MENU

बातावरण-कृषि

Ncell Axiata

मरेका १८ वटा बाख्रा नियन्त्रणमा, व्यवसायी पक्राउ

काठमाडौं, असार १२ – काठमाडौं उपत्यकामा मरेका १८ वटा बाख्रा भित्र्याउँदै गरेको अवस्थामा थानकोट चेकपोष्टस्थित पशुपछी विकास मन्त्रालयको क्वारेन्टाइनका कर्मचारीले नियन्त्रणमा लिएका छन् । 

मलङ्गवाबाट काठमाडौँ आउँदै गरेको ना ५ ख २७७० नम्बरको यात्रु बसमा व्यवसायी रामबाबु ठाकुरले चारवटा जिउँदो बाख्रा तथा १८ वटा मरेका बाख्रा ल्याएको पाइएको छ ।

पशुपक्षी विकास मन्त्रालयका सचिव युवकध्वज जिसीले काठमाडौं उपत्यकामा मासु आपूर्ति गर्ने उद्देश्यले ल्याइएका ती बाख्रा क्वारेन्टाइनका कर्मचारीले जाँच गर्दा भेटिएपछि बसलाई नियन्त्रणमा लिएर व्यवसायी ठाकुरलाई पक्राउ गरेको जानकारी दिनुभयो । 

पशु स्वास्थ्य तथा पशुसेवा ऐन– २०५५ ले निर्दिष्ट गरेअनुसार कारबाहीका लागि सिफारिस गरिनेछ । अभियुक्तलाई सजाय सावित भएमा रु पाँच हजार जरिवाना गर्न सकिनेछ । रासस 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • अकबरे खुर्सानीको व्यवसायिक खेतीमा किसान आकर्षित

    प्रकाश धौलाकोटी/उज्यालो । तेह्रथुम, साउन ९ – तेह्रथुममा परम्परादेखि मसला बालीको रुपमा छिटपुट मात्रै खेती गर्दै आएको अकबरे खुर्सानीको पनि व्यवसायिक खेती सुरु भएको छ । किसानले धान, मकै, कोदो लगायत अन्नबाली लाग्ने जमीनमा समेत अकबरेको खेती थालेका छन् ।

  • बाँदरले बाली नष्ट गरेपछि किसान चिन्तित

    तेह्रथुम, साउन ७ – खेतबारीमा पाक्न लागेको बाली बाँदरले नष्ट गर्न थालेपछि तेह्रथुमको छथर गाउँपालिकाका किसान चिन्तित बनेका छन् । गाउँपालिकाको फाक्चामारा, हमरजुङ, पन्चकन्या लगायत गाउँमा किसानले लगाएको बालीनाली हुलका हुल बाँदर आएर नष्ट गर्ने गरेका छन् ।

  • मनसुन आजदेखि फेरि सक्रिय, देशभर पानी पर्ने

    काठमाडौं, साउन ६ – केही दिनदेखि कमजोर रहेको मनसुन शुक्रबारदेखि सक्रिय हुने मौसमविदले बताएका छन् ।

  • वन जोगाउन योगदान पुर्‍याउने सम्मानित

    दाङ, साउन ५ – जिल्ला वन कार्यालय दाङले वन वाताबरण तथा वन्यजन्तु संरक्षणमा सञ्चार क्षेत्रबाट महत्वपूर्ण भूमिका खेलेको भन्दै सामुदायिक वन समूह, निजी वनकर्मी, पत्रकार लगायतलाई सम्मान तथा पुरस्कृत गरेको छ ।

  • मनसुन कमजोर, केही दिन पानी कम पर्ने

    काठमाडौं, साउन ४ – मनसुन कमजोर हुँदै गएकाले अबको केही दिन पानी कम पर्ने मौसमविदले अनुमान गरेका छन् । मनसुनी न्यूनचापिय रेखा सामान्यभन्दा केही तल झरेकाले दुई तीन दिन कम पानी पर्ने अनुमान गरिएको मौसमविद मिनकुमार अर्यालले बताउनुभयो ।

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया