MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata

कतारमाथिको नाकाबन्दी अन्तर्राष्ट्रिय कानूनविपरीत– टर्कीस् राष्ट्रपति

असार ११ – कतारमाथि गल्फका विभिन्न देशले लगाएको प्रतिबन्ध अन्तर्राष्ट्रिय कानून विपरीत भएको धारणा राख्नुभएको छ । टर्कीस् राष्ट्रपति रिसेप तैयप एर्दोगानले आइतबार यस्तो धारणा राख्नुभएको हो ।

उहाँले भन्नुभएको छ– कतारमाथिको प्रतिबन्ध सरासर अन्तर्राष्ट्रिय कानूनविपरीत रहेको छ र त्यसलाई खुकुलो बनाउने निहूँमा ती देशले कतारमाथि राखेका विभिन्न शर्तहरु झनै अवैधानिक छन् । 

कतारमाथि उसका छिमेकी गल्फ देशले नाकाबन्दी लगाएका छन् । कतारमाथि नाकाबन्दी लगाउनुको साथै उसँगको कूटनीतिक सम्बन्ध पनि विच्छेद गरेका साउदी अरेबियालगायतका देशले पछिल्लो समयमा पुनः कतार माथि विभिन्न शर्त राखेका छन् । 

उनीहरुले राखेका शर्तहरुमध्ये एउटा कतारको टेलिभिजन अल जाजिरा बन्द गर्नुपर्ने पनि हो । यो सहित उनीहरुले सामुहिक रुपमा १३ वटा विभिन्न शर्त अघि सारेका छन् । 

कतारले भने ती सबै शर्तमा कुनै पनि नमान्ने जवाफ दिएको छ । ती देशले कतारसँग हिजो शनिबार सम्म शर्त पूरा भएमा मात्र कतारसँग पुनः सम्बन्ध जोड्ने चेतावानी दिएका थिए । 

टर्कीको सरकारी समाचार समिति अनादोलु समाचार समितिले राष्ट्रपति एर्दोगानलाई उद्धृतगर्दै भनेको छ– हामी कतारको साथमा छौँ, कतारले शर्त स्वीकार्य छैन भनी दिएको अभिव्यक्तिको हामी स्वागत गर्दछौँ । 

कतारमाथि यस्तो प्रतिबन्ध लागेको दुई हप्तापछि चारवटा गल्फ देशले कतारमाथि शर्त राखेका छन् । कतार समस्याको समाधानका लागि अगुवाई गरेको भन्दै कुवेतले मध्यस्थता गरेको छ । 

कुवेतमार्फत नै यो शर्तको कुरा आएको हो । ती शर्तहरुमा दोहामा रहेको टर्कीको सैनिक पोष्ट पनि हटाउनुपर्ने भनिएको छ । त्यो शर्तमा पनि कतार सहमत नभएको बताइएको छ । 

टर्कीस् राष्ट्रपति तैयपले दोहामा रहेको टर्कीस् सैनिक पोष्ट हटाउनका लागि गल्फ देशहरुले दिएको आदेशले टर्कीको अपमान गरेको बताउनुभएको छ । उहाँले यो शर्त कतारले नमानेर ठीक गरेको बताउनुभएको पनि सो समाचारमा उल्लेख गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • नवनिर्वाचित भारतीय राष्ट्रपतिले सपथ लिए

    साउन १० – रामनाथ कोविंदले भारतको १४औं राष्ट्रपतिको रुपमा सपथ लिनुभएको छ ।

  • इजरायलले जेरुसेलमको हरम–अल शरीफबाट मेटल डिटेक्टर हटाउने

    साउन १० – इजरायलले जेरुसेलमको पवित्र स्थल हरम–अल शरीफ नजिक लगाएको मेटल डिटेक्टर हटाउने भएको छ । इरजायलले सुरक्षाका लागि भन्दै हरम–अल नजिक सुरक्षाका लागि भन्दै मेटल डिटेक्टर लगाएको थियो ।

  • ७० जना गाँउले अपहरित, सात जनाको हत्या

    साउन ९ – अफगानिस्तानको दक्षिणी क्षेत्रमा पर्ने एउटा गाँउबाट ७० जना व्यक्ति शुक्रबार अपहरणमा परेका छन् । प्रहरीले उनीहरूलाई तालिवान लडाकूहरूले अपहरण गरेको आरोप लगाएको छ भने अन्य कम्तीमा सात जना मारिएको पनि जनाएको छ ।

  • ‘६ महिनासम्म म हरेक दिन बलात्कृत भएँ’

    साउन ९ – बिद्रोही समूह इस्लामिक स्टेट (आइएस) ले इराकमा आफ्नो सैन्य अभियान सुरु गरेदेखि नै कुर्दिस समुदायका यजिदी जातीय समूहलाई निशाना बनाउँदै आएको छ । सन् २०१४ मा आइएसका लडाकुले इराकको उत्तरी क्षेत्रमा बसोबास गर्ने यजिदी समूदायलाई लक्षित गरी आक्रमण गरे ।

  • जोर्डनः इजरायली दूतावासमा आक्रमण, एकजनाको मृत्यु

    साउन ९ – जोर्डनको राजधानीमा रहेको इजरायली दूतावासमा गोली चल्दा एकजनाको ज्यान गएको छ । अम्मानमा रहेको इजरायली दूतावसमा पसेका दुईजना जोर्डनी नागरिकले गोली चलाएको प्रहरीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया