MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata
USAID

कर नतिर्ने व्यवसायीको फेसबुक खाता बन्द गरिने !

असार १३ – भियतनामका सरकारी निकायले फेसबुक खाता खोली अनलाइन व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीले राज्यलाई तिर्नपर्नेु कर नतिरेको भन्दै कर तिर्न नमान्ने व्यवसायीको सामाजिक सञ्जाल बन्द गर्न फेसबुकसँग सहकार्य गर्ने बताएको छ ।

भियतनामी कर कार्यालयले आफू मातहतका कार्यालयलाई कर उठाउन अनलाइन व्यवसायीसँग अपनाउनुपर्ने कडा उपाय अपनाउन निर्देशन दिइसकेको छ ।  

कर कार्यालयका अनुसार राज्यले अनलाइन व्यवसायीबाट एक करोड भियतनामी डोङ अर्थान् चार हजार चारसय अमेरिकी डलर भन्दा बढी कर प्रत्येक महिना छली भएको स्थानीय दैनिक ट्रोइ ट्रे पत्रिकामा खबर छ । 

‘हामी फेसबुक कारोबार बन्द गर्न चाहन्नौँ तर यदि अनलाइन व्यापारीले कर तिर्न अटेर गरिरहेमा उक्त कारबाहीका लागि पनि बाध्य हुनेछौं’ त्यहाँका कर अधिकारीले बताए । 

हनोइ कर विभागले देशभरका फेसबुक मार्फत कारोबार गर्ने १३ हजार ५ सय व्यवसायीलाई पत्राचार गरेको र करको दायरामा आउन भनेको जनाएको छ । विभागका अनुसार देशभर १७ हजार व्यवसायीले फेसबुक अनलाइनमार्फत कारोबार गर्ने गर्छन् ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ह्वाइट हाउसका प्रेस सचिवले दिए राजीनामा

    साउन ७ – अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका प्रेस सचिव अर्थात प्रवक्ता शन स्पाइसरले राजीनामा दिएका छन् ।

  • कतारका राजा प्रतिबन्धबारे पहिलो पटक बोले, वार्ताका लागि आह्वान

    साउन ७ – छिमेकी देशको प्रतिबन्ध खेपिरहेको कतारका राजाले वार्ताबाट समस्याको समाधान खोज्न आह्वान गर्नुभएको छ । प्रतिबन्धपछि पहिलोपटक वक्तव्य जारी गर्नुभएका कतारका राज शेख तमिम बिन हमाद अल थानीले समस्या समाधानका लागि वार्तामा आउन छिमेकी देशसँग आग्रह गर्नुभएको हो ।

  • अमेरिकाले उत्तर कोरिया भ्रमणमा प्रतिबन्ध लगाउने

    साउन ७ – अमेरिकाले आफ्ना नागरिकलाई उत्तर कोरियाको भ्रमणमा प्रतिबन्ध लगाउने भएको छ । अमेरिकी विदेश मन्त्रालयले उत्तर कोरियाको भ्रमणमा प्रतिबन्ध लगाउँदै आफ्ना नागरिकको त्यहाँको भ्रमण रोक्ने तयारी गरेको हो ।

  • ग्रिस र टर्कीमा शक्तिशाली भूकम्प, दुईजनाको मृत्यु

    साउन ६ – ग्रिस र टर्कीको सीमा रहेको इजियन सागर गएको शक्तिशाली भूकम्पका कारण दुईजनाको ज्यान गएको छ । टर्की तथा ग्रिसको तटीय क्षेत्रमा नजिक केन्द्रविन्दु भएर ६ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको हो ।

  • एड्सका कारण हुने मृत्युदर आधा घट्यो

    साउन ६ – एचआइभी एड्सका कारण हुने मृत्युदर पछिल्लो एक दशकमा आधाले कमी आएको देखिएको छ । पछिल्लो तथ्यांक अनुसार गएको वर्ष सन् २०१६ मा विश्वभरमा एचआइभी/एड्सका कारण १० लाख मानिसको ज्यान गएको थियो । यो १० वर्षअघिको भन्दा आधाले कम हो ।

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया