MENU

विज्ञान प्रविधि

Ncell Axiata
USAID

एनसेलको नयाँ अफर ‘सबैलाई उपहार हरेक दिन लगातार’

काठमाडौं, असार १४ – मोवाइल सेवा प्रदायक एनसेलले आफ्ना प्रयोगकर्ताका लागि नयाँ अफर ल्याएको छ । अब एनसेलका सबै प्रिपेड तथा पोस्टपेड प्रयोगकर्ताले हरेक दिन आकर्षक उपहार प्राप्त गर्ने भएका छन् ।

एनसेलले आफ्ना ग्राहकका लागि ‘सबैलाई उपहार हरेक दिन लगातार’ योजना ल्याएको छ, जस अन्र्तगत एनसेलका ग्राहकले अब ३० दिनसम्म हरेक दिन आकर्षक बोनस उपहार पाउनेछन् । यो अफर यहि असार १४ (बुधबार) देखि लागु भएको छ ।

एस्ट्रिक्स १७१२४ ह्यास डायल गरी निर्देशन अनुसार अथवा अंग्रेजीमा ‘ए’ टाईप गरी १७१२४ मा एसएमएस पठाई यो योजनामा निःशुल्क सहभागी हुन सक्ने एनलसेलले जनाएको छ ।

यो योजनामा सहभागिता जनाए पछि विविध उपहार मध्ये हरेक दिन निश्चित डेटा भोल्युम,  बोनस टक टाईम, बोनस एसएमएस लगायतका मध्येबाट कुनै एक उपहार प्राप्त गर्न सक्ने एनसेलले जनाएको छ ।

आकर्षक उपहार अन्र्तगत प्रयोगकर्ताले १०० एमबी, २० एमबी, १० एमबी डेटा, १५ मिनेट बोनस टक टाइम, १५ मिनेट नाइट टक टाईम बोनस, १०  मिनेट डे टक टाइम बोनस र २० बोनस एसएमएस लगायतका उपहारहरु मध्ये कुनै एक हरेक दिन प्राप्त गर्ने छन् । यसरी प्राप्त उपहार त्यसै दिन अर्थात राति १२ बजेभित्र प्रयोग गरी सक्नुपर्ने छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • अब मोबाइलबाटै प्राथमिक उपचार

    काठमाडौं, साउन ५ – नेपाल रेडक्रस सोसाइटीद्वारा तयार पारिएको प्राथमिक उपचार मोवाइल एप्लिकेशन शुक्रबार वरिष्ठ हास्यकलाकार एवं समाजसेवी मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यको प्रमुख आतिथ्यतामा सार्वजनिक गरिएको छ ।

  • पृथ्वी ‘प्लानेट प्लाष्टिक’ बन्दै

    पृथ्वी प्लाष्टिक ग्रह बन्दै गएको भन्दै वैज्ञानिकले चिन्ता व्यक्त गरेका छन् । अमेरिकी अनुसन्धानकर्ताकाले पृथ्वीमा ८ अर्ब ३० करोड टन प्लाष्टिक उत्पादन भएको बताएका छन् ।

  • फेसबुक, ट्वीटर धेरै चलाउनुहुन्छ ? डिप्रेसनको खतरा !

    साउन ४ – सामाजिक सञ्जालले युवा पुस्तामा चिन्ताको दर बढिरहेको एक अध्ययनले देखाएको छ । दुव्र्यवहार विरुद्धको संस्था डिच द लेबलले गरेको अध्ययनका अनुसार युवा पुस्तामा सामाजिक सञ्जालबाट आफूमाथि हिंसा हुनसक्ने चिन्ता तथा डर बढिरहेको पाइएको हो ।

  • चौथो राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा छनौट भएकाको नाम सार्वजनिक

    काठमाडौं, साउन ३ – चौथो राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा छनौट भएकाको नाम सार्वजनिक भएकोे छ । ओलम्पियाडमा ५ जना विद्यार्थी उत्कृष्टमा परेका छन् ।

  • ​९ वटा विमानस्थलमा चट्याङको सेन्सर जडान

    काठमाडौं, साउन १ – सरकारले ९ वटा विमानस्थलमा चट्याङको सेन्सर जडान गरेको छ । सुर्खेत, वीरेन्द्रनगर, भैरहवा, पोखरा, काठमाडौं, तुम्लिङटर, विराटनगर, सिमरा र नेपालगन्ज गरी ९ वटा विमानस्थलमा चट्याङको सेन्सर जडान गरिएको हो ।

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया