै रुच्दैनथ्यो । यही कारण पनि म दुब्लो थिएँ । 

माया प्रेम स्वभाविक 

किशोरावस्थामा माया प्रेमतिर आकर्षित हुनु स्वभाविक हो । तर, आमा बाबालाई छोरो प्रेममा पर्ला, के होला ! भन्ने पीर थियो । छोरो प्रेममा नपरोस् भन्ने आमा बुवाको सोच थियो । मलाई सबैले सम्झाउनुहुन्थ्यो । घरको ल्यान्डलाइनमा कसैले फोन ग¥यो भने घरमा दुई–तीन दिनसम्म तहल्का मचिन्थ्यो । घरमा परिवार कडा भएका कारण म घुमफिरबाट टाढै रहँे । साथीहरु कोही मेरो उमेरका थिए भने कोही म भन्दा ठूला थिए । 

गफगाफ भएपनि माया प्रेममा परिन 

म सबैसँग मिल्थेँ । दुई–चार दिन गफगाफ भएपनि कोहीसँग प्रेममा भने परिन । मायामा नपरेकै कारण धोका पनि पाईन (लामो हाँसो) । मेरो साथीहरुको भने त्यस्तो हुन्थ्यो । कसैले हात काटे, विदेश गएका पनि फर्किए । त्यस्तो त धेरै चिजहरु भए । उनीहरुबाट पनि धेरै कुरा सिक्ने मौका पाएँ । म कहिल्यै त्यो अवस्थामा भने परिन । 

मेरो साथीहरु ड्रग्स, चुरोट खाने छन् । उनीहरुसँगै हुँदा केही नखाएपनि छुट्टै पारामा रमाइलो गर्न मन पराउँथे म । अरुका कारणले आफू भने कुलतमा पर्नु हुन्न भन्छु म त । आफ्नो लागि के सही के गलत भन्ने कुरा आफैले छुट्याउन जान्नुपर्छ । यस विषयमा मलाई मेरो परिवारले पनि धेरै कुरा सिकाउनु भएको थियो । घरमा कडा भएपनि यही गर्नुपर्छ, त्यही गर्नुपर्छ भन्ने चाहीँ हुँदैनथ्यो । मैले उपद्रो काम गर्दा कुटाइ र गाली दुवै खाएको छु । राम्रो काम गर्दा सबैले आशिष दिनुहुन्थ्यो । मलाई ईच्छा लागेको चिजमा भने स्वतन्त्र छोडेको भएर होला मैले सबै कुरा बुझ्दै गएँ । 

सन्तान कस्तो हुन्छ भन्ने कुरा हुर्काइमा भरपर्छ

बुवा–आमाले सन्तानलाई हुर्काउँदा निकै ध्यान दिनुपर्छ । लामो समयसम्म एउटै कुरामा टिकिराख्न म सक्दिन । जे कुरामा पनि अलग किसिमको परिवर्तन चाहिन्छ । त्यो भएर पनि होला साथीहरु पनि फेरि–फेरि बनाउँथे । आफ्नो लागि के राम्रो के नराम्रो भन्ने कुरा आफैंले विचार गर्नुपर्छ । आफू राम्रो बाटोमा गईराछौँ कि छैनौँ भन्ने कुरा आफैलाई थाहा हुनुपर्छ । चुरोट वा ड्रग्स खाने साथीहरुसँग बस्दैमा तपाई पनि त्यस्तै हुनुपर्छ, तपाईँमा त्यो लत लाग्छ भन्ने हुँदैन ।

तर, उनीहरुले एक चोटी खाऊ भन्छन् भने तपाई निकै सर्तक हुनुपर्छ । सबै मान्छे खराब पनि हुँदैनन् । कसैलाई परिस्थितिले पनि खराब बनाएको हुनसक्छ । बिस्तारै एकले अर्कालाई बुझ्नु पर्छ । बिग्रिने भनेको १४–१५ को उमेरमा हो । त्यो बेलामा आफूले आफै माथि निगरानी राख्नुपर्छ । आमा–बुवाले गरेको गालीलाई सकारात्मक रुपमा लिनुपर्छ । आमा–बुवाले पनि सन्तानहरुको कुरा बुझ्नुपर्छ । उहाँहरुले कडा गर्नुहुन्छ भने पनि गम्भिर रुपमा लिनुहुन्न । यो पारामा गयौँ भने सबैलाई सजिलो हुन्छ । 

उज्यालो र forseenetwork.com को सहकार्य

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ​केपी ओलीले भने – सबै हाम्रा आइडल हुन्, बुद्ध लामालाई बधाई

    काठमाडौं, असोज ७ – नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आइडलका विजेता बुद्ध लामालाई बधाई दिनुभएको छ ।

  • बुद्ध लामा बने नेपाल आइडल, को हुन् बुद्ध लामा ?

    ‘जहिले पनि गीत नै गाइरहने भएकाले त गाली गर्थेँ, पछि गायनमै लाग्ने रहेछ भनेर संगीत सिक्नका लागि पठाएँ’, बुद्ध लामाका बुवा सन्तबहादुर लामा भन्नुहुन्छ ।

  • के-के पाउँछन् नेपाल आइडलले ?

    काठमाडौं, असोज ६ – प्रथम नेपाल आइडलले दर्शकको मन त जित्ने नै छन्, त्यसका साथै प्रथम नेपाल आइडलले २० लाख रुपैयाँ नगद, महिन्द्राको केयुभी १०० र १५ लाख बराबरको भिडियो एल्बम र कन्ट्रयाक्ट पाउनेछन् ।

  • को बन्ला पहिलो नेपाल अाइडल ?

    काठमाडौं, असोज ६ – शुक्रबार नेपाली संगीत पारखाीहरुले प्रथम नेपाल आइडल पाउने भएका छन् । लोकप्रिय रियालिटी टेलिभिजन शो नेपाल आइडलको ग्रान्ड फिनालेमा पुगेका तीन प्रतिस्पर्धीमध्येबाट शुक्रबार एक जना नेपाल आइडल बन्नेछन् ।

  • फ्राइडे रिलिज : हलमा ‘यती’ मात्रै

    काठमाडौं, असोज ६ – यो हप्ता नेपाली सिनेमा घरमा एउटा मात्रै चलचित्र लागेको छ ।

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया