MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata
sagun

कतार समक्ष छिमेकी देशले प्रस्तुत गरेका केही माग पूरा गर्न कठिनः अमेरिका

असार १२ – प्रतिबन्ध हटाउनका लागि शर्तको रुपमा चार अरब राष्ट्रले कतार समक्ष राखेका केही माग पूरा गर्न कठिन रहेको अमेरिकी विदेश मन्त्री रेक्स टिल्लर्सनले बताउनुभएको छ । साउदी अरेबिया, इजिप्ट, संयुक्त अरब इमिरेट्स र बहराइनले कतार समक्ष प्रतिबन्ध हटाउने शर्तका रुपमा १३ बुँदे माग प्रस्तुत गरेका थिए । ती माग मध्ये केही कतारलाई पूरा गर्न कठिन हुने खालका रहेको अमेरिकी विदेश मन्त्री टिल्लर्सनले बताउनुभएको हो ।

तर चार देशको मागको सूचिले समस्या समाधानका लागि वार्ताको आधार भने तयार गरेको उहाँको भनाई छ । अमेरिकी विदेशमन्त्री टिल्लर्सनले कतार समक्ष प्रस्तुत गरिएका मागलाई आधार बनाएर अरब क्षेत्रको समस्या समाधानका लागि वार्तामा बस्नु पर्नेमा जोड दिनुभएको छ ।

चार देशले कतारको टेलिभिजन नेटवर्क अल जजिरा बन्द गर्नु पर्ने लगायत १३ बुँदे माग प्रस्तुत गरेका छन् । १० दिनको अल्टिमेटमसहित प्रस्तुत गरिएका मागमा टर्कीमा रहेको कतारको सैन्य अखडा बन्द गर्नु पर्ने तथा इरानसँगको सम्बन्ध घटाउनु पर्ने सहितका छन् । तर कतारले भने यी माग पूरा गर्न नसकिने बताइसकेको छ ।

साउदी अरेबिया, इजिप्ट, संयुक्त अरब इमिरेट्स, बहराइन, यमन र लिबियाले दुई हप्ताअघि कतारले आतंकवादलाई सहयोग गरेको भन्दै उसँगको राजनीतिक तथा कुटनीतिक सम्बन्ध अन्त्य गर्दै प्रतिबन्ध लागएका थिए । तर कतारले भने आफूले कुनै पनि किसिमले आतंकवादलाई प्रोत्साहन नगरेको र अरब क्षेत्रमा अशान्ति फैलाउने प्रयास नगरेको बताउँदै आएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया