MENU

मनोरञ्जन

Ncell Axiata

​दिपकराज गिरी अब अवार्ड समारोहमा सहभागी नहुने

काठमाडौं, असार १४– कलाकार दिपकराज गिरीले आफु अब कुनैपनि अवार्ड समारोहमा सहभागी नहुने घोषणा गर्नुभएको छ । आफ्नो फेसबुक मार्फत कलाकार गिरीले यस्तो घोषणा गर्नुभएको हो ।

फेसबुकमा आफ्ना धेरै साथीहरुले यस्ता अवार्डको कुरा नगरी भविष्यमा पनि लोकप्रिय चलचित्र निर्माणमा मात्रै ध्यान दिन दिएको सुझावको कदर गर्दै अवार्ड समारोहमा सहभागी नहुने निर्णय गरेको बताउनुभएको छ ।  पछिल्ला केही अवार्ड समारोहलाई बिचमै छोडेकोमा आफूलार्ई अवार्डको लोभी तथा आफूले नै अवार्ड पाउनुपर्ने मान्यता भएका व्यक्तिका रुपमा व्याख्या गरेको भन्दै गिरीले मिलेमतो र आफ्ना प्रियजनलाई बाँडिने त्यस्ता अवार्डको विरोध मात्र गरेको बताउनुभएको छ । 

गिरीले आफ्नो फेसबुक पेजमा लेख्नुभएको छ –“पछिल्लो समय अवार्ड कार्यक्रममा जानु र कार्यक्रमलाई बिचमै छाड्नुलाई धेरै साथीहरूले म अवार्डको लोभी भएको, आफूले नै अवार्ड पाउनु पर्ने मान्यता भएको व्यक्ति रहेको रूपमा व्याख्या गरेको थाहा भयो.. जबकि मिलेमतो र आफ्ना प्रियजन लाइ बाडिने त्यस्ता अवार्डको विरोध मात्रै थियो त्यो..।” 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया