MENU

विचार/अनुभूति

Ncell Axiata

​मृत्युको भयमा मायाको मल्हम

नानु के. सी. -

अस्पतालको शैयामा लम्पसार परेको मेरो शरीरलाई ती आँखाले नियाल्दा मन चसक्क भयो । सोचेँ २८ वर्ष अगाडि जीवनभर सँगै जिउने भनेर गरेका वाचालाई कत्तै मैले नै त तोड्दै छैन ? डर लाग्यो यत्तिका वर्षसम्म जोडी भएका हात छुट्छ कि भनेर ? त्यो भन्दा धेरै हामी दुई पाङ्ग्रा मिलेर अडाएको रथ भत्कन्छ त अब भनेर ?

‘तपाईंको उपचार जत्ति सक्दो छिटो गर्नुपर्छ, नत्र...’ डाक्टर यति मात्र बोले । एक्कासी मेरो आँखा अगाडि अन्धकार छायो, दिनमै रात पर्‍यो, केही सोच्न सकिन, सँगै बसेको छोराको अनुहारमा पुलुक्क आँखा गयो, रंग केही बदलिएछ । त्यहि रंग भएको छोरीको अनुहारको आकृति कल्पना गरे । मनमा छटपटि भयो, लाग्दैथ्यो म तातो कराईमा भुटिँदैछु । तर त्यहाँ म भन्दा विचलित अरु कोही थिए भने मेरो जीवनसाथी जसको अनुहारमा कुनै प्रिय वस्तु गुम्न लागेको भय स्पष्ट देखिन्थ्यो । 

...
घरकी जेठी तर एक्ली छोरी । बुवालाई छोरी धेरै पढाउन मन थियो तर साथीहरु कोही पढ्न नजाने भएकोले ६ पढ्दा पढ्दै स्कुल जान छोडिदिए । पढ्न छाडेकै भएर  आमाले चाँडै नै विवाह गर्ने निधो गर्नुभयो । मलाई घरमा नै हेर्न आए, आमालाई मन पर्‍यो, म पनि राम्रो लाग्यो रे तर मैले उहाँको अनुहार हेर्न पाइन । बुवा आमाले हुन्छ भन्नुभयो । मैले कुरा काटिन । त्यतिबेला बल्ल १६ वर्ष टेकेकी थिए । 

लगन जुर्‍यो, बाजा बज्यो । मनमा एक किसिमको त्रास भयो के हो कस्तो हो । २०४५ सालको असार १३ गते जब म मेरो जन्म घर छोडेर कर्म घर तिर लागे मेरा खुट्टा काप्न थालेँ । मेरो डर थाहा पाएर उहाँले मलाई भन्नुभयो, ‘म छु नि तिमिलाई साथ दिने किन डराउँछाैं, अब हामी दुई शरीर एक आत्मा हौ ।’ आजसम्म नबोलेको, नचिनेको मान्छेले यति भन्दा मेरो मनको पीरको भारी आधा हलुंगो भो । र उहाँले आफूले गरेको वाचालाई कहिल्यै बिर्सनुभएन पनि । एक छोरा र एक छोरी भए । मैले आफूलाई भाग्यमानि ठाने । तर जीवनको लेखा नै होला, सुखसँगै दुःख आउने । 

२०७१ सालमा हामीले नसोचेको कुरा भयो । मेरो ससुरा बुवाले संसार छोड्नुभयो । हामी शोकमा थियौं । धर्म संस्कार पनि मान्नै पर्‍यो । हिन्दु सँस्कृति अनुसार बुहारीले गर्नुपर्ने सबै धर्म गर्नबाट पनि म चुकिन । तर असार महिनामा मेरो घाँटी एक्कासी दुख्न थाल्यो । सधैँ फुर्तिली हुने म अब केही गर्न नसक्ने हुन थाले । अस्पतालका औषधिले मेरा व्यथा निको नै भएन । झन् झन् बढ्न थाल्यो । हेर्दा हेर्दै घाँटीमा चारवटा गाँठा देखिए । हामीले डाक्टरलाई देखायौँ । ‘तपाईंलाई क्यान्सर भएको छ, उपचार गर्न ढिलो हुन लागिसक्यो, जति सक्दो छिटो उपचार गर्नुपर्छ नत्र... ।’

नलेख्दा के लेखौं जस्तो, लेख्न थाल्यो कलमको मसी सकिँदो रहेछ, कापीका पाना सकिँदै गएपनितर शब्दहरु कहिले नससकिँदा रहेछन् । हुन त भोगाई थपिएसँगै जीवनको शब्दकोश मोटाउँदो रहेछन् । आफूलाई भएको जस्तो कसैलाई भएको छैन भन्ने मानवीय स्वभावबाट म कसरी अछुतो हुन सक्छु होला र ?

मैले उहाँ रोएको कहिल्यै देखेको थिइन तर देखेँ । आँखाबाट झरेका ती आँशुलाई मैले टुलुटुलु हेर्न बाहेक केही गर्न सकिन । आकासले नै थिच्यो, जमिन नै भासिए जस्तो भयो । परिवारको अगाडि आफूलाई सकेसम्म कठोर र बलियो बनाए तर ती भावना एक्लै कुनामा बस्दा पोखिन्थे । तर पनि मनले बुझ्यो, आँट निकाल्योकिनकी मलाई मेरो हजुरले माया गर्नुुहुन्छ । यहि मायाको लागि म बाँच्नु पर्छ ।

उपचारको लागि दिल्ली जान भन्नुभयो तर मैले नै मानिन । निको हुने रोग हैन जस्तो लागेर नेपालमै उपचार गराउ भने र हामी क्यान्सर अस्पताल भक्तपुरमा भर्ना हुन गयाैं । भर्ना भयौं र मेरो अपरेशन भयो ।

अपरेशन थियटरमा छिर्दै गर्दा छोरा छोरीलाई सान्त्वना दिए मलाई केही हुन्न भने, उहाँले मलाई हौसला दिनुभयो । अपरेशन थिएटरको ढोका बाहिर उहाँलाई देख्दा मैले सम्झे के अब म उहाँको हातमा समाएर फेरि हिँड्न सक्छु ? के अब हाम्रो जोडीलाई भगवानले बनाएको कत्ति राम्रो जोडी भनेर छरछिमेकले फेरि भन्न पाउलान् ? कि त्यो डाहा गर्नेको इच्छा पूरा हुन्छ ?

मैले सम्झेँ, मलाई चित्त नबुझेको कुरा कापीका पानामा लेखेर सिरानमुनि, सर्ट वा पाइन्टको बगलीमा राखिदिन्थे र हजुरले पढेर स्नेह साथ मसँग माफि माग्नुहुन्थ्यो र मलाई सम्झाउनुहुन्थ्यो पनि । समझदारी पछि बढेको हाम्रो माया सम्झेँ । मसँग रिसाएर घरबाट बाहिर गएपछि अत्तालिँदै फोन गरेर हाल बुझेको सम्झेँ र सम्झेँ जे भएपनि तिमि र म सँगै मर्नुपर्छ, एक्लै बस्न सक्दिन भनेका कुरा सम्झेँ । के मसँग त्यति सामथ्र्य नि छैन, जो म उहाँसँग गरेको बाचा पुरा गरौँ । मन भताभुंग भयो आँखा बन्द भए ।
  ...
बल्ल बल्ल आँखा खुले, धमिलो आकृति बिस्तारै संलिँदै गयो । अगाडि दुई आँखा मलाई नियाल्दै थिए । केही जिज्ञासा र केहि खुशीका साथ । अपरेशन सफल भयो म घर फर्के । तर रिपोर्ट आउँन बाँकी थियो । 

केही आशा तर धेरै डरका साथ २२ दिन बित्यो । रिपोर्ट आयो, ... मलाई थाइराइडले गर्दा घाँटीमा समस्या देखिएको रहेछ । समयमा नै उपचार भएकोले दीर्घकालिन समस्या भएन । 

आज तपाईं र म हामी भएको दिन हो अर्थात विवाहको ३० औं वर्षगाँठ । जीवनमा जे जस्तो उत्तार चढाव आएपनि आजसम्म सँगै छौं । सास रहुन्जेलसँगै रहन पाऊँ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • नेपाल राष्ट्र बैंकले अपनाएको कदम

    नेपाल राष्ट्र बैंकले दिएको निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाले साउन १ गतेदेखि १० लाख रुपैयाँ बढी नगद कारोबार रोकेका छन् । तपाईंले १० लाख रुपैयाँ भन्दा बढी रकम झिक्न खोज्नु भयो भने बैंकले दिँदैनन् र १० लाख रुपैयाँ भन्दा बढी जम्मा गर्न लैजानु भयो भने पनि बैंकले लिँदैनन् ।

  • दाँत खप्टिएर किन आउँछ ?

    डा. रमेश बिछ्छा –  गुलियो बालबालिकालाई सार्‍है मन पर्ने खानेकुरा । चकलेट, मिठाई पाएप...

  • बैंक मर्जले निम्त्याएको सकस

    नेपाल राष्ट्र बैंकले दिएको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाकोे पूँजी बढाउनु पर्ने बाध्यकारी नियम छ । जसकारण धेरै बैंक तथा वित्तीय संस्था एक आपसमा मर्ज वा एकुजिशन भएका छन् ।

  • ​काठमाडौंका मेयरलाई प्रश्न - यो भिडियो हेर्नुभयो ?

    हामी धेरै सपना देख्छौँ । निदाउँदा भन्दा धेरै ब्यूझँदा । तपाइँहरु पनि त्यही देखाउनुहुन्छ, सपना । हामी देखिदिन्छौँ । पत्याए जस्तो गरिदिन्छौं । सपना पूरा हुने आशमा हामीले गर्न पाउने एउटै कुरा छ, मतदान । गर भन्नुहुन्छ, गरिदिन्छौँ ।

  • हाँस्दा त लाजै हुन्छ भन्छन् बिरामी, समस्या समाधानको लागि के गर्ने ?

    पिसाब आएको जस्तो हुन्छ, कहाँ गर्ने भनेर ठाउँ खोज्दै गर्दा पिसाब चुहिहाल्छ, खोक्दा, हाछ्यु गर्दा, बसेको ठाउँबाट जुरुक्क उठ्दा पिसाब चुहिन्छ । अझै धेरै बिरामीले समस्याको बारेमा ‘डाक्टरसाब हाँस्दा खेरी लाजै हुन्छ’ भन्ने गर्छन् । यस्तो समस्या विवाहित, अविवाहित तथा वृद्ध सबै खालका महिलालाई हुन्छ ।

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया