MENU

मनोरञ्जन

Ncell Axiata
chhaka panja

पशुपति प्रसादका खगेन्द्रले खोले एक कप कफीमा विवाह गर्नुको रहस्य

काठमाडौं, असार १२ – थिएटर हुँदै सिनेमामा आएका अभिनेता खगेन्द्र लामिछानेलाई सेलिब्रेटी भइकन पनि सेलिब्रेटी जीवन जिउन मन पर्दैन ।  

साधारण जीवन जिउन मन पर्ने लामिछाने साधारण परिवारबाट आएकै कारण पनि उनी आफूलाई हाइफाई दिएर लक्जरी जीवन भन्दा साधारण मान्छे भएर धर्तीमा टेकेर जिउन मन पर्ने बताउँछन् । यहाँसम्मकी लामिछानेले जीवनको विशेष दिनलाई पनि सामान्य तरिकाले मनाएका छन् । त्यो हो उनको विवाह । प्रेमीका रोजीना सिटौलासँग केही वर्षअघि सामान्य तरिकाले उनले मन्दिरमा विवाह गरे । 

विवाहपछि दुई जनाले कफी खाएर विवाहलाई स्पेसल बनाएको खगेन्द्र सम्झन्छन् । लामो समय विविसी नेपाली सेवामा ‘कथा मीठो सारङ्गीको’ नाटक लेखनको काम गरेका खगेन्द्रले देशका विभिन्न भू–भाग घुमेर समाज बुझ्ने मौका पाएका थिए । त्यही सिकाइबाट पनि उनी साधारण सोचमा जीउन मन पराउँछन् ।  

तर एउटा कलाकार भइकन पनि तपाईँले विवाह सामान्य तरिकाले गर्नुको कारण के ? भन्ने हाम्रो प्रश्नमा उनले भने, ‘म सानैदेखि जब बुझ्ने भएँ मलाई दाइजो प्रथा फिटिक्कै मन पर्दैनथ्यो । म यसको विरोधी थिएँ । यहि कारण मलाई सामान्य तरिकाले विवाह गर्न मन लाग्थ्यो । मलाई अरुले दिएको उपहार लिन एकदमै अप्ठ्यारो लाग्छ ।  हुन त मानिसहरुले सद्भावले, राम्रो मनले नै दिन्छन् उपहार । तर मलाई भने त्यो उपहार लिन बडो अप्ठ्यारो लाग्छ । मैलै पैला–पैला पत्रिकाहरु पढ्थेँ । अनि त्यसमा दाईजोको कारण घटेका घटनाहरु देखेर साह्रै चित्त दुख्थ्यो । यहि कारण मैलै विवाहलाई सामान्य तरिकाले गर्ने सोच राखेर अघि बढेको थिएँ । खगेन्द्र अगाडि थप्छन्, मेरो मनमा के विचार पलाएको थियो भने, ‘कमसे कम म यो प्रथा रोक्न नसकुँला तर म  चाहिँ यस्तो गर्दिन ।’ त्यस माथि मैलै जीवन साथी पनि त्यस्तै पाएँ । उहाँले पनि मलाई हरेक कुरामा साथ दिनु भयो । हामीले दुवैको सहमती पछि नै सामान्य तरिकाले विवाह गरेका हौँ । हाम्रो मात्रै हैन हाम्रो मन मिलिसकेपछि फेरि हामीले दुवै परिवारबाट पनि सहमती लियौँ । दुवै परिवारले सहमती दिईसकेपछि हाम्रो विवाह भयो । पहिले देखि नै म मा हामी दुई जना मात्रै गएर विवाह गर्ने चाहना थियो । त्यो कुरा पूरा पनि भयो ।’

यस कारण मन परिन् रोजीना

त्यस्तै कुराकानीका क्रममा खगेन्द्रले आफूलाई श्रीमती रोजीना सिटौलाका तीनवटा कुराले आकर्षित गरेको बताए  । उनका अनुसार रोजीना अनुशासित, ईमान्दार र सहयोगी मनकी छिन् ।

उनले खगेन्द्रलाई हरेक दुःखमा साथ दिँदै आएकी छिन् । धेरैलाई उनीहरुको विवाह भएको केही वर्ष जस्तो लाग्छ । तर खगेन्द्र यो क्षेत्रमा संघर्ष गरिरहेको समयमा पनि रोजीना उनकै साथमा थिइन् । 

सिनेमासँगै जागिरमा व्यस्त रोजिना

रोजीना सिनेमा निर्माता हुन् । उनले  टलकजंग भर्सेज टुल्के, पशुपति प्रसाद लगायतका सिनेमाहरुको निर्माण पनि गरिसकेकी छन् ।

निर्माताको अलावा उनी जागिरे पनि हुन् । उनी मार्टिन चौतारी नामक संस्थामा त्यहाँको  एडमिन फाइनान्स चिफ भएर काम गरिरहेकी छिन् ।

उज्यालो र forseenetwork.com को सहकार्य

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ​केपी ओलीले भने – सबै हाम्रा आइडल हुन्, बुद्ध लामालाई बधाई

    काठमाडौं, असोज ७ – नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आइडलका विजेता बुद्ध लामालाई बधाई दिनुभएको छ ।

  • बुद्ध लामा बने नेपाल आइडल, को हुन् बुद्ध लामा ?

    ‘जहिले पनि गीत नै गाइरहने भएकाले त गाली गर्थेँ, पछि गायनमै लाग्ने रहेछ भनेर संगीत सिक्नका लागि पठाएँ’, बुद्ध लामाका बुवा सन्तबहादुर लामा भन्नुहुन्छ ।

  • के-के पाउँछन् नेपाल आइडलले ?

    काठमाडौं, असोज ६ – प्रथम नेपाल आइडलले दर्शकको मन त जित्ने नै छन्, त्यसका साथै प्रथम नेपाल आइडलले २० लाख रुपैयाँ नगद, महिन्द्राको केयुभी १०० र १५ लाख बराबरको भिडियो एल्बम र कन्ट्रयाक्ट पाउनेछन् ।

  • को बन्ला पहिलो नेपाल अाइडल ?

    काठमाडौं, असोज ६ – शुक्रबार नेपाली संगीत पारखाीहरुले प्रथम नेपाल आइडल पाउने भएका छन् । लोकप्रिय रियालिटी टेलिभिजन शो नेपाल आइडलको ग्रान्ड फिनालेमा पुगेका तीन प्रतिस्पर्धीमध्येबाट शुक्रबार एक जना नेपाल आइडल बन्नेछन् ।

  • फ्राइडे रिलिज : हलमा ‘यती’ मात्रै

    काठमाडौं, असोज ६ – यो हप्ता नेपाली सिनेमा घरमा एउटा मात्रै चलचित्र लागेको छ ।

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया