MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata
USAID

सिरियाः आइएसको जेलमा अमेरिकी गठबन्धन सेनाको आक्रमण, ५७ जनाको मृत्यु

असार १३ – अमेरिका नेतृत्वको गठबन्धन सेनाले सिरियामा गरेको हवाई आक्रमणमा ५७ जनाको ज्यान गएको छ । गठबन्धन सेनाले बिद्रोही संगठन इस्लामिक स्टेट आइएसले चलाएको जेललाई लक्षित गरी हवाई आक्रमण गरेको र त्यसक्रममा ५७ जनाको ज्यान गएको अधिकारवादीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

सिरियाको पूर्व क्षेत्र मायादिनमा रहेको जेलमा भएको आक्रमणमा ४२ जना कैदीबन्दी र १५ जना बिद्रोहीको ज्यान गएको मानवअधिकारवादी संस्था सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ । आइएसले सर्वसाधारण नागरिक र आइएसको विरोधमा संघर्षरतलाई कैदी बनाएको थियो ।

गठबन्धन सेनाले भने घटनाको विषयमा अनुसन्धान भइरहेको जनाएको छ । गठबन्धन सेनाले सोमाबार त्यसक्षेत्रमा सात ठाउँमा हवाई आक्रमण गरेको जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ह्वाइट हाउसका प्रेस सचिवले दिए राजीनामा

    साउन ७ – अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका प्रेस सचिव अर्थात प्रवक्ता शन स्पाइसरले राजीनामा दिएका छन् ।

  • कतारका राजा प्रतिबन्धबारे पहिलो पटक बोले, वार्ताका लागि आह्वान

    साउन ७ – छिमेकी देशको प्रतिबन्ध खेपिरहेको कतारका राजाले वार्ताबाट समस्याको समाधान खोज्न आह्वान गर्नुभएको छ । प्रतिबन्धपछि पहिलोपटक वक्तव्य जारी गर्नुभएका कतारका राज शेख तमिम बिन हमाद अल थानीले समस्या समाधानका लागि वार्तामा आउन छिमेकी देशसँग आग्रह गर्नुभएको हो ।

  • अमेरिकाले उत्तर कोरिया भ्रमणमा प्रतिबन्ध लगाउने

    साउन ७ – अमेरिकाले आफ्ना नागरिकलाई उत्तर कोरियाको भ्रमणमा प्रतिबन्ध लगाउने भएको छ । अमेरिकी विदेश मन्त्रालयले उत्तर कोरियाको भ्रमणमा प्रतिबन्ध लगाउँदै आफ्ना नागरिकको त्यहाँको भ्रमण रोक्ने तयारी गरेको हो ।

  • ग्रिस र टर्कीमा शक्तिशाली भूकम्प, दुईजनाको मृत्यु

    साउन ६ – ग्रिस र टर्कीको सीमा रहेको इजियन सागर गएको शक्तिशाली भूकम्पका कारण दुईजनाको ज्यान गएको छ । टर्की तथा ग्रिसको तटीय क्षेत्रमा नजिक केन्द्रविन्दु भएर ६ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको हो ।

  • एड्सका कारण हुने मृत्युदर आधा घट्यो

    साउन ६ – एचआइभी एड्सका कारण हुने मृत्युदर पछिल्लो एक दशकमा आधाले कमी आएको देखिएको छ । पछिल्लो तथ्यांक अनुसार गएको वर्ष सन् २०१६ मा विश्वभरमा एचआइभी/एड्सका कारण १० लाख मानिसको ज्यान गएको थियो । यो १० वर्षअघिको भन्दा आधाले कम हो ।

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया