MENU

मनोरञ्जन

Ncell Axiata
chhaka panja

​को–को कलाकार कहाँबाट मतदान गर्दै ?

काठमाडौं, असार १३ – २० वर्षपछि हुन लागेको स्थानीय चुनावको दोस्रो चरणमा मत हाल्न १ नम्बर, ५ नम्बर र ७ नम्बर प्रदेशका नागरिक उत्साहित छन् । सर्वसाधरणदेखि कवि कलाकारसम्मलाई स्थानीय चुनावको रौनकताले छोएको छ । कति कलाकार चुनावी मैदानमा उम्मेदवारका रुपमा नै  उत्रेका छन् । उम्मेदवार नभएका कलाकार पनि कोही विभिन्न दलका चुनावी प्रचार–प्रसारमा लागेका थिए । धेरै समयपछि हुन लागेको स्थानीय चुनावमा मतदान गर्न पाउँदा धेरै कलाकार उत्साहित भएका छन् ।   

कोमल वली 

तुलसीपुरमा म जाँदा खेरी, तिम्रो र मेरो मायाको डोरी, पोइला जान पामलगायतका दजर्नाै चर्चित गीत गाएकी कोमल वली केही महिना पहिले रेडियो नेपालको जागिर छोडेर राजनीतिमा प्रवेश गरेकी थिइन् । राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेलगत्तै भएको पार्र्टीको महाधिवेसनमा केन्द्रीय सदस्यमा निर्वाचित वलीले तुलसीपुरबाट मेयरमा उम्मेदवार दिने चर्चा निकै चलको थियो । तर अपेक्षाअनुसार उनको चर्चा आएन । 

कोमल वलीले बुधबार हुने स्थानीय चुनावमा दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ मा रहेको कृष्ण मन्दिर मतदान केन्द्रबाट मतदान गर्दैछिन् । केही समयदेखि उनी दाङमै चुनावी प्रचार–प्रसारमा व्यस्त छन् । 

बद्री पंगेनी 

चर्चित लोकदोहोरी गायक बद्री पंगेनी बुधबारको स्थानीय चुनावमा पाल्पाबाट मतदान गर्दैछन् ।  उनले पाल्पाको रामपुर नगरपालिका वडा नम्बर ७ स्थित आधारभूत माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गर्दैछन् ।  बद्री पंगेनीले यसपल्टको चुनावमा विभिन्न ठाउँमा गएर नेकपा एमालेको चुनावी अभियानमा सांगितिक प्रस्तुती दिएका थिए ।  उनले २० वर्षपछि हुन लागेको स्थानीय चुनावमा मतदान गर्न पाउँदा निकै उत्साहित भएको बताए । 

बुद्धिसागर 

कणार्ली ब्लुज तथा फिरफिरेजस्ता चर्चित उपन्यासका लेखक अहिले टोखामा आफ्नै घर बनाएर बसेको भए पनि उनले यसपल्ट मतदान गरेनन् ।  
उनको मतदाता नामावली कालिकोटमा  रहेको र कामको व्यस्ताताले कालिकोट जान नसकेकाले उनले यसपल्ट मतदान नगरेको बताए ।  बुद्धिसागरले आफूले अब कालिकोटमा रहेको मतदाता नामावली काठमार्डौमा सार्न खोजेको बताए । 

राधिका हमाल 

साँस्कृतिक कार्यक्रममा देश तथा विदेशमा व्यस्त हुने कलाकार राधिका हमाल यसपल्टको स्थानीय चुनावमा आफैले उम्मेदवारी दिएकी छन् । उनले नेपाली कांग्रेसको तर्फबाट रोल्पाको त्रिवेणी गाउँपालिकाको उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएकी हुन् । आफैले गाएका कांग्रेसका चुनावी गीत घन्काउदै त्रिवेणी गाउँपालिकाको प्रत्येक वडाका टोल टोलमा भोट माग्दै हिँडेकी थिइन् ।  

मनोज गजुरेल

चर्चित हास्यकलाकार मनोज गजुरेलले आफूले पहिलो चरणको चुनावमै भक्तपुरबाट भोट हालेको थिए । दोस्रो चरणमा उनले भोट दिन नपाएपनि आफ्नो पुख्र्यौली थलो ताप्लेजुंगको सिरिजंगा गाउँपालिका र आफ्नो घर रहेको झापा सतासीधाम नगरपालिकामा हुने गरेको  चुनावी रौनकलाई सम्झेको बताए । 

साहित्यकारहरु नयनराज पाण्डेले यसअघि नै काठमाडौंको टोखा नगरपालिकाबाट र अमर न्यौपानेले भरतपुर महानगरपालिकाको वडा नम्बर १३ मंगलपुरबाट मतदान गरिसकेका छन् । नयाँ शक्तिकी नेतृ करिश्मा मानन्धरले काठमाडाै‌मा अाफ्नो नामावली नभएपछि अघिल्लाे पटक भाेट हालेकी  थिइनन् । उनकाे नाम सर्लाहीमा रहेकाे छ । २ नम्बर प्रदेशमा रहेको सर्लाहीमा अागामी असोज २ गते तेस्रो चरणमा चुनाव हुँदैछ ।  धेरै कलाकारहरुले पहिलाे चरणको चुनावमा नै भोट हालिसकेका छन् । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ​केपी ओलीले भने – सबै हाम्रा आइडल हुन्, बुद्ध लामालाई बधाई

    काठमाडौं, असोज ७ – नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आइडलका विजेता बुद्ध लामालाई बधाई दिनुभएको छ ।

  • बुद्ध लामा बने नेपाल आइडल, को हुन् बुद्ध लामा ?

    ‘जहिले पनि गीत नै गाइरहने भएकाले त गाली गर्थेँ, पछि गायनमै लाग्ने रहेछ भनेर संगीत सिक्नका लागि पठाएँ’, बुद्ध लामाका बुवा सन्तबहादुर लामा भन्नुहुन्छ ।

  • के-के पाउँछन् नेपाल आइडलले ?

    काठमाडौं, असोज ६ – प्रथम नेपाल आइडलले दर्शकको मन त जित्ने नै छन्, त्यसका साथै प्रथम नेपाल आइडलले २० लाख रुपैयाँ नगद, महिन्द्राको केयुभी १०० र १५ लाख बराबरको भिडियो एल्बम र कन्ट्रयाक्ट पाउनेछन् ।

  • को बन्ला पहिलो नेपाल अाइडल ?

    काठमाडौं, असोज ६ – शुक्रबार नेपाली संगीत पारखाीहरुले प्रथम नेपाल आइडल पाउने भएका छन् । लोकप्रिय रियालिटी टेलिभिजन शो नेपाल आइडलको ग्रान्ड फिनालेमा पुगेका तीन प्रतिस्पर्धीमध्येबाट शुक्रबार एक जना नेपाल आइडल बन्नेछन् ।

  • फ्राइडे रिलिज : हलमा ‘यती’ मात्रै

    काठमाडौं, असोज ६ – यो हप्ता नेपाली सिनेमा घरमा एउटा मात्रै चलचित्र लागेको छ ।

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया