MENU

विज्ञान प्रविधि

Ncell Axiata
USAID

विश्वभरका ठूला कम्पनीका कम्प्युटरमा साइबर आक्रमण

असार १४ – विश्वभरका ठूला कम्पनीका कम्प्युटरमा साइबर आक्रमण भएको छ । र्‍यानसमवेयर साइबर आक्रमणका कारण विश्वभरका कम्पनी प्रभावित भएको बिबिसीले जनाएको छ । र्‍यानसमवेयर साइबर आक्रमणका कारण कम्पनीका आइटी प्रणाली प्रभावित भएका छन् । साइबर आक्रमणको स्रोत अहिलेसम्म खुलेको छैन । तर निश्चित मात्रामा पैसाको माग गर्दै विश्वका विभिन्न कम्पनीको कम्प्युटरमा भाइरस आक्रमण भएको हो । यो साइबर आक्रमणको पहिलो शिकार युक्रेनको राष्ट्रिय विद्युत कम्पनी तथा किएभमा रहेको मुख्य विमानस्थलसहितका अरु युक्रेनी कम्पनीका कम्प्युटर बनेका थिए । अहिलेसम्म झण्डै दुई हाजरको हारहारीमा आक्रमण भएको र त्यसबाट प्रभावित हुनेमा युक्रेन, रुस, पोल्याण्ड, बेलायतसहितका देशका कम्प्युटर रहेको रुसको एन्टी भाइरस कम्पनी कस्पर्सकी ल्याबले जनाएको छ । अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले यो विषयमा सुक्षम निगरानी गरिरहेको बताएको छ ।

गएको महिना पनि विश्वभरका कम्प्युटरमा ठूलो स्तरको साइबार आक्रमण भएको थियो । त्यही आक्रमणका बेला जुन कमजारीको फाइदा आक्रमणकारीले लिएका थिए अहिले पनि त्यही कमजारीको फाइदा उनीहरुले उठाएको विशेषज्ञले बताएका छन् । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • अब मोबाइलबाटै प्राथमिक उपचार

    काठमाडौं, साउन ५ – नेपाल रेडक्रस सोसाइटीद्वारा तयार पारिएको प्राथमिक उपचार मोवाइल एप्लिकेशन शुक्रबार वरिष्ठ हास्यकलाकार एवं समाजसेवी मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यको प्रमुख आतिथ्यतामा सार्वजनिक गरिएको छ ।

  • पृथ्वी ‘प्लानेट प्लाष्टिक’ बन्दै

    पृथ्वी प्लाष्टिक ग्रह बन्दै गएको भन्दै वैज्ञानिकले चिन्ता व्यक्त गरेका छन् । अमेरिकी अनुसन्धानकर्ताकाले पृथ्वीमा ८ अर्ब ३० करोड टन प्लाष्टिक उत्पादन भएको बताएका छन् ।

  • फेसबुक, ट्वीटर धेरै चलाउनुहुन्छ ? डिप्रेसनको खतरा !

    साउन ४ – सामाजिक सञ्जालले युवा पुस्तामा चिन्ताको दर बढिरहेको एक अध्ययनले देखाएको छ । दुव्र्यवहार विरुद्धको संस्था डिच द लेबलले गरेको अध्ययनका अनुसार युवा पुस्तामा सामाजिक सञ्जालबाट आफूमाथि हिंसा हुनसक्ने चिन्ता तथा डर बढिरहेको पाइएको हो ।

  • चौथो राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा छनौट भएकाको नाम सार्वजनिक

    काठमाडौं, साउन ३ – चौथो राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा छनौट भएकाको नाम सार्वजनिक भएकोे छ । ओलम्पियाडमा ५ जना विद्यार्थी उत्कृष्टमा परेका छन् ।

  • ​९ वटा विमानस्थलमा चट्याङको सेन्सर जडान

    काठमाडौं, साउन १ – सरकारले ९ वटा विमानस्थलमा चट्याङको सेन्सर जडान गरेको छ । सुर्खेत, वीरेन्द्रनगर, भैरहवा, पोखरा, काठमाडौं, तुम्लिङटर, विराटनगर, सिमरा र नेपालगन्ज गरी ९ वटा विमानस्थलमा चट्याङको सेन्सर जडान गरिएको हो ।

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया