MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata
chhaka panja

साउदी अरेबियाले वार्ता गर्न मानेन, कतारद्वारा निन्दा

असार १५ – अरब क्षेत्रमा उत्पन्न समस्या समाधानको विषयमा वार्ता गर्न साउदी अरेबियाले अस्वीकार गरेपछि प्रतिबन्ध खेपिरहेको कतारले त्यसको निन्दा गरेको छ । साउदी अरेबिया, बहराइन, संयुक्त अरब इमिरेट्स र इजिप्टले कतार समक्ष प्रतिबन्ध हटाउनका लागि १३ बुँदे माग गएको शुक्रबार राखेका थिए । १० दिनको समयसहित गरिएको माग कतारले पूरा गर्न अस्वीकार गरेको थियो । तर मागका विषयमा छलफल भने गर्न सकिने बताएको छ । साउदी अरेबियाले भने आफूहरुले त्यसमा वार्ता गर्न नसक्ने र आफूहरुको माग राखिसेकेको बताएको थियो । साउदी अरेबियासहितका देशले कतारको टेलिभिजन नेटवर्क अल जजिरा बन्द गर्नु पर्ने, इरानसँगको सम्बन्ध कम गर्नु पर्ने, र्टर्कीसँगको सैन्य गठबन्ध बन्द गर्नु पर्नेसहितका माग राखेका छन् । साउदी अरेबियाका विदेशमन्त्री अब्देल अल–जुबेरले आफूहरुका माग वार्ता गर्नु पर्ने खालका नरहेको भन्दै कतारको वार्ता प्रस्ताव मंगलबार अस्वीकार गर्नुभएको थियो । यसको कतारका विदेशमन्त्री शेख मोहम्मद अल–थानीले निन्दा गर्नुभएको हो । वार्ता अन्तर्राष्ट्रिय सम्बन्धको आधार रहेकाले यसबाट कोही पनि भाग्न नमिल्ने उहाँको भनाई छ ।

कतारले आतंकवादलाई सहयोगका गरेको भन्दै झण्डै तीन हप्ताअघि उसमाथि छिमेकी देशले प्रतिबन्ध लगाएका छन् । तर कतारले भने आरोप अस्वीकार गर्दै आएको छ । तेलमा धनी देश कतार खाद्यान्नसहितका आधारभूत बस्तुमा भने छिमेकी देशमा भर पर्दै आएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया