MENU

मनोरञ्जन

Ncell Axiata

नेपाल आइडलका प्रताप लामा भन्छन् – भनाभनको दृश्य टेलिभिजनमा देखाइएन (भिडियोसहित)

काठमाडौं, असार १२ – नेपाली तारा सिजन ३ विजेता प्रताप लामा नेपाल आइडलको टप १८ बाट बहिरिएपछि पहिलोपटक मिडियामा बोलेका छन् । धेरैले नेपाल आइडलमा प्रताप लामाले उपाधि जित्न सक्छन् भनेर दाबी गरिरहँदा उनी प्रतियोगिताबाट बाहिरिएपछि उनका प्रशंसक निराश भएका छन् । नेपाल आइडलबाट बाहिरिएपछि उनले नेपाल आइडलमा आफूले प्राप्त गरेको भोट कति थियो भन्ने थाहा नपाई बाहिरिनु पर्दा दुख लागेको बताएका छन् ।

पुरस्कारको लोभले नेपाल आइडलमा गएको भन्ने आरोप पनि प्रतापले ठाडै अस्वीकार गरेका छन् । यसको जवाफस्वरुप उनले भिडियो अन्तर्वार्तामा भनेका छन्, ‘म गरिब छु । सामान्य खान्छु । सामान्य लाउछु अनि आफ्नो थोत्रो स्कुटरमा चढ्छु । तर म लोभी होइन । म आफ्नो कला देखाउन नेपाल आइडलमा गएको हुँ ।’ 

हेर्नुहोस् प्रताप लामाको भिडियो अन्तर्वार्ता जहाँ नेपाल आइडलका निर्णायक र त्यस भित्रका धेरै कुराको खुलासा गरेका छन् । 

उज्यालो र forseenetwork.com को सहकार्य

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया