MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata
USAID

नोबेल शान्ति पुरस्कार विजेता चिनियाँ कलाकार रिहा


असार १२ –चिनियाँ कलाकार तथा मानवअधिकारकर्मी लिउ जियाओबोलाई कलेजोमा क्यान्सरको संक्रमण भएपछि रिहा गरिएको छ । लिउलाई सन् २००९मा उदार प्रजातन्त्रको माग गरेको भन्दै चीन  सरकारले जेल हालेको थियो । उनका वकिलका अनुसार लिउको लियाओनिङ प्रान्तको सेन्याङस्थित एक अस्पतालमा उपचार भइरहेको छ ।

सन् २०१० मा लिउ जियाओबोलाई नोबेल शान्ति पुरस्कार प्रदान गरिएपछि सरकारले उनकी श्रीमतीलाई पनि नजरबन्दमा राखेको थियो । लिउलाई राज्यको शक्ति हातमा लिन खोजेको भन्दै जेल हालिएको थियो । 

नोबेल पुरस्कार समितिले लिउले चीनमा लामो समय शान्तिपूर्ण रुपमा मानवअधिकारको पक्षमा लडेकाले नोबेल शान्ति पुरस्कार प्रदान गरेको बताएको थियो । 

सन् १९५५ मा जन्मेका लिउले साहित्य तथा दर्शनशाष्त्र अध्ययन गरेका थिए । उनी एक कुशल साहित्यिक समीक्षक तथा बेइजिङ विश्वविद्यालयमा लेक्चरको रुपमा काम पनि गरेका थिए । उनलले सन् १९८८ मा विद्यावारिधी गरेका थिए ।  उनी युरोप तथा अमेरिकाका विभिन्न विश्वविधालयमा गेष्ट लेक्चरका रुपमा पनि उपस्थित भएका थिए । 

सन् १९८९ मा चीनको तियानमेन स्क्वायरमा भएको चर्चित विद्यार्थी विद्रोहमा लिउ सहभागी भएका थिए । त्यसकारण उनलाई २ वर्षका लागि जेलमा राखिएको थियो । पछि उनलाई एक दलीय व्यवस्थाको आलोचना गरेका कारण ३ वर्ष श्रम शिविरमा राखिएको थियो । 

बिस वर्षदेखि खुला प्रजातान्त्रिक चीनको पक्षमा आवाज उठाएका लिउले चीनमा वाक स्वतन्त्रता, प्रेसको स्वतन्त्रता र विरोधको अधिकारको व्यवस्था गरिनुपर्ने माग राखेका थिए । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ह्वाइट हाउसका प्रेस सचिवले दिए राजीनामा

    साउन ७ – अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका प्रेस सचिव अर्थात प्रवक्ता शन स्पाइसरले राजीनामा दिएका छन् ।

  • कतारका राजा प्रतिबन्धबारे पहिलो पटक बोले, वार्ताका लागि आह्वान

    साउन ७ – छिमेकी देशको प्रतिबन्ध खेपिरहेको कतारका राजाले वार्ताबाट समस्याको समाधान खोज्न आह्वान गर्नुभएको छ । प्रतिबन्धपछि पहिलोपटक वक्तव्य जारी गर्नुभएका कतारका राज शेख तमिम बिन हमाद अल थानीले समस्या समाधानका लागि वार्तामा आउन छिमेकी देशसँग आग्रह गर्नुभएको हो ।

  • अमेरिकाले उत्तर कोरिया भ्रमणमा प्रतिबन्ध लगाउने

    साउन ७ – अमेरिकाले आफ्ना नागरिकलाई उत्तर कोरियाको भ्रमणमा प्रतिबन्ध लगाउने भएको छ । अमेरिकी विदेश मन्त्रालयले उत्तर कोरियाको भ्रमणमा प्रतिबन्ध लगाउँदै आफ्ना नागरिकको त्यहाँको भ्रमण रोक्ने तयारी गरेको हो ।

  • ग्रिस र टर्कीमा शक्तिशाली भूकम्प, दुईजनाको मृत्यु

    साउन ६ – ग्रिस र टर्कीको सीमा रहेको इजियन सागर गएको शक्तिशाली भूकम्पका कारण दुईजनाको ज्यान गएको छ । टर्की तथा ग्रिसको तटीय क्षेत्रमा नजिक केन्द्रविन्दु भएर ६ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको हो ।

  • एड्सका कारण हुने मृत्युदर आधा घट्यो

    साउन ६ – एचआइभी एड्सका कारण हुने मृत्युदर पछिल्लो एक दशकमा आधाले कमी आएको देखिएको छ । पछिल्लो तथ्यांक अनुसार गएको वर्ष सन् २०१६ मा विश्वभरमा एचआइभी/एड्सका कारण १० लाख मानिसको ज्यान गएको थियो । यो १० वर्षअघिको भन्दा आधाले कम हो ।

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया