MENU

विज्ञान प्रविधि

Ncell Axiata
chhaka panja

गुगलले इयुलाई दुई खर्ब ७८ अर्ब १० करोड रुपैयाँ जरिवाना तिर्नु पर्ने

असार १३ – युरोपियन युनियन इयुले सर्च इन्जिन गुगललाई २ अर्ब ७० करोड अमेरिकी डलर (दुई खर्ब ७८ अर्ब १० करोड रुपैयाँ) जरिवाना तिराउने भएकोे छ । गुगलले आफ्नो शक्तिको दुरुपयोग गरी विज्ञापन प्रवर्द्धन गरेको भन्दै इयुले उसलाई जरिवाना गराउने निर्णय गरेको हो ।

गुगलले आफ्नो पेजको अगाडि नै आफ्नै सामग्रीको विज्ञापन गरेको र यसले खुला बजारको सिद्धान्तलाई उल्लंघन गरेको इयुले जनाएको छ । यो जरिवाना रकम बजारको सिद्धान्तलाई उल्लंघन गरेको भन्दै परेको उजुरीमा गरिएको अहिलेसम्मकै धेरै जरिवाना रकम हो ।

प्रयोगकर्ताले गुगलको पेजमा जानेबित्तकै सबैभन्दा माथि गुगलकै उत्पादनको विज्ञापन हेर्नुपर्ने अवस्था रहेको भन्दै ९० दिनभित्र यसलाई हटाउन निर्देशन समेत दिइएको छ । दिइएको समयमा पनि विज्ञापन नहटाए फेरि कारवाही थप गर्ने इयुले चेतावनी दिइएको छ । गुगलले भने इयुको यो कारवाहीमाथि अपिल गर्ने जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया