MENU

मनोरञ्जन

Ncell Axiata
sagun

बलिउडका ‘बादशाह’ शाहरुख खानको २५ वर्षे बलिउड यात्रा

असार ११ – सन् १९९२ मा चलचित्र दिवानासँगै बलिउड प्रवेश गरेका बलिउडका  ‘बादशाह’ भनेर चिनिने अभिनेता शाहरुख खानले दिलवाले दुल्हनिया लेजाएंगे, कुछ कुछ होता हे, कभी खुसी कभी घम जस्ता हिट चलचित्र दिए । शाहरुख खानको बलिउड यात्रा २५ वर्ष पुगेको छ । टेलिभिजन शोबाट अभिनय यात्रा सुरु गरेका खान आज बलिउडका बादशाह भनेर चिनिन्छन् र उनले फौजी र सर्कसजस्ता टेलिसिरियलबाट अभिनय यात्रा सुरु गरेका हुन् । दिवाना चलचित्रबाट अभिनय सुरु गरेका खानले डर, बाजिगर र अन्जामजस्ता चलचित्रमा खलनायकको भूमिका खेलेपनि प्रशंसकको मन जित्न सफल भएका थिए । 

त्यसपछि उनी दिलवाले दुल्हनिया लेजाएंगे, दिल तो पागल हे, मोहब्बतेँ, कुछ कुछ होता हेजस्ता रोमान्टिक चलचित्रमा काम गरे । त्यस्तै सञ्जय लिला भन्सालीको चलचित्र देवदासमा जँड्याहाको भूमिका खेलेका उनले स्वदेश चलचित्रका नासा वैज्ञानिकको रुपमा अभिनय गरेका छन् । 

त्यस्तै चक दे इन्डियामा हकीको कोचका रुपमा उनको अभिनय दमदार रहेको छ । सन् २००१ को आक्रमणपछि अमेरिकामा मुस्लिमहरुलाई गरिने दुव्र्यवहारका विषयमा बनाइएको चलचित्र माइ नेम इज खानमा उनले एक मुस्लिम युवाको भूमिका निर्वाह गरेका छन् । 

हिन्दी सिनेमामार्फत योगदान पुर्‍याएका कारण उनलाई भारत सरकारले पद्म श्री अवार्ड प्रदान गरेको छ । शाहरुख खान अभिनित चलचित्र जब ह्यारी मेट सेजल आगामी अगष्ट ४ मा रिलिज हुँदैछ ।  यो चलचित्र इम्तियाज अलीले निर्देशन गरेका हुन भने अनुश्का शर्माले खानको को–स्टारको रुपमा अभिनय गरेकी छन् ।  

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ​नेपाल आइडलका सुजाता र सागर सहित युएईमा बृहत्त सांस्कृतिक साँझ

    मंसिर ७ – युएईको आबुधाबीमा नेपाल आइडलका प्रतिस्पर्धी सुजाता पाण्डे र सागर आलेले प्रस्तुती दिने भएका छन । नेपाल मगर संघ युएई शाखाले अयोजना गरेको बृहत्त सांस्कृतिक साँझमा उनीहरुले आफ्नो प्रस्तुती दिने भएका हुन् ।

  • जब बलरामले ‘उडाए’ साथीको गलफ्रेन्ड

    काठमाडौं, मंसिर ७ – आफ्नी पे्रमिकालाई जब कसैले भगाउँछ, कस्तो होला त्यो प्रेमीको मन । हामी सहजै अनुमान लाउन सक्छौं । यस्तै भएको छ, टीका बोम्जनको स्वर र संगीत तथा पवन वाङ लामाको ऐरेन्जमा बनेको गीतको म्युजिक भिडियोमा ।

  • जोे पारिश्रमिकका कारण चर्चामा आए

    अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह पहिलो पटक आर्यन सिग्देलसँग सिनेमा ‘कायरा’ मार्फत सँगै देखिन थालेकी छिन् । आफैले निर्माण गर्न लागेको ‘कायरा’मा आर्यनले साम्राज्ञीलाई लिएका हुन् ।

  • गायक धिरज राईको नयाँ एल्बम ‘लभ बल्याड’ बजारमा

    काठमाडौं, मंसिर ४ – नेपालका माइकल ज्याक्सन भन्ने गरिएका गायक धिरज राईले सोह्रौ एल्बम लब बल्याड सार्वजनिक गर्नुभएको छ ।

  • कलाकारको राजनीति मोह, को कुन पार्टीमा ?

    काठमाडौं, मंसिर ४ –पछिल्लो समयमा धेरैजसो कलाकारहरु कुनै न कुनै पार्टीमा आवद्ध छन् । तर पार्टी प्रवेशपछि केही कलाकारहरुको सक्रियताले निरन्तरता पाएको छ भने केही प्रवेशसँगै राजनीतिबाट गुमनाम हुने गरेका छन् ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया