MENU

बातावरण-कृषि

Ncell Axiata
sagun

प्रदेश नम्बर १, ५ र ७ का धेरै ठाउँमा वर्षा, मतदाता छाता ओढेर लाइनमा

काठमाडौं, असार १४ – बुधबार मतदान हुने १, ५ र ७ नम्बर प्रदेशका धेरै ठाउँमा अहिले पानी परिरहेको छ । विशेषगरी १ र ५ नम्बर प्रदेशमा पानी पर्ने क्रम बढीरहेको मौसमविद विभूति पोख्रेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार १ नम्बर प्रदेशमा ताप्जेजुङ, संखुवासभा बाहेकका जिल्लामा ठूलो पानी परिरहेको छ । यस्तै ५ नम्बर प्रदेशमा बाँके, बर्दिया बाहेकका ठाउँमा पानी परिरहेको छ । ७ नम्बर प्रदेशमा भने डडेलधुरा, डोटी, अछाम लगायतका जिल्लामा पानी परिरहेको मौसमविद् पोख्रेलले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले प्रदेश नम्बर १ र ५ मा पानी पर्ने क्रम बढीरहेको छ । ७ नम्बर प्रदेशमा भने केही घटिरहेको छ ।

यी प्रदेशमा बुधबार झरी पर्ने संभावना नभएपनि पानी पर्दै रोकिनेछ । दिउँसो मौसम एकैछिन खुलेजस्तो भएपनि फेरि पानी पर्ने भएकाले समय मै गएर मतदान गर्न उहाँले मतदातालाई आग्रह गर्नुभयो । यस्तै उहाँले मतपेटिका जोगाउन निर्वाचन आयोगलाई सुझाव पनि दिनुभयो ।

गएको जेठ २९ गते पूर्वी नेपालबाट प्रवेश गरेको मनसुन मंगलबार बेलुकादेखि देशैभरि फैलिएकाले बुधबार देशका धेरै ठाउँमा पानी पर्ने उहाँले जानकारी दिनुभयो । गएको २४ घण्टामा लुम्लेमा सबैभन्दा धेरै १५६ दशमलव ६ मिलिमिटर पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • बाढीले बगाएर भारत पगेका १० गैँडाको उद्धार

    चितवन, मंसिर ४ – चितवन राष्ट्रिय निकुञ्जबाट गएको साउनमा आएको बाढीले बगाएर भारत पुगेका १० वटा गैँडाको उद्धार गरिएको छ । पछिल्लो पटक भारतको पिप्रासीबाट एउटा गैँडाको उद्धार गरी सोमबार बिहान चितवन ल्याई सामुदायिक वनमा छाडिएको छ ।

  • कफी आयात र निर्यातमा कमी उत्पादनमा वृद्धि

    काठमाडौं, मंसिर १ – आज १३ औं राष्ट्रिय कफी दिवस : ‘आर्थिक सम्बृद्धिको लागि गुणस्तरीय कफी उत्पादन ! सरकारी, निजी र सहकारी क्षेत्रको राष्ट्रिय अभियान’ भन्ने नाराका साथ मनाइँदैछ ।

  • हिमाली जिल्लामा हिमपात सुरु, मतदान प्रभावित हुन सक्ने आशंका

    काठमाडौं, मंसिर १ – पश्चिमी भेगका हिमाली जिल्लामा हिमपात सुरु भएको छ । हुम्लामा शुक्रबार बिहानैदेखि हिमपात भइरहेको छ । सदरमुकाम सिमकोट र उत्तरी भेगका लिमी, मुचु खगालगाउँ, स्याँडा, हेप्का लगायतका क्षेत्रमा लगातार हिउँ परिरहेको हो ।

  • तिहारका फूलमाला उम्मेदवारका गलामा

    चितवनको क्षेत्र नं. ३ बाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले घरदैलो अभियानमा हुनुहुन्छ । पञ्चेबाजासहित घरदैलो अभियान सुरु गरेका प्रचण्ड जुन घरमा पुग्नुहुन्छ, त्यही घरमा फूलमाला लगाएर स्वागत गर्नेको घुईंचो हुन्छ ।

  • चितवनमा अन्तर्राष्ट्रिय भैँसी विज्ञहरुको सम्मेलन सुरु

    चितवन, कात्तिक २९ – चितवनमा सौराहामा अन्तर्राष्ट्रिय भैँसी विज्ञहरुको सम्मेलन सुरु भएको छ । नेपालमा पहिलो पटक भएको यो सम्मेलनमा विभिन्न देशका भैँसी विज्ञहरुले सहभागिता रहेको छ ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया