MENU

समाज

Ncell Axiata
sagun

पुनर्निर्माणको काममा प्राविधिकको अभाव

किरण लोहनी/उज्यालो ।

गोरखा, असार १३ – प्राविधिक अभावका कारण गोरखामा व्यक्तिगत आवास पुनर्निर्माणको काम प्रभावित भएको छ । घर निर्माणका लागि प्राविधिक सल्लाह दिने, निर्माणको चरणको सुपरिवेक्षण गर्ने तथा दोस्रो र तेस्रो किस्ता अनुदानका लागि प्राविधिक जाँचपास गर्ने गरी गाउँमा प्राविधिक खटाइएको छ ।

तर दरवन्दी अनुसार इन्जिनियर र सबइन्जिनियर परिचालन गर्न नसक्दा पुनर्निर्माणको काम प्रभावित भएको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय गोरखाले जनाएको छ । गोरखामा २ सय ४६ प्राविधिकको द्वन्द्वी भएपनि अहिले एक सय ७० जनामात्रै कार्यरत छन् ।

कार्यरत प्राविधिकले पनि राजीनामा दिने क्रम चलिरहेकाले जनशक्तिको अभाव अझै बढ्न सक्ने डिभिजन प्रमुख रोशन श्रेष्ठले बताउनुभयो । प्राविधिकको अभावका कारण पुनर्निर्माणको काम रोकिए पनि प्रभावित भने नभएको उहाँको भनाई छ । सरकारले दोस्रो र तेस्रो किस्ता सिफारिस सम्बन्धी कार्यविधि संशोधन गरेर मापदण्ड केही खुकुलो बनाएपछि व्यक्तिका घर निर्माणले तीब्रता पाएको छ । 

वर्षायाम सुरु भएपनि दोस्रो किस्ता सिफारिसका लागि निवेदन आउने क्रम बढेको डिभिजन कार्यालयले जनाएको छ । तर जनशक्ति अभावका कारण घरको सर्वेक्षण र सिफारिसको काम प्रभावित भएको हो । यसअघि ६० गाविस र दुई नगरपालिकाका अधारमा इन्जिनियर र अन्य प्राविधिक कर्मचारी खटाइएपनि अहिले भने वडागत रुपमा परिचालन गर्नुपर्ने छ ।

जिल्लाभर कायम भएको ९४ वडामा कम्तिमा १÷१ जना इन्जिनियर खटाउन सक्ने अवस्था नरहेको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका प्रमुख श्रेष्ठले बताउनुभयो । भूकम्प गएको २६ महिना भैसक्दा र पहिलो किस्ताको अनुदान बाँडिएको एक वर्ष नाघिसक्दा पनि गोरखामा व्यक्तिगत आवास निर्माण भने सुस्त छ ।

गोरखामा ५८ हजारभन्दा बढी भूकम्प प्रभावितमध्ये ५४ हजारले पहिलो किस्ताको अनुदान रकम बुझेका छन् । तर झण्डै १० हजारले मात्रै घर निर्माण थालेका डिभिजन प्रमुख श्रेष्ठले बताउनुभयो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया